कांग्रेस नेता प्रदीप पौडेल २४ घण्टादेखि जापानी अध्यागमनको नियन्त्रणमा

कांग्रेस नेता प्रदीप पौडेल २४ घण्टादेखि जापानी अध्यागमनको नियन्त्रणमा


नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिवार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो ।

पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेको तर कोसिस सफल हुन नसकेको बताइएको छ ।

उनीसँगै रहेका नेता धनराज गुरुङलाई भने त्यहाँको अध्यागमनले प्रवेश अनुमति दिएको थियो । झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको बताइएको छ ।

जापानी अध्यागमनले पौडेललाई नियन्त्रणमा राख्नुको कारण अहिलेसम्म खुलेको छैन् । जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ ।

यसअघि एमाले नेता देवी ज्ञवाली, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो।