मन्त्रीलाई निर्वाचन क्षेत्र जान आयोगद्वारा रोकावट

मन्त्रीलाई निर्वाचन क्षेत्र जान आयोगद्वारा रोकावट


निर्वाचन आयोगले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनमा मताधिकार नभएका मन्त्रीहरु त्यहाँ नजान निर्देशन दिएको छ । आयोगले मताधिकार प्रयोग गर्न नपर्ने मन्त्रीहरुलाई प्रदेश नम्बर २ मा हुने निर्वाचनमा उपस्थित नभएर स्वच्छ र निष्पक्ष रुपमा मतदान गर्न सहयोग पु¥याउन आग्रह गरेको हो ।

आयोगले मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्यलाई उपस्थित नहुन सो निर्देशन जारी गरेको छ । मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सकने भन्दै मताधिकार नभएका मन्त्रीहरुको उपस्थितमा रोक लगाएको आयोगले जनाएको छ । निर्वाचन आचार संहिता उल्लंघन नहुने गरी मताधिकारको प्रयोगका लागि आफ्नो मतदान केन्द्र रहेको जिल्लामा मन्त्रीको उपस्थित हुन समेत भनेको छ ।