मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने

मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने


निर्वाचन आयोगले प्रदेश नम्बर– २ मा हुन भोली हुन गएको स्थानीय तह चुनावमा फोटोसहितको मातदाता परिपत्र नभएका मतदाताहरुलाई विभिन्न विकल्प दिर्दै भोट हाल्न सक्ने व्यवस्था मिलाएको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै फोटोसहितको मतदाता प्रमाणपत्र नभएका मतदातालाई नेपाली नागरिकताको प्रमाणपत्र वा ०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी, वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रलाई समेत आयोगले मान्यता दिने भएको हो ।

निर्वाचनमा मतदाताले कुनै कारणवशः फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसके सो विकल्प अप्नाउन सक्ने आयोगले जनाएको छ ।

त्यस्तै आयोगले मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

प्रेस विज्ञप्ति