तेश्रो ‘मिस्टर भ्याली’ शुक्रबार

तेश्रो ‘मिस्टर भ्याली’ शुक्रबार


भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा तेश्रो मिस्टर भ्याली शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ केजी र ७५ केजीमाथि गरी जम्मा ६ तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी गराएका छन । प्रतियोगितामा करिब १ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

पहिलो दिन प्रि–जजिङ राउन्ड हुनेछ । त्यसमा प्रत्येक तौलसमूहमा शीर्ष ५ औं स्थानमा रहने खेलाडी फाइनल चरणमा प्रवेश गर्नेछन् । हरेक तौलसमूहको फाइनलमा पहिलो हुने खेलाडीले फेरि मिस्टर भ्याली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

समग्रमा पहिलो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । दोश्रोदेखि छैटौं हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख ७५ हजार रुपैयाँ खर्च हुने अध्यक्ष मानन्धरले बताए । प्रतिस्पर्धा भक्तपुरको कमलविनायकस्थित स्टार बैंक्यीटमा हुनेछ ।

प्रतियोगिताकै दौरान खुला उचाईं समूहमा प्रथम मिस्टर फिट्नेस फिजिक्स पनि हुने आयोजकले जनाएको छ । विजेताले १० हजार नगद पुरस्कार जित्ने छ ।