दरबारमार्गको एप्पल वल्र्डमा आर वान फाइभ बाइक उपहार

दरबारमार्गको एप्पल वल्र्डमा आर वान फाइभ बाइक उपहार


दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगा अफर’को योजना ल्याएको छ । मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्ने छन् । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एक जनाले ‘आर वान फाइभ बाइक’, एक जनाले ‘आइफोन ८’ र एक जनाले ‘मलेसिया र सिंगापुरको टुर’ लक्की ड्र मार्फत पाउने छन् ।

एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधासमेत ग्राहकले पाउने छन् । हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए । लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधासहित बिश्व बजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ ।