अन्ततः थ्री स्टारलाई डेढ करोड क्षतिपूर्ति दिने एन्फाको निर्णय

अन्ततः थ्री स्टारलाई डेढ करोड क्षतिपूर्ति दिने एन्फाको निर्णय


अखिल नेपाल फुटबल संघ एन्फाले थ्री स्टार क्लबलाई अन्ततः डेढ करोड रुपैयाँ क्षतिपुर्ति दिने निर्णय गरेको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा विहीबार बसेको एन्फाको बैठकले सो निर्णय गरेको हो ।

एन्फाको लापरर्वाहीका कारण थ्री स्टार क्लबले एएफसी एसियन क्लब च्याम्पियनसिपको प्लेअफ खेल्न नपाएपछि क्लबले क्षतिपुर्ति माग गरेको थियो ।

एन्फा कम्प्लेक्समा बसेको बैठकले आगामी अक्टोबरमा बस्ने एन्फा पुर्ण समितिको बैठकमा सो निर्णयलाई अन्तिम रुप दिन सहमति जुटाउने निर्णय गरेको छ ।

घटना र विचारले यससम्बन्धी समाचार दुई हप्ताअगाडि नै सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुस :

व्यक्तिले गल्ती गर्दा एन्फालाई करोडौँको क्षति