साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट


भुटानमा हुने अठार वर्षमुनिका (यु–१८) साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आगामी असोज २ देखि ११ गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक छिरिङ लोप्साङले अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय टोलीको छनोट गरेका हुन् ।

टोलीको उपकप्तानमा प्रेजन तामाङ, गोलरक्षक सन्देश गुरुङ र अभिषेक बराल छन् भने डिफेन्डरमा सुमन अर्याल, विश्वास उदास, राजन गुरुङ, रोमन लिम्बू, आकाश श्रेष्ठ, अशिम भुसाल, विकास खवास तथा निराजन महर्जन छन् ।

मिडफिल्डर अशोक थापामगर, अभिषेक रिजाल, एरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङदम्बे, राम ओजे, राजिव लोप्चन तथा दिनेश हेन्जन छनोटमा परेका छन् । त्यस्तै फरवार्डमा धिरज श्रेष्ठ, दिपेश आलेमगर, रेजिन सुब्बा र प्रेजेन तामाङ छन् ।

पाँच राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल असोज ४ गते आयोजक भुटानसँग खेल्नेछ । दोस्रो खेल असोज ६ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने असोज ९ गते बंगलादेश तथा ११ गते भारतसँग खेल्ने छ ।