कोइकाद्वारा २९ लाखको तेक्वान्दो सामाग्री सहयोग

कोइकाद्वारा २९ लाखको तेक्वान्दो सामाग्री सहयोग


नेपालको तेक्वान्दो खेल विकासमा सहयोग पुऱ्याउने उद्देश्यले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले विधुतीय खेल सामाग्री सहयोग गरेको छ । हालै नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा कोइकाले २९ लाख ७७ हजार ५ सय ८८ विधुतीय खेल सामाग्री हस्तान्तण गरेको हो ।

कार्यक्रममा कोइकाका कन्ट्री डाइरेक्टर डा. हङ क्यो किमले खेल सामग्री नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणा र महासचिव दीपराज गुरुङलाई हस्तान्तरण गरेका हुन ।

‘तेक्वान्दो क्षेत्रको गौरव र योग्यता विकासको निम्ति पुर्वाद्धार प्रवद्र्धन ’ परियोजना अन्र्तगत भएको कार्यक्रममा अन्तर्राष्ट्रिय मापदन्ड अनुरुपको खेलसामाग्री सहयोग प्राप्त गरेको रेफ्री चियरमेन नविनकुमार श्रेष्ठले बताए । खेल सामाग्रीमा १६ थान चेस्ट कभर,सेन्सर सक ३०,हेड गार्ड १५ थान,जोएस्टिक ३ सेट र रिसिभर सेट ३ रहेको श्रेष्ठले बताए । उक्त सामाग्री ३ वटा एरिनामा खेलाउन पुग्ने रहेको श्रेष्ठले जानकारी दिए ।