लिगलाइजेसन शाखा सरुवा हुन करोड नजराना (नाम सहित) !

लिगलाइजेसन शाखा सरुवा हुन करोड नजराना (नाम सहित) !


–रोशन कार्की
नेपाल बैदेशिक रोजगार विभागको विभिन्न निकायमध्ये प्रत्यक्ष रुपमा कानूनी कृयाकलाप हेर्ने शाखामा सरुवाका लागि कर्मचारीहरुले करोडौ रुपैयाँको थैलि बुझाएको समाचार प्राप्त भएको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेको योजनामा श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरको सहमति अनुसार १ करोड रुपैयाँको थैलि लिएर लिगलाइजेसन शाखामा कार्यरत कर्मचारीलाई अन्यत्र शाखामा सरुवा गरि नयाँलाई नियुक्ति दिने अन्तिम तयारी गरिएको एक कर्मचारीले बताएका छन् ।

काठमाडौं कार्यालय ताहाचलको सर्वाधिक आकर्षक शाखाको रुपमा ‘लिगलाइजेसन शाखा’लाई मानिदै आएको छ । सो शाखमा कार्यारत कर्मचारी सरुवा गरी नयाँ जानेले १ करोड रुपैयाँ संकलन गरेको आरोप समेत स्रोतको रहेको छ । अनुगमनका नाममा पनि उनले प्रत्येक म्यानपावरहरुसँग ५ लाख रुपैयाँका दरले रकम माग गरेको र सोही रकमलाई महानिर्देशक पाण्डेको रोहबरमा मन्त्रालय पु¥याएको आरोप लगाइएको छ ।

रकम बुझाएर सरुवा हुनेहरुः

शाखा अधिकृत
रामप्रसाद ओली
नासुहरु

लक्ष्मण गुरागाई

कुलप्रसाद आचार्य
भरतमणि शर्मा
रघु केसी
गिरिजाप्रसाद रिजाल
राजन घिमिरे
लक्ष्मी भूसाल
बिष्णुहरि निरौला
कम्प्युटर अधिकृत
जनक राना
धनसिंह भाट

महानिर्देशक पाण्डेले दैनिक लाखौं रुपैयाँ घुस असुल्न पाइने लिगलाइजेसन शाखामा जाने कर्मचारीहरुलाई रकम बुझाउन समेत गोप्य रुपमा निर्देशननै दिएको विभाग स्थित एक उच्च स्रोतले नाम नलेख्ने सर्तमा बताए । स्रोतका अनुसार भदौ २३ गते दररेट तोक्दै असुलेर महानिर्देशक पाण्डेले शाखा अधिकृत रामप्रसाद ओली, नासुहरु लक्ष्मण गुरागाई, कुलप्रसाद आचार्य, भरतमणि शर्मा, रघु केसी, गिरिजाप्रसाद रिजाल, राजन घिमिरे, लक्ष्मी भूसाल, बिष्णुहरि निरौलालाई लिगलाइजेसनमा सरुवा गरेको जानकारी दिए ।

त्यसैगरी, कम्प्युटर अधिकृत जनक राना र धनसिंह भाटले पनि महानिर्देशक पाण्डेलाई नगद बुझाएर लिगलाइजेसन शाखामा सरुवा भएका छन । सो शाखामा सरुवा हुनेहरुसँग रकम संकलन गर्ने काम बैदेशिक रोजगार विभागका उपसचिव शशी लम्साल, शाखा अधिकृत यज्ञराज अर्याल, आधिकारिक ट्रेड युनियनका माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनका टंक रेग्मी, नासु पर्शुराम भूसालले गरेको समेत जनाइएको छ । अरुसंग रकम असुली गरि जम्मा गरेर महानिर्देशक पाण्डेकोमा पु¥याउदै आफूसमेत लिगलाइजेसन शाखामा सरुवा भएको आरोप स्रोतको रहेको छ ।