गोप्य बैठकमा खोले माधवले मुख

गोप्य बैठकमा खोले माधवले मुख


प्रधानमन्त्री निर्वाचन प्रकरण र माओवादीलाई हेर्ने दृष्टिकोणलाई लिएर एमाले अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधवकुमार नेपाल तथा केपी ओली पक्षधर नेताहरूबीचको सम्बन्धमा पुनः चिसोपन बढ्दै गएको छ । अध्यक्ष खनालको लामो कसरतपछि राष्ट्रिय सहमतिको सरकार निर्माणमा एकमत देखिए पनि बजेट ल्याउने र माओवादीलाई हेर्ने दृष्टिकोणमा कुरा बाझिएपछि नेताहरूबीचको सम्बन्धमा चिसोपन बढ्दै गएको हो । मुलुकलाई आर्थिक सङ्कटबाट मुक्त गराउन कात्तिकभित्र कुनै पनि हालतमा बजेट ल्याउनुपर्ने अडानमा रहेका प्रधानमन्त्री नेपाल र प्रभावशाली नेता केपी ओली रहनुभएको छ । अध्यक्ष खनाल भने यसको विपक्षमा उभिनुभएको छ । उहाँले माओवादीको सहमतिबिना बजेट नल्याउन प्रधानमन्त्री नेपाललाई मौखिक निर्देशनसमेत दिनुभएको छ । खनालले कामचलाउ सरकारले बजेट ल्याउँदा सबैसँग सल्लाह गरी राष्ट्रिय सहमतिमा मात्र ल्याउनुपर्ने बताउँदै आउनुभएको छ । खनालको यस्तो भनाइ सार्वजनिक भएपछि प्रधानमन्त्री नेपालले सरकार निर्माण भएदेखि नै पार्टी नेतृत्वबाट सरकारको दैनिक काममा भाँजो हाल्ने काम निरन्तर भएको र त्यो क्रम कामचलाउ सरकारसम्म आइपुग्दा पनि नरोकिएको गुनासो गर्नुभएको छ । यसरी प्रधानमन्त्री नेपाल र अध्यक्ष्ँ खनालबीच पुनः सम्बन्ध बिग्रिएपछि पार्टीभित्र मध्यमार्गी नेताका रूपमा रहेका प्रदीप नेपाल, केशव बडाल, विष्णु रिमाल, महेन्द्र पाण्डेको आग्रह र महासचिवर् इश्वर पोखरेलको पहलमा गत शनिबार पुतलीसडकस्थित एमालेनिकट मजदुर सङ्गठन जिफन्टको कार्यालयमा अध्यक्ष खनाल र प्रधानमन्त्री नेपाललगायतका नेताहरूको सहभागितामा चार घन्टा लामो गोप्य बैठक बस्यो । त्यो बैठकमा पनि प्रधानमन्त्री नेपालले पार्टीको असहयोग र द्वैध नीतिले काम गर्न अप्ठ्यारो परेको बताउनुभएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री नेपालले कसैको नाम उल्लेख नगरी पार्टीका केही केन्द्रीय नेताहरू माओवादीको प्रवक्ता बनेको आरोप लगाउँदै यसले पार्टीभित्र नराम्रो स्थिति पैदा हुन सक्ने चेतावनी दिनुभएको थियो ।
बैठकमा मध्यमार्गी नेताहरूले पनि घुमाउरो ढङ्गबाट अध्यक्ष खनालको आलोचना गरेको स्रोतले बतायो । एमाले माओवादी इशारामा राष्ट्रिय सहमतिको अडानमा रहेकाले समयमा सरकार बन्न नसकेको, सरकार बन्न नसक्दा बजेट ल्याउन नसकिएको तथा संविधान निर्माण कार्यले गति लिन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । राष्ट्रिय मुद्दामा एमालेका शीर्ष नेताहरू एकै ठाउँमा उभिन नसक्दा स्पष्ट बहुमत प्राप्त सरकार छाडी कामचलाउ सरकारको रूपमा रहनुपरेको पनि उहाँहरूको भनाइ थियो । प्रधानमन्त्री नेपाललाई गोप्य बैठकमा सबै पदाधिकारीको सहभागिता रहने भनिए पनि उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, अशोक राई, सचिव विष्णु पौडेल र युवराज ज्ञवालीलाई भने सहभागी गराइएको थिएन । यस विषयमा पनि प्रधानमन्त्री नेपालले आपत्ति जनाउनुभएको बैठकमा सहभागी एक नेताले बताउनुभयो । प्रधानमन्त्री नेपालको भनाइ थियो, ‘यस्तो बैठकमा कसैलाई बोलाउने र कसैलाई नबोलाउने गर्दा अनेक शङ्का गर्ने ठाउँ हुन्छ, त्यसैले सबैलाई बोलाउनुपर्छ ।’ तर, बैठकमा सहभागी महासचिव पोखरेलले हामीले तपाईं, अध्यक्षज्यू र अन्य केही साथी मात्र बसी पार्टीभित्रका समस्याका बारेमा छलफल गर्न भनेकाले केही साथीहरू छुट्नुभएको भन्दै विषयलाई अन्तै मोड्नुभएको थियो ।
यता, जिफन्टमा भएको गोप्य बैठकमा आफूलाई नबोलाएको भन्दै ओली पक्षधर नेताहरूको बेग्लै बैठक बसी अध्यक्ष खनालको चर्को आलोचना गरेका थिए । विद्या भण्डारीको निजी निवास चाबहिलमा भएको बैठकमा वर्तमान गतिरोधको एक मात्र कारण पार्टी अध्यक्ष खनाल भएको निष्कर्ष निकाल्दै आगामी मङ्सिरको दोस्रो साताका लागि तय गरिएको केन्द्रीय समिति बैठकमा चर्को आवाज उठाउनुपर्ने निष्कर्ष निकालेको स्रोतले बतायो । स्रँेतका अनुसार बैठकमा भण्डारीले उपाध्यक्ष वामदेव गौतम मात्र नभएर अध्यक्ष खनाल नै माओवादीपरस्त भएको आरोप लगाउनुभएको थियो । खनालकै कारण सरकारले सजिलै बजेट ल्याउन सक्ने अवस्था नरहेको भन्दै यस विषयमा केपी कमरेड स्वदेश फर्केपछि थप छलफल गरी अघि बढ्नुपर्ने भन्दै बैठक टुङ्ग्याइएको थियो । ओली युरोपियन मुलुकको भ्रमण गरी सोमबार मात्र स्वदेश र्फकनुभएको छ ।

यसरी हुँदै छ बाबुराममाथि कारबाही
पार्टीको कारबाहीसँगै विभिन्न आरोपको समेत सामना गर्दै आउनुभएका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई पुनः कारबाहीमा पर्नुहुने भएको छ । उहाँलाई भारतपरस्त भएको, संशोधनवादी नीति लिएको तथा पार्टी-नीतिविपरीत अभिव्यक्ति दिनुका साथै पार्टीभित्र गुटगत संस्कृतिको विकास गर्नमा उद्यत् रहेको आरोपमा कारबाही गरिन लागेको माओवादी उच्च स्रोतको बताएको छ । स्रँेतका अनुसार भट्टराईलाई विभिन्न स्थानमा केन्द्रको अनुमतिबिना भेला आयोजना गर्न लगाई कार्यकर्तालाई दिग्भ्रमित हुने खालका एकतर्फी प्रशिक्षण दिएको र पार्टी नेतृत्वको छवि बिगार्ने काममा उद्यत् भएकोजस्ता आरोपमा कारबाही गरिन लागेको हो ।
भट्टराईलाई विस्तारित बैठकअघि कारबाही गर्ने कि बैठकपछि, त्यसबारेमा टुङ्गो भने लागेको छैन । प्रचण्डनिकट एक केन्द्रीय नेताका अनुसार कारबाहीको सम्पूर्ण तयारी गोप्य रूपमा भइरहेको छ, तर त्यो कहिले सार्वजनिक हुन्छ र कारबाही-प्रक्रिया अघि बढ्छ भन्नेबारेमा अहिले नै भन्न सकिन्न । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड तत्कालै भट्टराईलाई कारबाही गर्ने पक्षमा हुनुहुन्छ । ‘तर, ५ मङ्सिरबाट हुने विस्तारित बैठकअघि नै कारबाही गर्दा पार्टीभित्र भयानक रूप लिन सक्ने खतराका कारण बैठकपछि कारबाहीको प्रक्रिया अघि बढाउन आफूनिकटका नेताहरूबाट सुझाव आएपछि उहाँ मौन बस्नुभएको छ,’ एक केन्द्रीय नेताले घटना र विचारसँग भन्नुभयो ।
प्रचण्डले यसअघि पनि संसद्वादी दल र भारतीयहरूको इशारामा चल्न खोजेको भन्दै सार्वजनिक कार्यक्रममा भट्टराईको चर्को आलोचना गर्नुभएको थियो । प्रचण्डनिकट दर्जनभन्दा बढी नेताले पनि भट्टराई पार्टी हितविपरीत हिँडेको, पार्टीलाई संसदीय मोडलमा लैजान खोजेको भन्दै कारबाहीको माग गर्दै आएका छन् । उहाँहरूले भारतीय नेताहरूसँग पटकपटक गोप्य भेट गरी गोप्य साँठगाँठ गर्न खोजेको आरोपसमेत भट्टराईलाई लगाउँदै आएका छन् ।
स्रोतका अनुसार भट्टराईलाई उपाध्यक्ष मोहन वैद्य किरणको संयोजकत्वमा आर्थिक, सांस्कृतिक सम्बन्धमा छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन कमिटीको प्रतिवेदनमा दोषी देखिएकाहरूसँगै कारबाही गर्दा बाहिर भट्टराईमाथिको कारबाही पार्टी शुद्धीकरण अभियानभित्रै पर्ने भएकाले बाहिर खराब सन्देश नजाने पनि प्रचण्डलाई सुझाएका छन् । झण्डै पाँच महिना लगाएर तयार गरिएको वैद्यको चालीस पृष्ठभन्दा लामो प्रतिवेदनमा दुई सयभन्दा नेताहरू पार्टी नीतिभन्दा बाहिर रहेका, आर्थिक तथा सामाजिक विचलनमा फसेको, अराजक बनेको आरोप लगाउँदै कारबाहीको सिफारिस गरिएको छ । प्रतिवेदनअनुसार पार्टी प्रवक्ता दीनानाथ शर्मा, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, हिसिला यमी, टोपबहादुर रायमाझी, हितमान शाक्य, शालिकराम जमकट्टेल, सभासद् एवम् वाईसीएल उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा सागर, दिलीमान तामाङ, अग्नि सापकोटा, बालकृष्ण ढुङ्गेल, प्रभु साह, चन्द्रप्रकाश खनाल, लेखराज भट्ट, दिलबहादुर श्रेष्ठ, पवनमान श्रेष्ठ, कालीसिंह मगर, भक्तबहादुर शाह, भक्ति पाण्डेलगायतका रहेका छन् । यी नेताहरूसँग भट्टराईलाई पनि कारबाही गर्दा एकतर्फी नदेखिने भकोले सामूहिक कारबाही प्रक्रिया अघि बढाउने तयारीमा प्रचण्ड रहेको स्रोत बताउँछ । भूमिगत कालमा पनि अध्यक्ष प्रचण्डले आफूबाहेक सबै नेताहरूलाई एक तह घटुवा गरी कारबाही गर्नुभएको थियो ।
माओवादी एक केन्द्रीय नेताका अनुसार भट्टराईलाई अहिले लेख्न र बोल्न प्रतिबन्ध लगाइएको छ । भट्टर्रर्ँइको लेख र बोलीबाट पार्टीभित्रको थुप्रै गोप्य र आन्तरिक कुराहरू बाहिर आएको भन्दै लेख्ने र बोल्ने कार्यक्रममा सहभागी नहुन केन्द्रले निर्देशन जारी गरेको छ । स्रोतका अनुसार विभिन्न स्थानमा गरिने पार्टीको कार्यक्रममा भट्टराईलाई मात्र वक्ताको रूपमा राखेर कुनै पनि कार्यक्रम नगर्न पार्टीभित्र रुलिङ नै जारी भएको छ । ‘तर, भट्टराईजीले त्यसलाई बेवास्ता गरिरहनुभएको छ, यो राम्रो सङ्केत होइन,’ माओवादीका एक स्थायी समिति सदस्यले भन्नु भयो ।

ँराजा’ फेरि भारततर्फ
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र यही कात्तिक २९ गते भारततर्फ प्रस्थान गर्नुहुने भएको छ । काठमाडौंबाट मुर्म्बई हुँदै जान लाग्नुभएका उहाँले राजस्थान र भारतका अन्य केही ठाउँको भ्रमण गर्ने कार्यक्रम रहेको बुझिएको छ । राजस्थानको जोधपुरस्थित नातेदारको वैवाहिक निमन्त्रणामा भारत जान लाग्नुभएका पूर्वराजाका साथमा पूर्वरानी कोमल र निजीसचिव सागर तिम्सिना रहनुहुनेछ । मङ्सिरको पहिलो
हप्ताको विवाह सकेर गरिने अन्य भ्रमण भने कुन दिन कहाँ भनेर तय भइसकेको छैन । तर, केही धार्मिक स्थलहरूको भ्रमण र नातेदारहरूसँगको भेटघाट भने निश्चित भएको बताइएको छ । उहाँहरू स्वदेश र्फकने मिति तय भएको छैन ।
यसैबीच तिहारमा पूर्वराजाद्वारा बैनी शोभा राज्यलक्ष्मी शाहीसँग शोभासदनमा टीका लगाउने कार्यक्रम रहेको छ । आगामी आइतबार भाइटीकाको दिन बिहान ११ बजेर २९ मिनेट जाँदाको शुभसाइतमा टीका लगाउने कार्यक्रम रहेको स्रोतले बताएको छ । उक्त दिन कमलादीस्थित शोभासदनमा सञ्चारमाध्यमलाई खुल्ला गरिएको पनि बुझिएको छ । पूर्वराजाको परिवारमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी शोभा मात्रै जीवित हुनुहुन्छ । दरबार हत्याकाण्डका बेला दुई दिदीहरू शारदा र शान्तिलाई गुमाएपछिका प्रत्येक तिहारमा पूर्वराजा अत्यन्त भावुक हुने गर्नुभएको बताइन्छ ।
यसैबीच, प्राप्त अर्को एक जानकारीअनुसार, यसपटकको दसैंमा ८ हजार नेपालीले पूर्वराजारानीको हातबाट टीका लगाएका थिए भने ५ हजार व्यक्तिहरूले लामो समय लाममा बसेर पनि समय अपुग भएका कारण टीका नलगाई र्फकनुपरेको थियो । दसैंको टीकाको दिन राति साढे आठ बजेसम्म दरबारमा टीका चलेको थियो । टीकाअघि महाअष्टमीका दिन राजदम्पतीबाट विभिन्न मन्दिरको दर्शन गरिएको र मन्दिर दर्शनका बेला सर्वसाधारणको भीड लागेको थियो ।

यतिसम्म गर्छन् झलनाथ †
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आफ्नै पार्टीका नेतासँग कतिसम्म टाढिनुभएको रहेछ र उहाँ आफ्नै सहकर्मीहरूबाट कति आतङ्कित हुनुहुँदोरहेछ भन्ने कुराको थप पुष्टि यसै साता भएको छ । झलनाथ खनाल पार्टीमा कसैसँग डराउनुहुन्छ भने त्यो वरिष्ठ नेता केपी ओली र उपाध्यक्ष विद्या भण्डारीसँग हो, तर पछिल्लो समयमा उहाँ माधव नेपालसँग पनि तर्किन थाल्नुभएको छ । माधव नेपाललाई प्रधानमन्त्री पदबाट राजीनामा गराउन बाध्य तुल्याउने झलनाथले राजीनामा दिनेबित्तिकै राष्ट्रिय सहमतिको सरकार गठन भइहाल्ने अभिव्यक्ति सार्वजनिक रूपमै दिनुभएको थियो । तर, खनालको भनाइ झुटो सावित भएपछि उहाँ आफैं प्रधानमन्त्री नेपालसँग टाढिन थाल्नुभएको छ । त्यसैले झलनाथ खनालले स्थायी समितिको बैठक पनि माधव नेपाल र आफ्ना अन्य आलोचकहरू नभएको मौका पारेर सम्पन्न गरिदिनुभएको छ । प्राप्त जानकारीअनुसार अध्यक्ष खनालले कात्तिक बाह्र -१२) गते शुक्रबार मध्याह्न बाह्र -१२) बजे पार्टी कार्यालय बल्खुमा स्थायी समितिको बैठक त्यसको केही दिनअघि नै बोलाउनुभएको थियो । वरिष्ठ नेता केपी ओली देशबाहिर रहनुभएको मौका छोपेर गर्न लागिएको बैठकमा प्रधानमन्त्री नेपाल, रक्षामन्त्री भण्डारी तथा आफूसँग असहमत अन्य नेताहरूसँग कसरी ‘डिल’ गर्ने भन्ने चिन्तामा रहनुभएका खनाललाई खुसीको यस्तो एउटा समाचार प्राप्त भयो कि त्यसपछि उहाँले बैठकको मिति अचानक दुई दिन पछि सारेर कात्तिक चौध -१४) गतेलाई निर्धारित गर्नुभयो । खनालले कात्तिक चौध गते बैठक राख्नुको कारण त्यस दिन आफ्ना आलोचकहरू कोही पनि उपस्थित हुने छैननन् भनेर थियो । चौध गते प्रधानमन्त्री नेपाल जनकपुरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुन बिहान दस बजेकै उडानबाट त्यसतर्फ जानुहुने जानकारी खनालले पाउनुभयो । त्यस्तै, उपाध्यक्ष विद्या भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि चौध गते नयाँदिल्ली जाने र अर्का नेता विष्णु पौडेल जो खनालका आलोचक मानिनुहुन्छ उहाँ पनि चौध गते बिहान लन्डनतर्फ प्रस्थान गर्नुहुने सूचना अध्यक्ष खनालले प्राप्त गर्नुभयो । त्यसैगरी अर्का नेता केपी ओलीचाहिँ एक महिना लामो विदेश भ्रमणबाट कात्तिक पन्ध्र गते स्वदेश र्फकनुहुनेसमेत जानकारी पाएपछि खनाल बैठकका लागि सबैभन्दा उपयुक्त मिति कात्तिक चौध गते नै हुने निष्कर्षमा पुग्नुभयो र त्यसै दिन बैठक राख्नुभयो । स्थायी समितिको उक्त बैठकले मङ्सिर १४ गते केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको छ । यसबाहेक अन्य कुन-कुन विषयमा छलफल र निर्णय भए भन्ने कुरा गुप्त राखिएको छ । प्रधानमन्त्री माधव नेपाल कात्तिक एघार गते पोखराको एक कार्यक्रममा भाग लिन जानुभएको थियो र बाह्र गते स्थायी समितिको बैठक भएका कारण कार्यक्रम छोट्याएर बिहानको उडानबाट हतारहतार काठमाडौं आउनुभएको थियो । उहाँले काठमाडौं आएपछि मात्र बैठक चौध गतेलाई सारिएको भन्ने जानकारी पाउनुभएको बताइन्छ ।
एमाले स्थायी समितिको एक सदस्यका अनुसार पार्टी केन्द्रीय कमिटीको बैठक गत असारमा सुरु गरिएको थियो र उक्त बैठकलाई स्थगित गरिएको छ तर विधिवत् समापन गरिएको छैन । एउटा बैठक समापन नै नगरी अर्को बैठकको मिति निर्धारण गर्नुको अर्थ एमाले नेताहरूले बुझन सकेका छैनन् ।
अध्यक्ष खनालको सोच र कार्यशैलीको यतिबेला देशमा तीव्र आलोचना भइरहेको छ । कथित राष्ट्रिय सहमतिका नाममा सरकार गठनमा तगारो हाल्ने भूमिका निर्वाह गरिरहनुभएका खनाल पछिल्ला दिनहरूमा पार्टीभित्र पनि त्यत्तिकै आलोचित हुनुहुन्छ । यस्तो अवस्थामा मङ्सिर १४ गते निर्धारण गरिएको केन्द्रीय कमिटीको बैठक पनि उहाँले अन्तिम अवस्थामा गएर पुनः पर सार्नुहुने र अन्योलपूर्ण अवस्थालाई निरन्तरता दिइरहनुहुने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् । खनालको कार्यशैलीले दिन प्रतिदिन उहाँलाई कमजोर, बद्नाम र आलोचित बनाउँदै लगेको पनि विश्लेषकहरूले ठानेका छन् । माओवादी, काङ्ग्रेस र आफ्नै पार्टीभित्रको विश्वास आर्जन गर्न नसक्ने खनालले राष्ट्रिय सहमतिको राग अलाप्नुलाई कतिपयले असन्तुलित मानसिकताको उपजका रूपमा समेत टिप्पणी गर्न थालेका छन् ।

काङ्ग्रेसमा नेताहरूको खोजी सभापतिलाई सङ्कट
मनोनयन प्रक्रियाद्वारा पूर्ति गरिनुपर्ने पदाधिकारी तथा सदस्य छनोट कार्य काङ्ग्रेस सभापति सुशील कोइरालाका निम्ति सगरमाथा आरोहण गर्नुसरह हुन पुगेको छ । सकेसम्म सबैको चित्त बुझाएर अघि बढ्ने प्रयासमा रहनुभएका कोइरालाले सबैलाई खुसी बनाउन खोज्दा कोही पनि सन्तुष्ट नहुने हुन् कि भन्ने स्थिति बनेको छ । पद प्राप्तिका निम्ति आफ्नै सहकर्मीहरूबीचको प्रतिस्पर्धा देखेर सभापति कोइराला यस किसिमको सकसमा पर्नुभएको हो ।
काङ्ग्रेसको उपसभापतिजस्तो गरिमामय पदमा सुजाता कोइरालाले दाबी गर्दै आउनुभएको छ । गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङलाई उक्त पदको हकदार ठान्ने नेताहरू पनि छन्, तर अहिलेसम्म उपसभापति पदमा रामचन्द्र पौडेलको नियुक्तिको सम्भावना प्रबल रहेको छ । कुनै आकस्मिक घटना भएन भने पौडेल उपसभापति बनाइनुहुने निश्चितप्रायः छ । महामन्त्री पदमा उपसभापति नबनाइएको अवस्थामा आफूलाई चयन गरिनुपर्ने सुजाता कोइरालाको माग रहिआएको छ । तर, सुजातालाई महामन्त्री बनाइने सम्भावना अहिलेसम्म देखिएको छैन । उहाँलाई सहमहामन्त्री बनाइने प्रबल सम्भावना छ । महामन्त्रीका सबभन्दा बलिया उम्मेदवार अर्जुननरसिंह मानिनुहुन्छ, छैसठ्ठी प्रतिशत मत प्राप्त गरेर कीर्तिमान कायम गर्नुभएका केसीलाई महामन्त्री बनाउन सुशील कोइराला पनि तत्पर हुनुभएको बताइन्छ । तर, सुजाता कोइरालाले आफूलाई महामन्त्री नबनाइएको अवस्थामा अर्जुननरसिंह केसीलाई पनि बनाउन नपाइने र्सत सभापति कोइरालासमक्ष प्रस्तुत गर्नुहुने सम्भावना देखिन्छ । सुजाता अर्जुनको बाधक बनेको अवस्थामा डा. रामशरण महत महामन्त्री बन्न
सक्नुहुने देखिएको छ । माओवादीले कुनै पनि हालतमा उपयोग गर्न नसक्ने नेताको कोटिमा पर्नुहुने डा. महतलाई छिड्के हानेर रोक्ने प्रयास झापाका कृष्ण सिटौलाबाट हुनसक्ने ठानिन्छ । मित्रराष्ट्रलाई प्रयोग गरेर भए पनि आफू महामन्त्री बन्न प्रयासरत सिटौलाले सुजाता कोइरालालाई उपसभापति बन्नुपर्छ भनेर उचाल्ने काम गर्दै आउनुभएको बताइन्छ । सुजातालाई बन्न अरूले नदिने, अर्जुनलाई सुजाताले नदिने र डा. महतलाई अर्जुनले रोक्ने विश्वास सिटौलाको छ । त्यस्तो अवस्थामा महमन्त्री पदले आफैंलाई खोज्दै आउने विश्वास सिटौलामा रहेको बुझिन्छ । सहमहामन्त्रीमा पूर्णबहादुर खड्का, डा. नारायण खड्का, सुजाता कोइराला आदिको नियुक्ति हुनसक्ने सम्भावना बढेको छ ।
केन्द्रीय कार्यसमितिमा मनोनयनद्वारा पूर्ति गर्नुपर्ने एक्काईस स्थानका लागि पनि सभापति कोइरालाद्वारा उपयुक्त व्यक्तिहरूको खोजी भइरहेको छ । यसक्रममा तारानाथ रानाभाट, ओमकारप्रसाद श्रेष्ठ, चिरञ्जीवी वाग्ले, लक्ष्मणप्रसाद घिमिरे, सुप्रभा घिमिरे, भीमबहादुर तामाङ, गोविन्दराज जोशी, विमलेन्द्र निधि, अमरेशकुमार सिंह, गोपाल पहाडी, दिलबहादुर र्घर्ती, पुरुषोत्तम बस्नेत, पद्मनारायण चौधरी आदिको नाम विशेष रूपमा लिन थालिएको छ । शेरबहादुर देउवाले आफूलाई काङ्ग्रेसभित्र बेग्लै समूहको नेताका रूपमा प्रस्तुत गर्दै आफ्नो पक्षबाट केही व्यक्तिहरूलाई पदाधिकारी तथा सदस्य बनाइनुपर्ने अडान राख्नुभएको छ । तर, सुशील कोइराला पार्टीमा त्यस्तो कुनै गुट-उपगुटको भावना नरहोस् भन्ने चाहना राख्नुहुन्छ । त्यसैले गुट होइन व्यक्ति हेरेर केन्द्रीय कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरूको चयन गरिनुपर्छ भन्ने धारणा सभापति कोइरालाले बनाउनुभएको छ । केन्द्रीय कार्यसमितिमा देउवा स्वयम्को नियुक्ति भइसकेको अवस्थामा पक्षविशेषको भनेर कसैलाई नियुक्त गर्दा त्यसले राम्रो सन्देश नदिने र पार्टीको एकतालाई गम्भीर धक्का पुर्‍याउने सभापतिको निष्कर्ष छ ।

प्रचण्ड निराश †
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विस्तारिक बैठकको मिति चारपटकसम्म सारिनुलाई आफ्नो राजनीतिक ‘भूल’को संज्ञा दिन थाल्नुभएको छ । गत शनिबार आफ्नै निवास नयाँबजारमा आफूनिकट केन्द्रीय नेताहरूसँगको गोप्य छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । विस्तारित बैठकमा केन्द्रीय तहबाट एउटा मात्र प्रतिवेदन लैजाने उद्देश्यका साथ पटक/पटक बैठकको मिति पर सारिए पनि त्यसको परिणामा ठीक उल्टो आउन लागेको प्रचण्डको गुनासो थियो ।
बैठकको मिति सार्दा पार्टीभित्रका केही खराब मानिसले चलखेल गर्ने मौका पाएको भन्दै प्रचण्डले यस्तो बताउनुभएको छलफलमा सहभागी एक नेताले बताउनुभयो । पार्टी र राष्ट्रको हितमा आफूले सबैसँग छलफल गरेर मात्र निर्णय गर्ने भए पनि पछि आफैंलाई नोक्सानी पुर्‍याएको प्रचण्डको भनाइ थियो । आफूले विश्वास गरेकाहरूबाट धोखा पाएको भन्दै प्रचण्डले साथीहरूकै कारण माओवादीको सान खस्कन थालेको गुनासोसमेत गर्नुभयो । प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागीले भने, ‘कहिलेकाहीँ त एक्लै निर्णय गरेर जाउँm जस्तो लाग्छ ।’ उपाध्यक्ष भट्टराईतर्फ सङ्केत गर्दै प्रचण्डले गोप्य छलफलमा साथीहरूले केन्द्रीय निर्णयको अवज्ञा गरी देश दौडाहा सकिसकेको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो । उपाध्यक्ष भट्टराईले विस्तारित बैठकमा प्रस्तुत गरिने आफ्नो फरक दस्तावेजबारे स्पष्ट पार्न आयोजना गरिएको कार्यकर्ता भेलामा सहभागी हुनुभएको थियो । यसले पार्टी राम्रो गुटमा परिणत भएको सङ्केत दिएको बताउँदै पार्टी एमालेकरण हुन खोजिरहेको प्रचण्डको भनाइ थियो ।
नयाँबजारमा भएको छलफल अध्यक्षको चीन भ्रमणको उपलब्धि र दलहरूबीच जारी छलफलमा केन्द्रित रहेको भनिए पनि पार्टीको आन्तरिक राजनीतिमा छलफल बढी केन्द्रित ती नेताले बताउनुभयो । प्रचण्ड यसअघि पनि तल्लो स्तरसम्म फरक दस्तावेज पुर्‍याउँदा कार्यकर्ता थप सशङ्कित बनेको भन्दै दस्तावेज लैजानु गलत रहेको निष्कर्षमा पुग्नुभएको थियो । ‘प्रतिवेदनले विभिन्न गुट-उपगुट जन्मियो,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै ती सहभागीले घटना र विचारसँग भन्नुभयो, ‘जुन उद्देश्यले बैठकको मिति सारिएको थियो त्यसको ठीक उल्टो परिणाम आउने खतरा बढ्दै गएको छ, यो राम्रो लक्षण होइन, यही अवस्थामा विस्तारित बैठक बोलाउँदा पार्टीभित्र विद्रोह हुन सक्ने खतरा बढ्दै गएको छ, तर अब बैठकको मिति सार्न सकिँदैन ।’ विस्तारित भेलामा फरक/फरक प्रतिवेदन प्रस्तुत हँुदा पार्टी नेतृत्वमा स्पष्ट विभाजन भएको सङ्केत तल्लो तहमा जाने भन्दै तीन प्रतिवेदनलाई एउटै बनाउनुपर्नेमा प्रचण्डको जोड थियो । तीन प्रतिवेदनको भावना बोक्ने एउटा संयुक्त प्रतिवेदन तयार गर्नुपर्ने भन्दै प्रचण्डले उपाध्यक्षद्वय मोहन वैद्य र भट्टराईसँग बेग्लाबेग्लै र संयुक्त छलफलसमेत गर्दै आउनुभएको थियो । तर, वैद्यले खरिपाटीको भेलामा आफ्नो प्रतिवेदनको मर्म र भावना नसमेटिएकोले यसपटक त्यसो हुन नदिने अडान राखेको र भट्टराईले आफ्नो सिद्धान्तमा अरूले गिर खेल्ने गरेको भन्दै आफ्नो अडान कायमै राखेपछि प्रचण्डको योजना असफल भएको हो । भट्टराईले देश दौडाहा गरेपछि पछिल्लो समयमा वैद्य र प्रचण्डले भने एउटै प्रतिवेदन बनाउन सहमति बनाएको प्रचण्डनिकट स्रोतले बतायो । अन्य राजनीतिक दलहरूले माओवादीलाई एक्ल्याउन खोजिरहेका बेला बस्न लागेको विस्तारित बैठकमा फरक-फरक प्रस्ताव लैजाँदा झन् ठूलो सङ्कट आउन सक्ने भन्दै स्थितिलाई बुझेर मात्र निर्णय गर्न उपाध्यक्षद्वयलाई आफूले आग्रह गरिरहे पनि त्यसलाई बेवास्ता गरिएको प्रचण्डको भनाइ थियो ।
अध्यक्षले एउटै प्रतिवेदन बनाउन आग्रह गरे पनि उपाध्यक्ष भट्टराईले छलफलका लागि तल्लो तहसम्म दस्तावेजहरू पुगिसकेकाले बैठकमा तीन प्रतिवेदन पेस हुने बताउँदै आउनुभएको छ । आफ्नो प्रतिवेदनले पार्टीलाई सही कार्यदिशा दिने उहाँको दाबी छ । आफ्नो प्रतिवेदनबाट कार्यकर्ता उत्साहित बनेको जिकिर गर्दै विस्तारित बैठकबाट प्रतिवेदनको टुङ्गो लाग्ने भट्टराईको विश्वास छ । आफ्नो दस्तावेजबारे आमकार्यकर्तालाई स्पष्ट पार्न देश दौडाहामा रहेका भट्टराई कार्यकर्ताहरूसँगको छलफलपछि झन् उत्साहित बन्नुभएको छ । आफ्नो सिद्धान्त र योजनाअनुसार पार्टी सञ्चालन भएको भन्दै भट्टराईले यसपटक सिद्धान्त र योजनाअनुसार मैदानमा आएकोले सहयोग गर्न आग्रह गर्दै आउनुभएको छ ।

लेखहरु
किन आयो भारत जाने कुरा –हरदम कोइराला
प्रचण्डको व्यक्तित्व ‘महान्’ भएकोले माओवादी पार्टीमा अध्यक्ष बनाइनुभएको हो या पार्टी अध्यक्ष भएका कारण उहाँलाई ‘महान्’ भनिएको हो भन्नेबारेमा बहस तथा छलफल गर्न सकिएला, तर प्रचण्डका सोच एवम् व्यवहार महान् छैनन्, बरु महत्त्वाकाङ्क्षाले ग्रस्त र अत्यन्त अदूरदर्शी छन् भन्नचाहिँ अब छलफल गरिरहनुपर्ने देखिँदैन । एउटा समय थियो- प्रचण्ड कम्युनिस्ट पार्टीका जुझारु नेता या कार्यकर्ताका रूपमा सीमित व्यक्तिहरूमाझ चिनिनुहुन्थ्यो, समयाक्रममा भूमिकाले उहाँलाई आतङ्क र हिंसाको नाइके बनायो । साढे चार वर्षअघि भूमिगत जीवनबाट खुला राजनीतिमा आउँदा प्रचण्ड नवदुलहीझैं सबैको आकर्षण र कैयन आस्थाको केन्द्र बन्नुभयो । अहिले साढे चार वर्षपछि उही प्रचण्ड संसारका सर्वाधिक छली एवम् अविश्वसनीय र तिकडमवाजका रूपमा चिनिन थाल्नुभएको छ । यसो हुनुमा अरू कोही नभएर प्रचण्ड स्वयम्को भूमिका जिम्मेवार रहेको छ । मानिसलाई एकपटक छल्न सकिन्छ, पटक-पटक छल्न खोज्दा आफैं उल्लू होइन्छ भन्ने सामान्य सिद्धान्तलाई प्रचण्डले सायद बुझने प्रयत्न गर्नुभएको छैन । चीनको विशेष भ्रमण सकेर नेपाल आगमन हुनेबित्तिकै त्रिदेशीय सम्झौताको कुरा उठाएर उहाँले आफ्नो महत्त्वाकाङ्क्षा र मनोरञ्जन एकैसाथ प्रस्तुत गर्नुभएको छ, यसकारण एकपटक फेरि प्रचण्ड र उहाँको अभिव्यक्तिका बारेमा लेख्नु उत्प्रेरित हुनुपरेको छ ।
प्रधानमन्त्रीका रूपमा प्रचण्डको पहिलो भ्रमण विश्व ओलम्पिक खेलको बहाना बनाउँदै चीनमा भएको थियो र त्यसलाई माओवादी पार्टीले ‘नेपालका प्रधानमन्त्रीको पहिलो भ्रमण भारतमा हुने पुरानो परम्परालाई अन्त्य गरिएको’ भनी सगौरव व्याख्या गरेको थियो । तर, चीनबाट फर्केकै दिन प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घोषणा गरि्दनुभयो, ‘यो त यसो खेल हेर्न भनेर गएको हो, मेरो पहिलो औपचारिक भ्रमण त भारतमै हुनेछ ।’ यसपालि सांर्घाईमा आयोजित बृहत् प्रदर्शनीको अवलोकन गर्ने नाममा प्रचण्ड चाइना जानुभयो र फर्केर आएपछि त्रिदेशीय सम्झौता हुनुपर्ने र त्यसका लागि आफू भारत जाने भनी सार्वजनिक घोषणा गर्नुभयो । देशमा जातीय एवम् क्षेत्रीय विभाजनको विजारोपण गर्दै राष्ट्रिय एकता तथा राष्ट्रियतामा दूरगामी सङ्कट सिर्जना गर्ने अभियानका नाइके विधिवत् प्रमाणित हुन बाँकी प्रचण्डले राष्ट्रियताको नाममा छिमेकी मित्रराष्ट्र भारतविरुद्ध चलाउनुभएको सङ्घर्ष अन्त्य नगर्दै उहाँले भारतसँग समझदारी बनाउन आफू सक्रिय हुने उद्घोष गर्नुलाई धेरैले रोचक मानेका छन् । केही दिनअघि मात्र आफ्नो पार्टीका केही उपद्रयाहाहरूलाई लगाएर भारतीय राजदूतमाथि जुत्ता प्रहार गराउनुहुने प्रचण्डको घोषणालाई स्वयम् भारतले कति गम्भीरता र महत्त्वका साथ लियो बुझन सकिएको छैन, तर प्रचण्डको अभिव्यक्तिमा अन्तरनिहित रहस्य केलाउँदा उहाँ फेरि पनि छलकपटका निम्ति अग्रसर हुनुभएको बुझन भने मुस्किल पर्दैन । प्रचण्डले सर्वहाराको नाममा कम्युनिस्ट पार्टीको एकदलीय र एकदलभित्र पनि आफ्नै नेतृत्वमा राज्यसत्ता चलाउने नियतका साथ तर्जुमा गर्नुभएको धारणा, नीति, कार्यक्रम र गन्तव्यमा परिवर्तन ल्याउनुभएको छैन । प्रचण्डले विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतले अवलम्बन गरेको राजनीतिक प्रणालीलाई चुनौती दिने प्रयत्न गर्दै आउनुभएको छ । प्रचण्डले नेपालमा भारतीय प्रभाव निषेध गर्दै लैजाने मनसायले चिनियाँ गतिविधि सहज तुल्याउनका निम्ति गर्नुभएका प्रयासबारे भारत अनभिज्ञ छ भन्न मिल्दैन । प्रचण्डले नेपालको दक्षिणी सीमा ‘टाइट’ गर्दै उत्तरी सीमा खुला गर्ने नीति अख्तियार गर्नुभएकोबारेमा पनि भारत बेखबर छ भन्न सकिँदैन । प्रचण्डले आफूहरूलाई सत्तामा जान रोक्ने नै भारत हो भनी गर्नुभएको प्रचारबारे भारत जानकार छैन भन्न पनि सकिँदैन । प्रचण्डले आफ्ना दस्तावेजहरूमा विस्तारवादी र हैकमवादी विशेषण दिँदै प्रधान शत्रु निर्धारण गरेको ‘भाषा’ भारतले ठ्याम्मै बुझेको छैन भन्ने ठान्नुभएको छ भने यसले उहाँको परिपक्वतामा प्रश्न गर्नुपर्ने हुन्छ । प्रचण्डले बेइजिङदेखि नगरकोइलसम्म माओवादका नाममा चिनियाँ प्रभाव विस्तार गर्ने सपना देख्नुभएकोबारेमा भारतले सुइँको पाएको छैन भन्ने ठान्नु प्रचण्ड स्वयम्को कमजोरीबाहेक अरू केही हो भन्न सकिँदैन । प्रचण्डले नेपालभित्र भारतविरोधीहरूलाई ‘नेटवर्किङ’ गर्नुभएको तथ्यबारे भारतले कुनै सरोकार राखेको छैन भन्ने ठान्नु अर्को भूल हो । प्रचण्डले त्रिदेशीय समझदारीको कुरा अघि सारेर दक्षिण एसियाको राजनीतिमा चिनियाँ भूमिका विस्तार गर्न चाहेको सत्यबारे पनि भारत बेखबर छ भन्न मिल्दैन । भारत र प्रचण्ड उर्फमाओवादीका बीचमा असमझदारी र अविश्वासका दर्जनौं मुद्दा जीवित राखेर प्रचण्डले त्रिदेशीय समझदारीको कुरा ल्याउँदा विषयवस्तुप्रति भन्दा मानिसको ध्यान प्रचण्ड स्वयम्को मानसिक सन्तुलन र उहाँको नियतपक्षको विवेचना गर्नेतर्फ केन्द्रित हुन पुगेको छ । प्रचण्डले नेपाललाई शान्त, स्थिर र समृद्धिमुखी हुनबाट रोक लगाउन खोज्नुभएको छैन भन्ने विश्वास अभिवृद्धि गर्न कसरत गर्नुपर्नेमा भारतसँग समझदारी बनाउने जुन कुरा अघि सारियो यसले प्रचण्डको नियत अरू उजागर गरेको छ । पञ्चायतकाल एउटा निरङ्कुश शासनकाल थियो र त्यसका शासकहरू पनि स्वाभाविक रूपले निरङ्कुश थिए । तिनले पनि त्यसताक चिनियाँ नेताहरूबाट ‘भारतलाई धेरै नचिढ्याऊ’ भन्ने सुझाव बारम्बार प्राप्त गरिरहन्थे । नेपालको भूगोल जतिसुकै प्रयास गरिए पनि आफ्नो काबुभित्र रहने प्रकारको छैन भन्ने वास्तविकतालाई चिनियाँहरूले सम्भवतः आत्मसात् गरेका छन् । त्यसैले आफ्ना नेपाली हितैषीलाई उनीहरूले सधैं भारतलाई नचिढ्याउन सुझाव दिँदै आएको अनुमान गर्न सकिन्छ । यस पृष्ठभूमिमा प्रचण्डलाई पनि सोहीबमोजिम सुझाव टक्र्याइएको सहजै अनुमान गर्न सकिन्छ र चिनियाँ मार्गदर्शनपश्चात् प्रचण्डले त्रिदेशीय सम्झौताको कुरा उठाउनुको पछिल्तिर चिनियाँहरूको यस्तै सुझावले उत्प्रेरित गरेको देखिन्छ ।
अर्को सत्य, प्रचण्डलाई जसरी भए पनि सत्ताको कार्यकारी प्रमुख हुनु छ । भारतको विश्वास प्राप्त नभएसम्म सत्ताको सिँढी चढ्नु नयाँ नेपालमा दुरुह कार्य हो भन्ने सम्भवतः प्रचण्डले बुझन थाल्नुभएको छ । भारतविरुद्ध जनपरिचालन गर्दै राष्ट्रिय अभियान सञ्चालन गर्ने तथा भारतीय लगानीका आयोजनाहरूलाई निरत्साहित गर्ने र अवरोध पुर्‍याउने भूमिकाका प्रचण्डले यसअघि भित्रभित्रै भारतलाई रिझाउने प्रयास नगर्नु भएको होइन । चीनबाट फर्केपछि चाहिँ उहाँले सार्वजनिक घोषणामार्फत भारतसँगको समझदारीको आवश्यकता रहेको स्वीकार गर्नुभएको छ । भारतलाई आफ्नो पक्षमा झुकाउन या प्रभाव पार्न गरिएका अनेकौं नकारात्मक प्रयास असफल भएपछि सकारात्मक आवरणमा खुला प्रयास गर्ने सोच सम्भवतः प्रचण्डले बनाउनुभएको छ । रोल्पा-रुकुममा दुई-चार मान्छे काटेर सुरु गरिएको सङ्घर्ष नयाँदिल्लीमा सम्पन्न बाह्रबुँदे सम्झौतापश्चात् नयाँ चरणमा प्रवेश गरेको थियो र, त्यही दिल्ली सम्झौताले माओवादीलाई सत्तामा पुर्‍याएको यथार्थबारे प्रचण्डभन्दा बढी जानकारी अरू को हुन सक्लान् – त्यसैले भारतको विश्वास पुनार्जन गरेर प्रधानमन्त्री बन्ने र प्रधानमन्त्री बनिसकेपछि चिनियाँ सहयोगमा आफ्नो सत्ता टिकाइराख्ने प्रचण्डको ‘हिडन योजना’ बारे वर्तमान विश्व जानकार छ । त्यसैले भारतलाई तर्साएर र घुर्क्याउन यसअघि गरिएका प्रयास असफल भएझैं यसपटक भारतलाई फकाउन गरिएको प्रयासले पनि सफलता प्राप्त गर्न सक्ने देखिएको छैन । कुनै समय थियो- मानिसहरू प्रचण्डलाई सुन्न र बुझन इच्छुक र उत्सुक रहन्थे, तर आज मानिस प्रचण्डप्रति पूर्ण सचेत छन् । नेपाली जनताभन्दा भारत कैयन गुणा बढी सचेत छ भने त्यसलाई अस्वाभाविक मान्नुपर्ने छैन ।
राष्ट्रियताका सर्न्दर्भमा प्रचण्डले उठाउने गर्नुभएका कुनै पनि मुद्दा नयाँ छैनन् । एक कालखण्डमा कसै न कसैले उठाउँदै आएका थोत्रा र जडौरी विषयहरूलाई नै उहाँले अगाडि सार्न खोज्नुभएको हो । उहाँका कतिपय कुराहरू देशहितमा भए पनि माओवादीले राष्ट्रियताजस्तो सम्वेदनशील विषयलाई समेत आफ्नो राजनीतिक गन्तव्य -सर्वहारा अधिनायकवादका नाममा माओवादीको एकदलीय शासन) सँग जोडेका कारण आफूलाई देशभक्त ठान्ने नेपालीहरूले माओवादी भनाइमा ऐक्यबद्धता जनाउन सकेका छैनन् । त्रिदेशीय सम्झौता या समझदारीको कुरालाई निरपेक्ष ढङ्गले अर्थ्याउन सकिँदैन । चीनदेखि नेपाल हुँदै भारतसम्म शान्ति, सुरक्षा र समृद्धिको कार्पेट विछ्याउन यसप्रकारको धारणाले सकारात्मक योगदान पुर्‍याउन सक्छ । तर, भारत र चीनबीच कैयन मुद्दाहरूमा तनाव उत्पन्न भइरहेका बेला चीनबाट फर्किएका प्रचण्डले अघि सार्नुभएको हुँदा यस्तो प्रस्तावले कुनै परिणाम हासिल गर्नसक्ने देखिँदैन । दक्षिण एसियामा चिनियाँ प्रभाव बढाउने र नेपाली राजनीति एवम् राज्यसत्तामा आफ्नो स्थायी पकड कायम गर्ने नियतले प्रचण्डद्वारा त्रिदेशीय समझदारीको अवधारणा अघि सारिएको अर्थ लागेको छ, गैरमाओवादी कित्ताले प्रचण्ड प्रस्तावलाई यसैगरी बुझेको छ । प्रचण्डभन्दा बरु चाइना स्वयम्ले यसप्रकारको प्रस्ताव गरेको भए नेपाल र भारत दुवै मुलुकले विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्न सक्दथे । प्रचण्डमार्फत अघि सारिएको यस्तो प्रस्तावले तत्काल कुनै पनि प्रकारको परिणाम हासिल गर्न सम्भव देखिएको छैन । सत्तामा पुनर्वहाली हुनका लागि भारतको पुनः उपयोग गर्न, भारतलाई चक्मा दिन या आफू दुई छिमेकीबीच सन्तुलित सम्बन्ध राख्ने पक्षमा रहेको झाँसा दिनका लागि मात्र प्रचण्डले त्रिदेशीय सम्झौताको प्रस्ताव गर्नुभएको होइन भने पहिले उहाँले आफूलाई पूर्ण रूपले बदल्न आवश्यक ठानिन्छ ।

समाचार
एआईजीमाथि कसरी चल्यो तरबार
व्यापारी अपहरण र लुटपाटमा संलग्न भएको आक्षेपमा फसाइएका प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमिल्सेनालाई कारबाही गराउन प्रहरी सङ्गठनभित्रैबाट षड्यन्त्र भएको चर्चा सम्बन्धित निकायमा चल्न थालेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुख रहँदा उपरोक्त आरोप लगाएर एक्कासि प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गर्नुका साथै छानबिन समिति गठन गरी कारबाहीको सिफारिस गरिएका एआईजी तिमिल्सेनालाई प्रहरीमा ‘सुदूरपश्चिमवाद’ लाद्ने सुनियोजित रणनीतिअर्न्तर्गत बलिको बोको बनाउने कसरत भएको प्रहरी सूत्रको दाबी छ ।
बताइएअनुसार व्यापारी सञ्जय सुरेखाको अपहरण एआईजी तिमिल्सेना महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा हुनुअघि नै भएको थियो भने सो मुद्दाको अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध अनुसन्धान महाशाखाको हो । महानगरीय अपराध महाशाखाको अनुसन्धानअनुसार व्यापारी सुरेखाको टेलिफोनमा सर्म्पर्क गर्ने व्यक्तिमध्ये राजु सिंह भन्ने रहेको र उसको फोनकल डिटेल हेर्दा हरि अग्रवाल, सञ्जय शाह, सेलिना पौड्याललगायत धेरैको नाम उजागर भएको थियो । यसैको आधारमा सञ्जय र सेलिनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको र त्यसरी नियन्त्रणमा लिएर म्याद थप गर्ने कार्य एआईजी तिमिल्सेना सो कार्यालयमा हाजिर हुनुअघि नै भएको थियो । प्रहरीले हरिलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरेको, अभियुक्त अग्रवालका विरुद्धमा प्रहरीद्वारा जाहेरी दरखास्त मागिएको तर जाहेरीवालाले जाहेरी दिन आलटाल गरेकोले मुद्दा दर्ता नगरी अभियुक्तलाई लामो समयसम्म हिरासतमा राखिरहन नमिल्ने भएकोले पछि अनुसन्धानबाट देखिएबमोजिम हुनेगरी उपत्यका अपराध अनुसन्धान महाशाखाको जिम्मा-जमानीमा छाडिएको थियो ।
यसैबीच एआईजी कल्याणलाई अचानक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरी डीआईजी राजेन्द्रसिंह भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरियो । यसरी डीआईजी सिंहकै संयोजकत्वमा समिति गठन गर्नु नै तिमिल्सेनामाथि षड्यन्त्र सुरु भएको सङ्केत थियो । किनकि, सिंह र तिमिल्सेनाबीच आपसी कटुता रहेको प्रहरी सङ्गठनभित्र अधिकांश उच्चपदस्थहरू जानिफकार छन् । जाहेरी दरखास्त नै नपरेको मानिसलाई प्रहरीले लामो समय थुनामा राख्न नहुने मानवाधिकारको प्रावधानतर्फ विचारै नपुर्‍याई ‘एआईजी कल्याणले मानिस छोड्न दबाब दिएको’ भण्डारी-प्रतिवेदनमा उल्लेख हुनुमा उनीप्रतिको पूर्वाग्रहले काम गरेको एक प्रहरी अधिकृतले दाबी गरे ।
यसैगरी एआईजी तिमिल्सेना उपत्यका प्रहरी कार्यालयमा कार्यरत रहेकै अवस्थामा ०६६ कात्तिक ११ गते चेङ्गा शर्ेपा भन्ने व्यक्ति कार्यालयमा आई ‘स्वयम्भूका प्रहरीले आफूसँग असोज ३१ गते नगद लुटेको’ उजुरी गरेको र मुद्दाको संवेदनशीलताअनुसार सो सम्बन्धमा तत्काल आयुक्त कार्यालयबाटै अनुसन्धान गर्दा हवल्दार मक्करलाल श्रेष्ठ र जवान रामहरि सुवेदीसमेतले रकम लुटेको खुलेको थियो । तत्काल लुटेरा प्रहरीको सनाखत गरी उनीहरूलाई सुरक्षार्थ महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज पठाइएको थियो भने लुट्ने नाइके मक्करलाललाई तत्काल निलम्बनसमेत गरिएको थियो । सो सम्बन्धमा प्रहरी नायव उपरीक्षक शेरबहादुर बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरी काम अघि बढाइएकै अवस्थामा अचानक एआईजी कल्याणको सरुवा गरी डीआईजी सिंहको संयोजकत्वमा अर्को छानबिन समिति बनाइनुमा गम्भीर रहस्य लुकेको जोकसैले अनुमान लगाउन सक्छ । सिंहको समितिले तिमिल्सेनाबारे अनेक बनावटी कुराहरू हालेर प्रतिवेदन बुझाएको पनि सूत्रको कथन छ । विगतमा आईजीपी प्रदीपशमशेर राणाले डीआईजी भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाउँदा प्रहरीभित्रका गोप्य सूचना तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायलाई दिने कार्य गरी तत्कालीन एसएसपी किरण गौतम, वसन्त कुँवर र कल्याण तिमिल्सेनालाई फसाएको र सिंहको कर्तुतको पोल खुलेपछि निजहरूले सफाइ पाएका थिए । सोही रिस फेर्ने अवसरका रूपमा सिंहले तिमिल्सेनामाथि दुराशययुक्त रिपोर्ट बनाएको र एआईजी तिमिल्सेनालाई हटाएर सो स्थानमा आफ्नो पक्षधर सुदूरपश्चिमेली अधिकृतलाई बढुवा गरी पछि आईजीपी बनाउने षड्यन्त्रमा प्रहरी नेतृत्व लागिपरेको दाबी गरिएको छ । यसरी क्षेत्रविशेषका व्यक्तिलाई आईजीपी बनाउनकै लागि प्रहरी सङ्गठनभित्र भाँडभैलो मच्चाउने कार्य भएकोप्रति सम्बन्धित उच्च निकाय समयमै सचेत भई उचित व्यवस्थापन गर्न नसके भविष्यमा नेपाल प्रहरी गुट-उपगुटमा विभक्त भई लथालिङ्ग अवस्थामा पुग्ने निश्चित मानिएको छ ।

संयुक्त राष्ट्रसङ्घमा बन्दना
सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घको महिला, शान्ति र सुरक्षासम्बन्धी कार्यक्रमको एसिया प्यासिफिक सल्लाहकार समितिमा मनोनीत हुनुभएको छ । बैंककस्थित संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को कार्यालयकी उपसचिव नोलिन हेजरले हालै संयुक्त राष्ट्रसङ्घको सुरक्षा प्रस्ताव नं. १३२५ का लागि एसिया प्यासिफिक सल्लाहकार समितिको घोषणा गर्नुभएको हो । विश्वप्रख्यात लेखक डा. अमर्त्य सेनको नेतृत्वमा रहेका छ सदस्यीय समितिमा दक्षिण एसियाबाट नेपालकी बन्दना राणा र श्रीलंकाकी सुनिल अभिसेखरा रहेका छन् । समितिको कार्यकाल दुई वर्षको हुने जनाइएको छ । महिला शान्ति र सुरक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं. १३२५ को कार्यान्वयनका निम्ति राष्ट्रिय कार्ययोजना बनिरहेको सर्न्दर्भमा बन्दनाको अन्तर्राष्ट्रिय नियुक्ति अत्यन्त महत्त्वपूर्ण मानिएको छ । लामो समय नेपाल टेलिभिजनमा कार्य गर्नुभएकी बन्दना राणा सञ्चारिका समूहकी पूर्वअध्यक्ष हाल साथी संस्थाकी अध्यक्ष हुनुहुन्छ ।

ललितपुर प्रहरी जाग्दा समाज बिथोल्नेहरूमा खलबली
दीपावली पर्वको नाममा पटाकाको अवैध व्यापार गरेर नाफा कुम्ल्याउने, जथाभावी पटाका पड्काएर सामाजिक शान्ति बिथोल्ने, जुवातासको खाल जमाएर विकृति निम्त्याउने र मिर्ठाई-परिकारहरूमा अखाद्य मिसावट गरेर जनस्वास्थ्यमाथि खेलबाड गरी धन कमाउन खोज्नेहरूले समयमै सचेत भएनन् भने अब दुःख पाउनेछन् । जिल्ला सुरक्षा परिषद् ललितपुरले उल्लेखित अपराध गर्नेहरूमाथि अनुगमन र कडा कारबाही गर्ने निर्णय गरेपछि अपराध कर्म गरेर मोजमस्ती लिन चाहनेहरू निरुत्साहित हुने अवस्था निम्तिएको हो । सुरक्षा परिषद्को निर्णयबमोजिम कारबाही गर्न ललितपुर प्रहरी प्रमुख विक्रमसिंह थापाले तदारुकता देखाउनुभएपछि विकृति र अपराधका बाहकहरूमा खलबली मच्चिएको बुझिएको छ ।
एस्पी थापाका अनुसार पटाका बेच्ने र पड्काउनेहरू मात्र होइन टोल-समाजमा लुकिछिपी पड्काउनेहरूबारे सूचना दिन आनाकानी गर्नेहरूप्रतिसमेत प्रहरी सख्तिका साथ पेस हुन सक्नेछ भने जुवातास खेलेर पारिवारिक शान्ति बिथोल्नेहरूलाई मात्र नभई तमासेहरूलाई पनि कारबाहीको दायरामा ल्याएर यस्ता विकृति समूल नष्ट गर्ने रणनीति अपनाइएको छ ।
यसैगरी मिर्ठाई तथा खाद्य परिकारहरूमा अखाद्य पदार्थ, केमिकलयुक्त रंगहरू प्रयोग गरिएको पाइएमा सख्त कारबाही अघि बढाइनेछ । विकृति र अपराध निगरानीका लागि साधा पोसाकमा प्रहरीहरू खटाइएको एस्पी थापाले जानकारी गराउनुभयो । पार्किङ शुल्कका नाममा मनलाग्दी ढङ्गले सवारीधनीहरूसँग रकम असुल्नेहरूमाथि पनि ललितपुर प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको छ । टोलसमाजको सुरक्षार्थ हालै खडा गरिएको क्यूआरटी टोलीलाई चाडबाडको मौका पारेर बढ्नसक्ने आपराधिक कार्यमाथि विचार गर्दै विशेष रूपमा खटाइने छ भने आ-आफ्ना इलाकामा राम्रो काम गरेर देखाउन सक्ने प्रहरी इञ्चार्जहरूलाई पुरस्कृत गरिने तथा खटाएबमोजिम कन्ट्रोल गर्न नसक्नेहरूलाई नियमअनुसार कारबाही गरी प्रहरीलाई जनताप्रति थप उत्तरदायी बनाउन पहल गरिएको ललितपुर प्रहरी प्रमुख थापाको कथन छ । – नविन उप्रेती

धादिङ यातायात व्यवसायीको नयाँ नेतृत्व
धादिङ यातायात व्यवसायी सङ्घको छैटौं अधिवेशन गत १३ र १४ गते धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष दिनेश भण्डारीको प्रमुख आतिथ्य तथा रामनाथ अधिकारी, शरद अधिकारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको आतिथ्यमा सम्पन्न अधिवेशनले होमनाथ रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा कृष्ण लम्साल र तुलसी अधिकारी, महासचिवमा शरद अधिकारी, सचिवमा नारायण राना, कोषाध्यक्षमा विनोदकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा थानेश्वर रिजाल छानिएका छन् । यसैगरी सदस्यहरूमा चित्रबहादुर ढकाल, रामचन्द्र कुमाल, केशव तिमिल्सिना, श्रीबहादुर सिलवाल, कपिनखान ठकुरी र टोपबहादुर कँडेल चयन भएको बताइएको छ ।

विश्वविद्यालय अनुदान आयोगमा को –
शोभियत रुसबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको हो भने पर्यटन विषयमा पीएचडी गर्ने पहिलो नेपालीका रूपमा पनि उहाँ चिनिनुहुन्छ । विभिन्न अन्तर्राष्ट्रि्रय सेमिनारहरूमा नेपालको तर्फबाट प्रतिनिधित्व गरिसक्नुभएका उहाँ हाल ग्रामीण विकास केन्द्रीय विभागका विभागीय प्रमुख हुनुहुन्छ ।
त्यस्तै अर्का प्रत्याशीका रूपमा नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष डा. खगेन्द्र भट्टराईको नाम पनि चर्चाको अग्रस्थानमा रहेको बुझिएको छ । डा. भट्टराई अङ्ग्रेजी भाषा शिक्षणमा करिब तीन दशकदेखि पाटन संयुक्त क्याम्पसमा अध्यापनरत एक सिद्धान्तनिष्ठ, त्यागी, भद्र प्राध्यापकका रूपमा नेपाली बुद्धिजीवीहरूमाझ सुपरिचित हुनुहुन्छ । समर्पित प्राध्यापक र अङ्ग्रेजी भाषाका मर्मज्ञ डा. भट्टराईको नाम त्यत्तिकै महत्त्वपूर्ण रूपमा उठेको छ । यी नामहरूबीच त्रिवि अनुदान आयोगको अध्यक्षको जिम्मेवारी कसको पोल्टामा पर्ने हो, सम्बन्धित क्षेत्रमा अत्यन्त चासोको विषय बनेको छ ।
केही समयदेखि खाली रहेको त्रिवि अनुदान आयोगको अध्यक्ष पदमा नियुक्ति पाउन विभिन्न व्यक्तिहरूबीच प्रतिस्पर्धा र दौडधुप सुरु भएको बुझिएको छ । सम्बन्धित क्षेत्रभित्र आकर्षक र महत्त्वशाली मानिने सो पद दलीय बाँडफाँडका आधारमा नेपाली काङ्ग्रेसको कोटामा परेकाले प्रजातन्त्रवादी खेमाका विभिन्न व्यक्तिहरूले आफूलाई योग्य उम्मेदवारका रूपमा अघि सार्न थाले पनि त्यसका लागि यतिखेर नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ भूगोलविद् केशवानन्द गिरीको नाम सर्वाधिक चर्चामा रहेको छ । प्राध्यापक गिरी नेपालको प्रजातान्त्रिक आन्दोलन र शैक्षिक विकासका लागि समर्पित तथा कीर्तिपुरमा चार दशकदेखि शिक्षाशास्त्र सङ्कायअर्न्तर्गत अध्यापन गर्दै आउनुभएका प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । आयोग अध्यक्षकै लागि महत्त्वपूर्ण रूपमा चर्चामा आएको अर्को नाममा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ कीर्तिपुरका अध्यक्ष प्रदीपकुमार खड्का पनि पर्नुभएको छ । ६२ वर्षअघि दोलखामा जन्मनुभएका वरिष्ठ अर्थशास्त्री एवम् पर्यटनविद् खड्का पर्यटन विषयमा पीएचडी गर्ने नेपालकै पहिलो व्यक्तिका रूपमासमेत चिनिनु हुन्छ ।
यसैगरी त्रिवि सेवा आयोगको सदस्य पद पनि आगामी मङ्सिर १४ गते खाली हुँदै छ । हालसम्म सो पदमा पेशल दाहाल रहँदै आउनुभएकोमा मङ्सिर दोस्रो साता उहाँको अवधि समाप्त हुन लागेकोले सो पदका लागि पनि विभिन्न नाम चर्चामा ल्याइएका छन् । प्रजातन्त्रवादी प्राध्यापकहरूका तर्फबाट सो ओहोदामा पनि प्राध्यापक केशवानन्द गिरी र प्रदीप खड्कामध्ये एकको सम्भावना प्रबल रहेको बताइएको छ । यदि एमाले पार्टीको भागमा सो कोटा परेमाचाहिँ अङ्ग्रेजी विषयका वरिष्ठ प्रोफेसर प्रा.डा. कृष्णचन्द्र शर्माको नाम अगाडि रहेको बताइन्छ ।
यसैबीच त्रिविका विभिन्न उच्च पद र जिम्मेवारीमा रही त्रिभुवन विश्वविद्यालयको विकासमा उल्लेखनीय योगदान दिनुहुने नारायणप्रसाद र शान्ति मिश्रले त्रिविमा दुई स्वर्ण पदक स्थापनार्थ अक्षयकोषका लागि तीन लाख पचास हजार र यही मङ्सिर महिनामा हुने दीक्षान्त समारोहमा वितरण गरिने दुई स्वर्ण पदकका लागि ५३ हजार गरी जम्मा ४ लाख तीन हजार तीन सय रुपैयाँ त्रिविलाई प्रदान गर्नुभएको छ । उक्त अक्षयकोषबाट एमए पत्रकारिता विषयमा प्रथम श्रेणीमा प्रथम हुनेलाई नारायण-शान्ति मिश्र स्वर्ण पदक र एम लीब पुस्तकालय विज्ञान विषयमा प्रथम श्रेणीमा प्रथम हुनेलाई शान्ति-नारायण मिश्र स्वर्ण पदक प्रत्येक वर्षको दीक्षान्त समारोहमा प्रदान गरिने बताइएको छ । नेपालमा आधुनिक पुस्तकालयको एक अनुकरणीय नमुनाको रूपमा त्रिवि केन्द्रीय पुस्तकालयको निर्माण गर्ने र आधुनिक पुस्तकालयहरूको विकास र निर्माणको आवश्यकता जनमानसमा फैलाउने अग्रजका रूपमा मिश्रदम्पती नेपाली विद्वत् समाजमा परिचित छन् ।

ँप्रचण्डको सोचाइले विदेशी हस्तक्षेप निम्त्याउँछ’
नेपाल, चीन र भारतका बीचको त्रिपक्षीय सहमतिको आधारमा देशका समस्याहरूलाई समाधान गर्न जोड दिने प्रचण्डको सोचाइ गलत रहेको नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले जनाएका छन् । ने.क.पा. -मसाल) को हालै सम्पन्न पोलिटब्युरो बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै सिंहले प्रचण्डको उक्त सोचाइले खुलारूपमा विदेशी हस्तक्षेपलाई निमन्त्रणा दिने दाबी गरे ।
बजेट पारित नहुँदा प्रशासन, विकासका कार्यक्रमहरू र जनजीवनमा समेत नकारात्मक असर पर्ने र त्यसबाट देशमा गम्भीर प्रकारको आर्थिक तथा राजनीतिक सङ्कट पनि उत्पन्न हुने ठहर गर्दै सरकार कामचलाउ अवस्थामा भए पनि त्यसले व्यवस्थापिका संसद्मा बजेट प्रस्तुत गर्न पाउनुपर्ने निर्णय पनि मसाल बैठकले गरेको छ । नयाँ सरकार, संविधान र शान्ति निर्माणको कार्यहरूमा पूर्वसहमति नभईकन माधव नेपालको सरकारले राजीनामा गर्न नहुने कुरा आफ्नो पार्टीले पहिले नै औंल्याएको स्मरण गराउँदै महामन्त्री सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहमतीय प्रणाली असफल भएको अवस्थामा बहुमतीय प्रणालीमा जानका लागि सधैं विकल्प खुला राख्नुपर्छ । अहिले प्रधानमन्त्रीको चुनावमा देखापरेको अवाञ्छित प्रकारको स्थिति एमालेको बहुमतीय प्रणालीलाई पूरै निषेध गरेर दुईतिहाई वा सहमतीय प्रणालीमा एकतर्फी रूपमा जोड दिने र त्यस प्रकारको स्थिति तयार नहुँदासम्म प्रधानमन्त्रीको चुनावमा भाग नलिने नीतिको परिणाम हो ।’
यसैबीच एकीकृत नेकपा -माओवादी) र पर्ुनर्गठित नेकपा -मसाल)बीच पार्टी एकतासम्बन्धी बैठक चलिरहेको बुझिएको छ । सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक विषयमा केन्द्रित हुँदै जारी छलफल-प्रक्रियापछि दुई पार्टी एकीकरण प्रक्रियामा प्रवेश गर्ने बताइएको छ ।

नर्इर् इश्वर बराल पुरस्कार स्थापना
नेपाली भाषा-साहित्यका महारथी प्रा.डार्.र् इश्वर बरालको ८८औँ स्मृतिसभा कात्तिक ९ गते राजधानीमा मनाइयो । सोही अवसरमा ‘नर्इर् इश्वर बराल पुरस्कार’ स्थापनार्थर् इश्वर बरालकी धर्मपत्नी रानु बरालले नइ प्रकाशनको अक्षयकोषका लागि नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रर्साईंलाई तीन लाख तीस हजार रुपैयाँ प्रदान गर्नुभयो ।
समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति वैरागी काइँलालर्ेर् इश्वर बरालजस्ता साधकका नाउँमा नइ प्रकाशनले पुरस्कार सञ्चालन गर्नु नेपाली भाषासाहित्यको थप उपलब्धि हो भन्नुभयो । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रर्साईंको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव सनत रेग्मी, राजनीतिज्ञ तथा समाजसेवी खनुप्रुदे रामबाबु प्रर्साईं, प्रा.डा. अरुण सायमी, प्रा.डा. शशि शर्मा, श्रीधर खनाल र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रर्साईंले पनि मन्तव्य राख्नुभएको थियो र्।र् इश्वर बरालको जन्म १९८० साल कात्तिक ९ गते सिराहामा भएको थियो । २०५४ साल कात्तिक २७ गते काठमाडांैमा उहाँको स्वर्गारोहण भयो ।
नेपाली साहित्यको समालोचनाका क्षेत्रमा अग्रपङ्क्तिको नेतृत्व गर्ने प्राध्यापक डा. बराल नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति पनि हुनुभयो । उहाँले बेलायतको लन्डन विश्वविद्यालयबाट ‘पृथ्वीनारायण शाहका दिव्य उपदेश’मा विद्यावारिधि गर्नुभएको थियो । नेपाली भाषामा उहाँका दुई दर्जन कृति प्रकाशित छन् । उहाँका प्रख्यात समालोचकीय सम्पादन कृति झयालबाट र हिमालचुली हुन् र्।र्
इश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेख्नुभयो । त्यसपछि मात्र देवकोटालाई महाकवि लेख्ने होड चलेको हो । नेपाली काङ्ग्रेसका संस्थापक सदस्य बरालले ४० वर्ष प्राध्यापन गर्नुभयो । उहाँको अधिकांश प्राध्यापकीय समय भारतको जवहारलाल नेहरू विश्वविद्यालयमा बितेको थियो ।
नइ प्रकाशनले समालोचना, सम्पादन र अन्वेषणका क्षेत्रमा समर्पित ५० वर्ष ननाघेेका स्रष्टालाई अब हरेक वर्ष बीस हजार रुपैयाँ राशिको ‘नर्इर् इश्वर बराल पुरस्कार’ प्रदान गर्नेछ । नइ प्रकाशनले एक करोड रुपैयाँ अक्षयकोषको ब्याजबाट हरेक वर्ष नौ लाख रुपैयाँ राशिसहित २२ वटा पुरस्कार देश-देशान्तरका प्रतिभालाई प्रदान गर्छ । वरिष्ठ राजनीतिज्ञ खनुप्रुदे रामबाबु प्रर्साईंले गत वर्ष झन्नै एक करोड रुपैयाँ नइ प्रकाशनलाई प्रदान गर्नुभएको थियो ।

कारागारमा मदिरा
विराटनगरस्थित कारागारमा रहेका कैदीहरूका लागि सागसब्जी तथा अण्डा लैजाने वाहनामा मदिरासहित कारागारभित्र प्रवेश गर्न लागेका दुईजनालाई सशस्त्र प्रहरीले २४ बोतल मदिरासहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-१५ का लखन पासवान र विराटनगर-१४ बस्ने सुलोचनादेवी मण्डल रहेको एपीएफले जनाएको छ ।
यसैगरी एक स्वास्थ्यकर्मीलाई पटक-पटक टेलिफोनमार्फत धम्क्याउँदै २० लाख रुपैयाँ माग गर्ने सिराहा कल्याणपुरका चन्द्रेश्वर महासेठलाई एपीएफ टोलीले पक्राउ गरेको छ । सोही ठाउँमा डेरा गरी बस्ने चिकित्सक जितेन्द्र महासेठलाई चन्द्रेश्वरले बारम्बार फोनमार्फत रकम माग गरी सताउँदै आएका थिए ।

कलीकी देवीले यसरी लिइन् बलि †
गत असोज २१ गतेको कुरा हो । सबैजना नजिकै आएको दसैंलाई उमङ्गका साथ स्वागत गर्ने तयारी गर्दै थिए । भोलिपल्ट घटस्थापना र घरघरमा जमरा राख्ने तयारी चलिरहेको थियो । तर, यसरी दसंैको मुखैमा हाम्रो घरपरिवारले भने अकल्पनीय खबर सुन्नुपर्‍यो त्यस दिन । दसैं हाम्रा लागि महादसाका रूपमा पो प्रकट हुन पुग्यो ।
देवी खुसी पार्न दसैंमा घरघरमा खसी-बोकाको बलि चढाइन्छ, तर दोलखाको गैरीमुदी गाउँमा एउटी ‘कलियुगे नारी’को हातबाट २० गते राति खुकुरीले छप्काएर किरण भनी चिनिने मेरा दाइ वीरबहादुर तामाङको हत्या गरिएको खबर सुन्नुपर्‍यो ।
गाउँभरिको सहयोगी र समाजसेवी युवाका रूपमा परिचित मेरो दाइ किरण त्यस दिन आफूसँग भएको ३५ हजारमा बुबासँग १० हजार मागेर थपी ४५ हजार नगद साथमा लिई आमालाई सुन किनिदिने तयारीमा रहेछन् । तर, ३/४ दिनअघि ठूलो बुबाको छोरी बहिनीको निधन भएकोले तामाङ संस्कारअनुसार घेवाका लागि गाउँभरि निम्तो गर्न उनी हिँड्नुपर्‍यो । हामी यता काठमाडौंमै थियौँ । दाइको जेठान केही समयदेखि रोजगारीका लागि विदेशमा रहेकाले जेठानकी पत्नी कमला गोलेले बेलाबेलामा खेतबारीको र अन्य अप्ठ्यारा काम पर्दा सघाउन दाइलाई बोलाउने गरेकी थिइन् । विदेशबाट लोग्नेले पठाएको पैसा कता राख्थिन् कुन्नि, उनले दाइसँग पटकपटक गरी लगभग एक लाख रुपैयाँ सापटी पनि लिएकी रहिछिन् । २० गते कमलाले किरणलाई ‘त्रि्रो ८० हजार रकम तिर्नु पनि छ मेरो घरमा लिन आउनू’ भन्ने खबर पठाइछिन् । साथमा ४५ हजारसमेत बोकी गाउँभरि घेवाको निम्तो भनेर लखतरान हुनेगरी थाकेका दाइ साँझ कमलाको घर पुगेछन् । तर, निष्ठुरी कमलाले आफ्नै आफन्त र अभर पर्दा सघाउने मेरा दाइको हत्या गर्ने योजना पहिल्यै बनाइसकेकी रहिछिन् ।
हत्यारा कमलाका तीन छोराछोरीमध्ये १२-१३ वर्षका एक छोराका अनुसार त्यस दिन साँझतिर दुईवटा पल्सर र तीनवटा डिस्कभर वाइकमा चढेर केही केटाहरू कमलाको घरमा आएका थिए अरे । तर, कमलाले मेरा दाजुको क्रूरताका साथ बीभत्स हत्या गरेर यतिखेर ‘मलाई बलात्कार गर्न खोजेकोले खुकुरीले छप्काएर आफैं प्रहरी चौकीमा खबर गर्न पुगेकी हुँ’ भन्ने बयान दिएकी छिन् । घटनास्थलमा गई हेर्दा जुन ओछ्यानमा दाइलाई राति सुत्न भनी दिइएको भनिएको छ त्यसमाथि झुन्ड्याइएका मकैका झुत्तामध्ये १६ झुत्ता मकै दिउँसै निकालिएको रहेछ । सुतिरहेको बेला मार हान्न खुकुरी उज्याउँदा अवरोध नहोस् भनी त्यसो गरिएको प्रस्टै हुन्छ । जबर्जस्ती गर्न झयालबाट छिर्न लाग्दा आफैंले खुकुरीले हानेकी हुँ भन्ने उनले किरणको लास घरभित्र जाँडको घ्याम्पोमाथि कसरी पुग्यो भन्ने कुराको जवाफचाहिँ कसरी दिन्छन्
कुन्नि – साँझ दाइलाई पैसा तिर्छर्ुुनी घर बोलाएपछि बाहिर निस्केर मोबाइलबाट कसैलाई फोन गरी ‘मेरो घरमा फिलिम आएको छ, छिट्टो गरी हेर्न आउनू’ भनी उनले कोड भाषामा हत्याराहरू बोलाएकी हुन् । गाउँमा सासू-ससुरालाई एक्लै पारेर अलग्गै बस्दै आएकी कमलाको चरित्र ठीक नभएको गाउँलेबीच पहिल्यैदेखि चर्चा चल्थ्यो । मङ्सिरमा लोग्ने र्फकने भएपछि उनमा बेग्लै छटपटी बढेको अनुभव गर्ने गाउँले जिउँदै छँदै छन् । हत्या भएपछि उनको घरमा पङ्क्तिकार पुग्दा शारीरिक सम्बन्ध भएपछि गर्भ नरहोस् भनी ७२ घन्टाभित्र महिलाले खाने औषधिका खोलहरू पनि भेटिए । लोग्ने नभएको बेला उनलाई त्यसको के जरुरत थियो – उनको चरित्रबारे सायद दाइलाई पनि जानकारी थियो होला । दाइलाई मारेर कमलाले एकैतीरले दुई सिकार गरेकी ठानेको छु । किरणले आफ्ना जेठान -कमलाका लोग्ने) सँग उनका चारित्रिक पतनका कुराहरू खोलिदेलान् भन्ने डर एकातिर थियो भने अर्कोतिर सापटी लिएको पैसा फिर्ता नगर्ने ताकमा पनि उनी रहिछिन् । यसरी सुनियोजित तवरले हत्या गरेर बलात्कारको आरोप लगाएबाट उनी कति नियोजित हिसाबले चल्ने महिला रहिछिन् भन्ने बुझन सकिन्छ । दाजुको हत्याराको खोजी गरी कारबाही गरिपाऊँ भनी निवेदन दिन मेरा बुबा धनबहादुर तामाङ जिल्ला प्रहरी कार्यालय दोलखा जाँदा त्यहाँका एक अर्सइले ‘हुन त तपाईंहरू पीडित पक्ष हो तर यो मुद्दामा ठूलाको हात छ, मुद्दा जित्न गाहै्र पर्ला’ भनेर भनेबाट पनि घटना नियोजित भएको प्रस्ट हुन्छ ।
एक सहयोगी स्वभावको जुझारू युवाको हत्या भइसकेको छ, हामीले आफ्नो परिवारको आत्मीय सदस्य र सहयोगी गुमाइसकेका छौँ । तर, हामी चाहन्छौँ कि घटनाको निष्पक्ष छानबिन होस्, वास्तविक हत्याराको पहिचान होस् र उनीहरूमाथि यथोचित कारबाही होस् । यसरी जथाभावी मान्छेको हत्या गर्ने अनि एउटी आइमाईले ‘बलात्कार गर्न खोजेको आरोप लगाउँदै आफू चोखिने हो भने यस्ता घटना थुपै्र दोहोरिन सक्छन् र समाज अपराधीहरूको बोलवाला चल्न थाल्छ । त्यस्तो अवस्थामा वास्तविक हत्याराहरू कहिल्यै कानुनी कारबाहीको दायरामा आउन सक्दैनन् । राज्य या राज्य संयन्त्रका हर्ताकर्ताहरूले यो यथार्थ मनन गरी हामी पीडितहरूलाई न्याय दिलाउन कुनै कसर नछोडोस् भनी लोकप्रिय घटना र विचारमार्फत अनुरोध गर्दछौँ । दसैंको मुखमा बिनाकसुर हत्या गरिएका दाइ किरणको आत्माले तब मात्र शान्ति पाउनेछ भन्ने हाम्रो बुझाइ छ । – शङ्कर तामाङ, हाल ः बबरमहल

काङ्ग्रेस बुझन सघाउने पुस्तक
राजनीतिक विषयवस्तुमा आधारित थुपै्र पुस्तक प्रकाशित गरिसकेका अधिवक्ता तुलसीराम पोखरेलको नयाँ पुस्तक ‘नेपाली काङ्ग्रेसको १०औँ र ११औँ महाधिवेन’ प्रकाशित भएको छ । मूलतः नेपाली काङ्ग्रेसको १०औँ र ११औँ महाधिवेशनको इतिहास र त्यससम्बन्धी यथेष्ट जानकारी दिने उक्त गहकिलो पुस्तकभित्र पार्टी प्रजातन्त्रबारे अन्य विविध जानकारीसमेत समेटिएका छन् । विशेषगरी काङ्ग्रेस कार्यकर्ताले पढ्नैपर्ने र अन्य जिज्ञासुहरूले समेत नेपाली काङ्ग्रेस पार्टीबारे धेरै कुरा बुझन पाउने सो पुस्तकको मूल्य चार सय अनुचित लाग्दैन । काङ्ग्रेसबारे महत्त्वपूर्ण दस्तावेज सावित हुनसक्ने पुस्तक प्रकाशन गरेर लेखक पोखरेल साधुवादका पात्र बनेका छन् ।

भारत सरकारको सहयोगमा
मुस्ताङमा नदी नियन्त्रण, ताप्लेजुङमा छात्रावास र सर्ुर्खेतमा विद्यालय भवन
मुस्ताङ जिल्लास्थित गुम्बा गाउँनजिक कालीगण्डकी नदी नियन्त्रण परियोजनाका लागि भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअर्न्तर्गत तीन करोड सात लाख भारतीय अनुदान सहयोग प्रदान गर्ने सहमति भएको छ । भारतीय राजदूतावास, काठमाडौं र जिल्ला विकास समिति, मुस्ताङबीच गत असोज २६ गते सहमति भएको हो ।
जिल्लाको मध्यभाग हुँदै बग्ने कालीगण्डकी नदी तीव्र वेगले बग्ने सदावहार नदी भएकोले यसको बहावले वर्षायाममा नदी किनाराको तीव्र क्षयीकरण, आसपासको जमिन तथा बासिन्दाहरूलाई डुबानको खतरा हुनुको साथै कागबेनी गाविसस्थित ५ सय ३३ वर्ष पुरानो बुद्ध गुम्बाको अस्तित्वलाई समेत खतरा पुर्‍याएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने पूर्वाधारले गुम्बामुनिको नदी किनारा संरक्षणमा सहयोग पुगी गुम्बा क्षति हुने खतराबाट मुक्त राख्ने बताइएको छ । यसले बाढीसमेत नियन्त्रण गरी प्रत्येक वर्ष कालीगण्डकी नदीको बाढीले गर्दा हुने बहुमूल्य धनजन तथा बालीनालीको क्षतिलाई जोगाउने दाबी पनि स्थानीयवासीले गरेका छन् ।
यो परियोजनाको कार्यान्वयन, गुणस्तरीयता तथा समयमै समापनको जिम्मा नेपाल सरकारको नीति-नियमअनुरूप जिल्ला विकास समिति, मुस्ताङमार्फत हुने भारतीय दूतावासले जनाएको छ । सामुदायिक सहभागिता सुनिश्चित गरी परियोजनाको प्रभावकारिता तथा समयमै समापनको अनुगमनका लागि स्थानीय विकास तथा प्रशासनिक निकायका प्रतिनिधिहरू सम्मिलित अलग अनुगमन समिति गठन गरिएको पनि बताइएको छ ।
यसैगरी भारतीय राजदूतावास र सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाम तथा सिनम उच्च माध्यमिक विद्यालय ताप्लेजुङबीच जिल्लामा छात्रावास भवन निर्माणका लागि चार करोड पाँच लाख अनुदान सहयोगमा दुई छुट्टाछुट्टै -छात्र र छात्रा) छात्रावास भवन निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
वि.सं. २००७ मा प्राथमिक विद्यालयको रूपमा स्थापना गरिएको र नौ वर्षअघि उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको श्री सिनम उच्च माध्यमिक विद्यालय नेपालको सुदूरपूर्वी जिल्ला ताप्लेजुङको दुगम भागमा पर्दछ । उक्त विद्यालय जिल्लाकै सबभन्दा पुरानो तथा जिल्लाका १२ गाविसका जनतालाई सेवा प्रदान गरेको छ भने भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने नयाँ संरचनाले आधाभन्दा बढी छात्राहरूसहित १२ सयभन्दा बढी विद्यार्थीको शैक्षिक आवश्यकतालाई पूरा गरी उक्त क्षेत्रको शैक्षिक विकासमा योगदान पुग्ने दाबी गरिएको छ । उक्त परियोजना भारत सरकारको सहयोगमा ताप्लेजुङ जिल्लामा सञ्चालित दोस्रो विकास परियोजना भएको दूतावासले जनाएको छ ।
यसैगरी भारतीय राजदूतावास र सर्ुर्खेत जिल्ला विकास समिति तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबीच गत ११ गते १ करोड ९८ लाख अनुदान सहयोगमा दुईतले विद्यालय भवन निर्माण तथा फरि्नचर प्रबन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ३४ वर्षअघि स्थापित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको पुरानो तथा जीर्ण अवस्थामा रहेको पूर्वाधार विद्यालयको बढ्दो आवश्यकतालाई पूरा गर्न अपर्याप्त रहेको सर्न्दर्भमा भारत सरकारको सहयोगमा सर्ुर्खेत जिल्लामा सञ्चालित यस दोस्रो विकास परियोजनाले ६५० भन्दा बढी विद्यार्थीको शैक्षिक आवश्यकतालाई पूरा गर्नुको साथै अध्ययन-अध्यापन कार्यमा अझ राम्रो वातावरण प्रदान गरी यस क्षेत्रको शैक्षिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ ।

जनमोर्चाको चितवन भेला
जनमोर्चा नेपाल चितवनको हालै सम्पन्न जिल्लास्तरीय भेलाले तेजबहादुर पुनको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । केन्द्रीय महासचिव साध्यबहादुर भण्डारीको प्रमुख आतिथ्य र गणेश गिरीको सभापतित्वमा सम्पन्न भेलाले सचिवमा शान्तिप्रसाद न्यौपाने र सदस्यहरूमा बुद्धि लामा, बुदन महतो, वीरबहादुर खड्का, प्रदीप चाचान, गणेशबहादुर थापा, कृष्णबहादुर अधिकारी, विकास थापा, नारायण दाहाल, जङ्गे श्रेष्ठ, सावित्री पाठक, शान्ता थापा, लक्ष्मी क्षेत्री, गणेश गिरी, राजेन्द्र भट्टराई, रूपेश रानामगर, यमबहादुर थामी, हेमराज थापा, रूपनारायण शाह, मोहनलाल विश्वास, गोकुल पुरुष र सहदेव भण्डारीलाई चयन गरेको बताइएको छ ।

शिक्षक सङ्घद्वारा कारबाहीको माग
‘सर्वसुलभ, गुणस्तरीय र व्यावहारिक शिक्षा, नेपाली बालबालिकाको आजको आवश्यकता’ भन्ने नाराका साथ आगामी पुस १६ र १७ गते बुटवलमा प्रथम महाधिवेशन सम्पन्न गर्नेलगायतका निर्णय गर्दै अखिल नेपाल शिक्षक सङ्घको केन्द्रीय समितिको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले शैक्षिक क्षेत्रमा बढ्दै गएको अराजकता, अनुशासनविहीनतामा सुधार ल्याउन शिक्षक तथा विद्यार्थीमा आवश्यक प्रशिक्षणहरू चलाउने र साङ्गठनिक गतिविधिलाई सुव्यवस्थित गर्न ६ वटा विभिन्न विभाग गठन गर्ने निर्णयहरू पनि गरेको महासचिव शङ्कर आचार्यले जनाएका छन् ।
यसैगरी, अर्घाखाँची, हंसपुर-४ मेहलपानी माविका शिक्षक धर्म राउतको ०६७ असार २४ मा भएको हत्याको स्थानीय समुदाय तथा अखिल नेपाल शिक्षक सङ्घले छानबिन र दोषीलाई कारबाहीका लागि जिल्ला प्रशासन र गृह मन्त्रालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार र मातहतका प्रशासनिक निकायहरू हालसम्म निष्क्रिय देखिएकोप्रति सङ्घले खेद प्रकट गर्दै हत्याराको छानबिन तत्काल गरी आवश्यक कारबाहीको जोडदार माग गरेको अध्यक्ष नरेन्द्रबहादुर थापाले बताए ।

विद्युत्गृहको सामान चोरीमा हाकिमकै मिलेमतो †
नुवाकोटको दोस्रो ठूलो देवीघाट जलविद्युत् आयोजनाको सामान चोरी भएको छ । चोरी भएको खबरले स्थानीय जनतामा हलचल मच्चिएको छ । गोदामघर कच्ची भएको कारण सोको पछाडिपटि्टको जस्तापाता तोडेर एकाएक सामान चोरी भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले त्यहाँका केही कर्मचारी, तिनका आफन्तहरू र केही कवाडी सङ्कलकहरूलाई समेत नियन्त्रणमा दिई अनुसन्धान गरिरहेको छ । १४ मेघावाट क्षमता भएको सो जलविद्युत् आयोजनाको गत २०४१ सालमा निर्माण सम्पन्न भएको तर उक्त जलविद्युत् केन्द्रको पार्टस् र्रेस कार्यका लागि कुल ३३ करोड ८५ लाख रुपैयाँको लागतमा १० महिने सुदृढीकरण योजना सुरु भइरहेको अवस्थामा छ ।
मर्मत कार्य सुरु भएपछि गत असोज २५ गतेबाट केन्द्रले विद्युत् उत्पादनसमेत बन्द गरी विद्युत्गृहको मर्मत गरिरहेको थियो । विदुर नगरपालिका वडा नं. ६ अर्न्तर्गत सिँचाइमा रहेको गोदामबाट एकाएक करोडौँ मूल्यबराबरको १६ थान तामाको ढिक्का चोरी भएपछि नियन्त्रणमा लिएका व्यक्तिहरूसँग सोधपुछ र अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । उच्च सुरक्षाका साथ रहनुपर्ने विद्युत्गृहको बहुमूल्य सामान एकाएक चोरी भएपछि स्थानीयवासीले कर्मचारीकै मिलेमतोमा सामान चोरी भएको ठोकुवा गरेका छन् । सुरक्षागार्डदेखि प्रमुखसम्मलाई नियन्त्रणमा लिई सोधपुछ गरिनुपर्ने सर्वसाधारणको भनाइ रहेको छ । प्र्रहरीले जलविद्युत् केन्द्रका स्टोर प्रमुख गोविन्दप्रसाद अर्याललगायत अन्य कर्मचारीलाई समेत निगरानीमा राखी अनुसन्धान गरिरहेको छ । – देवकी कट्टेल

जर्मनीका उल्फलाई हिन्दूधर्म फैलाउने जिम्मेवारी
विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिको जर्मन शाखाको अध्यक्ष पदमा कार्ल हेन्ज उल्फ नियुक्त भएका छन् । महासङ्घका राष्ट्रिय अध्यक्ष दामोदर गौतमले महासङ्घको विधानअनुसार मनोनीत गरी युरोपलाई समेत समन्वय गरी हिन्दूधर्म फैलाउने जिम्मेवारी उल्फलाई प्रदान गर्नुभएको बताइएको छ । जर्मन नागरिक कार्ल हेन्ज उल्फ उनै व्यक्ति हुन् जसलाई गत ०६६ वैशाख १४ गते गौतमले ‘शैव’ दीक्षाका साथ हिन्दूधर्मको कर्मअनुसार हिन्दूमा दीक्षित गर्नुभएको थियो । उल्फ २५ अगस्त २०१० का दिन जर्मनीको अदालतबाट क्रिश्चियन धर्म परित्याग गरेको प्रमाणपत्र लिई नेपाल आएपछि उनलाई पूर्ण हिन्दू मानेर जिम्मेवारी दिइएको महासङ्घका सचिव उज्ज्जल दुवाडीले जानकारी दिए ।