म्यानमारबारे राष्ट्रसंघ बोल्यो : ‘यो सुकीको अन्तिम मौका हो’

म्यानमारबारे राष्ट्रसंघ बोल्यो : ‘यो सुकीको अन्तिम मौका हो’


म्यानमार की प्रमुख शासक मानिने नेवेल पुरस्कार बिजेता  प्रजातन्त्रवादी नेतृ आङ सान सुकी फेरी एकपटक चर्चामा तानिएकी छिन् । त्यसो त यसअघि पनि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै रहिन् तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमार यतिखेरै अर्कै विषयले चर्चामा छ ।

म्यानमारको राखिन प्रान्तमा रोहिंज्या मुस्लिम समुदायका झन्डै तीनलाख मानिस बङ्गलादेश बिस्थापित भएपछि रोहिङ्गा समुदायका बारेमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रसंघले मुख खोपछि उनी थप विवादमा तानिएकी छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले म्यानमारकी नेतृ आङ सान सुकीसँग सेनालाई रोक्ने अन्तिम मौका भएको बताएका छन् । अन्याथा त्यसको परिणाम भयानक दुःखान्त हुने चेतावनी पनि गुटेर्रेसले दिएका छन् ।

बिबिसीको हार्डटक कार्यक्रममा अन्तर्वार्ता दिँदै महासचिव गुटेर्रेसले रोहिंग्याहरुलाई घर फर्किन दिनुपर्नेमा जोड का छन् । ‘यो परिस्थितिलाई उनी अहिले नै सल्ट्याउँदिनन् भने मलाई लाग्छ, दुःखान्त भयानक बन्नेछ। त्यसपछि भविष्यमा पनि यो कुरा सल्टिने कुनै तरिका म देख्दिनँ,’ गुटेर्रेसले भनेका छन् ।

गुटेर्रेसले म्यानमारमा अझै पनि सेना सरकारभन्दा शक्तिशाली रहेको देखिएको बताएका छन् । म्यानमारको रखाइन राज्यमा भएको हिंसाका कारण ३ लाख ७० हजारभन्दा बढी रोहिंग्याले देश छोडिसकेका छन् ।रोहिंग्याहरुमाथि चर्को दमनपछि सुकीको नोबेल पुरस्कार फिर्ता लिइनुपर्ने माग समेत गरिएको छ ।

दशकौँपछि म्यानमारले प्रजातन्त्र देखेको तीन वर्षमात्र भयो। त्यसका लागि सुकीको योगदान संसारलाई थाहै छ । तर यतिछोटै समयमा सुकीमाथि त्यही संसारले प्रश्न गर्दैछ के भएको हो म्यानमारमा भनेर ।

किनभने यतिखेर सुकी नै म्यानमारको शासनको बागडोर सम्हाल्ने ठाउँमा छिन । उनी म्यानमार सरकारको अघोषित प्रमुख मानिएकी विदेशमन्त्री समेत राज्य सल्लाहकार मात्र हुन्  ।