२६ घण्टासम्म नियन्त्रणमा रहेर कांग्रेस नेता पौडेल नेपाल फिर्ता

२६ घण्टासम्म नियन्त्रणमा रहेर कांग्रेस नेता पौडेल नेपाल फिर्ता


एक कार्यक्रममा भाग लिन जापान पुगेका नेपाली कांग्रेसका नेता नेता प्रदीप पौडेललाई त्यहाँको अध्यागमन विभागको २६ घण्टा नियन्त्रण राखेर पछि नेपाल फर्काइदिएको छ ।

जपानी नियम अनुसार कानूुन गल्ती गरेको स्वीकार गरेपछि पौडेललाई नेपाल फर्काइएको हो ।  नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति पदाधिकारीहरुको पहलमा उनलाई नेपाल फर्काइएको हो ।

पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेका थिए ।

समितिका अध्यक्ष डीवी कंडेल र रमेश ड‌ंगोलले अध्यागमनले भनेको बेला स्पोन्सर उपस्थित हुन नसक्दा फिर्ता गरिएको जनाएको छ । पौडेलसंगै स्वास्थ्य खवर पत्रिकाका प्रकाशक अनिल न्यौपाने पनि फिर्ता गरिएका छन् ।

पौडेललाई अध्यागमनले रोकेपछि समितिका पदाधिकारीहरुको पहलामा जापानस्थित नेपाली राजदूतावासले पौडेललाई जपान प्रवेश गर्न दिन गरेको पहल प्रभावकारी हुन नसकेको जनाएको छ ।

जापान अध्यागमनले शनिबार अपराह्न जापानको हानेदा विमानास्थल हुदै जपान भ्रमणको उद्देश्य पूरा गर्ने आधार नभेटेपछि नेपाल फिर्ता गरेको जनाएको छ ।

पौडेल र न्यौपानेसंगै जापान पुगेका कांग्रेस केन्द्रीय सदस्य तथा साँसद धनराज गुरुङसंग भने रातो पासपोर्ट भएका कारण प्रवेश दिएको बताइएको छ ।

कंडेल र डंगोलले आइतवार नै संयुक्त बिज्ञप्ति जारी गरि नेपालबाट आउने पौडेलसहितलाई जनसम्पर्क समिति जापानका पुर्व सदस्य ऋदिन्द्र गिरीको पोखरा कम्पनी लिमिटेडले स्पोन्सर गरेको उल्लेख गरेको छ ।

साथै अध्यागमनमा स्पोन्सर गर्ने ब्यक्ति नै उपस्थित भई बुझ्नु पर्ने अवस्था सिर्जना भएकोमा गिरी नेपालमा रहेका कारण उपस्थित हुन नसकेको र त्यही कारण जापानमा प्रवेश अनुमति नदिईएको उल्लेख गरेका छन् ।

यसअघि दर्जन बढी कलाकार र माओवादी केन्द्र र नयाँशक्ति नेपालका नेतालाई पनि जापान अध्यागमनले फिर्ता पठाएको थियो ।