केएल टावरमा सुरु भयो दशैं तिहार उपहार योजना

केएल टावरमा सुरु भयो दशैं तिहार उपहार योजना


काठमाडौंको चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडादशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । ‘रमाइलो दसैँ–तिहार उपहार योजना’ नाम दिएर सुरु गरेकोको सो योजना कात्तिक २५ गतेसम्म जारी रहने छ । सो योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसैगरी, उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटर पाउने छन् ।

दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् ।

जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ । साप्ताहिक रूपमा टावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन लगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको गिफ्ट भौचर पनि ग्राहले पाउने छन् ।

उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, ु्ज्कीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सामान टावरमा खरिद गर्न सकिने बताइएको छ । उपहार योजना अवधिमा एक हजार रुपैयाँ बराबरको सामानको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।