छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्दै देउवाले थपे दुई राज्यमन्त्री

छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्दै देउवाले थपे दुई राज्यमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा दुई राज्यमन्त्री थपिएका छन् । छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्दै देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट दुई जना सांसदलाई राज्यमन्त्रीमा नियुक्त गर्ने मन्त्रीपरिषद्बाट निर्णय गराएका हुन ।

राप्रपा प्रजातान्त्रिकबाट सांसदहरू बिराज बिष्ट र कमलादेवी शर्मालाई क्रमशः विज्ञान प्रविधि र बन राज्यमन्त्रीमा थपिएको हो ।

उनीहरुलाई आजै पद तथा गोपनियताको सपथको दिने तयारी भएको छ । राप्रपाबाट विभाजित भएर पशुपति शम्शेर राणा नेतृत्वमा गठिन नयाँ पार्टीबाट यसअघि नै तीन मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । सत्ता सहयात्री दल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट दुई जना सांसदलाई राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन्।

जेष्ठ २४ गते सरकारको नेतृत्व सम्हालेपछि गठन भएको मन्त्रिमण्डलमा पटक पटक विस्तार गर्दै ५४ सदस्यीय मन्त्रिमण्डल बनाएका प्रधानमन्त्री देउवाले आज फेरि दुई जना राज्यमन्त्री थप गर्न लागेका हुन् । अब देउवा सरकार ५६ सदस्यीय बन्नेछ।

राप्रपा प्रजातान्त्रिकबाट सांसदहरू बिराज बिष्ट र कमलादेवी शर्मालाई क्रमश: विज्ञान प्रविधि र बन राज्यमन्त्रीमा आजै पद तथा गोपनियताको सपथको तयारी भइरहेको राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले जानकारी दिए।

राप्रपाबाट विभाजित भएर पशुपति शम्शेर राणा नेतृत्वमा गठिन नयाँ पार्टीबाट यसअघि नै तीन मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति भइसकेको थियो । तर कमल थापाको पार्टीबाट सांसद बनेर उनीसँगै विद्रोह गरी आएका सांसदहरुले मन्त्री बन्न नपाएपछि राणालाई पनि धम्की दिएका थिए ।