टिकट खोसेर अर्कैलाई उम्मेदवार

टिकट खोसेर अर्कैलाई उम्मेदवार


नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बन्न केन्द्रबाट टिकट लिएर निर्वाचन क्षेत्र पुगेकी एक उम्मेदवारको टिकट जिल्ला पार्टी सभापतिले खोसेर अर्कै व्यक्तिलाई उम्मेदवार बनाइदिएको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार मधेसका समर्पित स्थानीय नेता रामदयाल यादवकी पत्नी गीताकुमारी यादवलाई पार्टी केन्द्रले सिरहास्थित धनगढी नगरपालिकामा उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो र, उनी टिकट लिएर मनोनयनपत्र दाखिला गर्न जाने तयारी गर्दै थिइन् । तर, सांसदसमेत रहेका काङ्ग्रेस सभापति रामचन्द्र यादवले गीताकुमारीको हातबाट टिकट खोसी अर्कै व्यक्तिलाई उम्मेदवार बनाइदिए । त्यसरी टिकट खोस्दा सभापति यादवले केन्द्रसँग अनुमति नलिएको र स्थानीय कार्यकर्तासँग पनि कुनै परामर्श नगरेको बुझिएको छ । सभापति देउवा खेमाका सांसद यादवको कार्यले मतदाताहरूमा समेत यसको नकारात्मक प्रभाव पर्ने देखिएको छ । सभापति यादवमाथि अर्कै व्यक्तिबाट नगद लिएर गीताकुमारीको टिकट खोसेको आरोप लागेको छ ।