एनआरएनएको अध्यक्षमा विजयी बन्ने भट्टको दाबी

एनआरएनएको अध्यक्षमा विजयी बन्ने भट्टको दाबी


गैरआवासीय नेपाली संघ (एनआरएनए) बर्तमान उपाध्यक्ष भबन भट्टले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो विजय हुने दाबी गरेका छन् ।  उनले यसअघि एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षका रुपमा बसी कार्यसम्पादन गरि सकेका कारण अध्यक्षमा पनि आफु सफल हुने दाबी उम्मेदबारी घोषणा गर्नेक्रममा गरेका छन् ।
भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना वस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने बताए । त्यसपछि दोलखामा अर्काे बस्ती निमार्णका लागि गृहकार्य गर्ने उनको प्रतिवद्धता समेत जाहेर गरे ।
भट्टले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

उनले एनआरएन भवन निर्माणलाई पनि प्राथमिकता दिने बताए । भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड वर्तमान अध्यक्ष शेष घलेले अघि सारेको एनआरएनको भावी कार्यदिशा हो । जसमा सन् २०२० सम्म एनआरएनले के के गर्ने भन्ने नीति तथा कार्यक्रम उल्लेख गरे ।  एनआरएनएमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने उनको नयाँ एजेण्डा छ ।