बल्ल नेपालले पनि मुख खोल्यो : क्षेप्यास्त्र परीक्षण कायम राख्नु निन्दनीय

बल्ल नेपालले पनि मुख खोल्यो : क्षेप्यास्त्र परीक्षण कायम राख्नु निन्दनीय


चौतर्फी विवाद र भर्त्सनाको विषय बन्दै आएको उत्तरकोरिया पछिल्लो कदम प्रति नेपालले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।

उत्तरकोरियाले ३० भदौमा गरेको क्षेप्यास्त्र परीक्षणप्रति नेपालले भर्त्सना गरेको हो ।  परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्य संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्पविपरित भएको बताएको छ ।

सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय समुदायको बारम्बारको चेतावनीका बावजदु उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण कायम राख्नु निन्दनीय रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

नरसंहारका लागि प्रयोग हुने हातहतियार निःशस्त्रीकरण गर्नुपर्ने सिद्धान्तमा नेपाल सधैं अविचलित रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । ‘र, नेपालले कोरियाली प्रायःद्विपमा शान्ति र स्थिरता चाहेको छ,’ विज्ञप्तिमा छ ।