सडेपछि फेलापरिन् बेपत्ता सुजाता

सडेपछि फेलापरिन् बेपत्ता सुजाता


भदौ १८ गते घरबाट बेपत्ता भएकी भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरे घिमिरे २२ गते दिउँसो घरनजिकै कुलोमा फेला परिन् । तर उनी जीवित थिइनन्, उनको शव सडेको अवस्थामा शव फेला पर्यो ।

यस्तो कसरी भयो ? अनुसन्धानमा खटिएका प्रहरीसमेत सुरुमा अन्योलमा परे । तर, कुनै पनि अपराधको पोल ढिलो चाँडो खुलिहाल्छ । सुजाताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

भरतपुर २३ बस्ने तिलक नेपाली प्रहरीको फन्दामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो, प्रादेशिक ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । तर, अनुसन्धान जारी रहेको भन्दै हत्याको कारण खुलाइएको छैन । तर अभियुक्तले १८ वटाभन्दा बढी फेसबुक आइडी खोलेर नायकको फोटो राख्दै महिलालाई प्रभावित पार्ने गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ ।