यिनै हुन् तेत्तिसकोटि देवता

यिनै हुन् तेत्तिसकोटि देवता


सनातनी हिन्दुहरूले तेत्तिसकोटि देवी–देवतालाई मान्छन् भन्ने जानकारी आम मानिसलाई छ, र यही कुरालाई गैर हिन्दुधर्मावलम्बी तथा नास्तिकहरूले ‘तेत्तिस करोड देवताका पुजारी’ भन्दै हँसिमजाकको विषय पनि बनाउने गर्दछन् ।

कतिपय अवस्थामा सनातनीहरूले ‘तिमीहरू सबै देविदेवताको नाम सम्झन सक्छौ ?’ भन्ने प्रश्नको सामना पनि गर्नुपरिरहेको हुन्छ । तेत्तिसकोटि देवताको अर्थ नबुझिकन यस्तो प्रश्न गर्नेहरूले यसको सही जवाफ पाउने गर्दैनन् ।

संस्कृतमा ‘कोटि’को अर्थ ‘करोड’ पनि हुन्छ र ‘प्रकार’ पनि । तेत्तिसकोटि देवता भन्नाले तेत्तिस प्रकारका देवी–देवता भनिएको हो, तेत्तिस करोड भनिएको होइन ।

यो यथार्थलाई कैयन हिन्दु धर्मावलम्बीले समेत बुझ्न नसक्दा कतिपय अवस्थामा नाजवाफ बन्नुपरेको या अन्टसन्ट जवाफ फर्काएर उम्कनुपरेको पाइन्छ । कुनैपनि बेला कुनैपनि स्थानमा सामना गर्नुपर्ने प्रश्नको जवाफ दिन तेत्तिसकोटि अर्थात् तेत्तिस प्रकारका देवी–देवताका बारेमा जानकारी रहनु सम्बन्धित सबैका लागि उपयुक्त हुने छ ।

बाह्र प्रकार : आदित्य, धाता, मित, आर्यमा, शक्रा, बरुण, अंशभाग, विवास्वन, पूष, सविता, तवास्था र विष्णु ।
आठ प्रकार : वासु, धरध्रुव, सोम, अह, अनिल, अनल, पत्युा र प्रभाष ।
एघार प्रकार : रुद्र, हरबुरुप, त्रयंबक, अपराजिता, वृषाकापि, शम्भु, कपार्दी, रेवात, मृगब्याध, शवा र कपाली ।
दुई प्रकार : अश्विनी र कुमार ।

यसरी बाह्र, आठ, एघार र दुई गरी जम्मा तेत्तिस प्रकारका देवी–देवतालाई सनातनी हिन्दुहरूलृ मान्ने गर्छन् ।

उल्लिखित विभिन्न प्रकारका देवी–देवताहरूका बारेमा जानकारी पाउन विभिन्न धार्मिक एवम् पौराणिक ग्रन्थहरूको अध्ययन गर्नुपर्ने हुन्छ ।