भक्तपुर मालपोत कार्यालय बन्द

भक्तपुर मालपोत कार्यालय बन्द


अबैध रुपमा जग्गाको कारोबार गरेको आरोपमा भक्तपुर मालपोत कार्यालय खुलेको केही समयमै बन्द भएको छ । भक्तपुरबाट प्राप्त खबर अनुसार सो कार्यालयबाट नक्कली लालपुर्जा बनाई दलाललाई दिएको विरोधमा सेवाग्राहीहरुले कार्यालयको कार्यसम्पादनमा अबरोध पु¥याएपछि बन्द भएको हो ।

नक्कली काम गर्ने कर्मचारी र दलाललाई तत्काल कारबाहीको माग राख्दै सेवाग्राहीहरुले अहिले मालपोत कार्यालयमा धर्ना समेत दिएका छन । थप विवरण् आउन बाँकी रहेको छ ।

उपत्यकाका तीन जिल्लाका विभिन्न मालपोत कार्यालयका कर्मचारीकै मिलिमतोमा यस्तो अबैध कार्य हुदै आएको स्रोतको दाबी रहेको छ । मालपोतबाट घरजग्गा बिक्री गर्ने व्यक्तिसँग साँठगाँठ गरी कमिशन लिने गरेको आरोप लागेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका मालपोत कार्यालयका कर्मचारीले बिक्रेतासँगको मिलिमतोमा पुँजीगत लाभकर लिनुपर्ने नियमलाई समेत लत्याउँदै कम रकम उठाएको आरोप लगाईएको छ ।
काठमाडौका डिल्लीबजार, कलंकी, चावहिल र साँखु तथा भक्तपुर र ललितपुरका मालपोत कार्यालयका कर्मचारीहरुबाट सो अबैध काम हुदै आएको छ । अधिकांश मालपोत कार्यालयबाट पुँजीगत लाभकर वापत कूल मुनाफाको ५ प्रतिशत रकम लिनु पर्नेमा २ दशमलव ५ प्रतिशत मात्रै लिदै आएको समेत भेटिएको छ ।