सौन्दर्य कला व्यवसायी सङ्घ (लपु)को नयाँ कार्यसमिति

सौन्दर्य कला व्यवसायी सङ्घ (लपु)को नयाँ कार्यसमिति


सौन्दर्य कला व्यवसायी सङ्घ (ललितपुर)को पाँचौँ अधिवेशन तथा वार्षिक साधारणसभाले शारदा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सौन्दर्य कला व्यवसायी सङ्घ नेपालकी संस्थापक एवम् केन्द्रिय अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधारणसभाले ललितपुर जिल्ला कार्यसमितिमा सीता अर्याल, शारदा श्रेष्ठ, निशा गौतम, सरु श्रेष्ठ, सुनिता शाक्य, शान्ति उपाध्याय, ममता राई, शोभा राना, सन्दिला अवाले, श्यामा थापा मगर र रीना थापालाई चुनेको छ ।

केही सदस्यहरू थप गरी छिट्टै पदाधिकारी चयन गरिने अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिनुभयो ।