सभासद्हरूलाई दसैंले सद्बुद्धि देओस्

सभासद्हरूलाई दसैंले सद्बुद्धि देओस्


०६४ चैत २८ मा सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनबाट संविधान निर्माण र दिगो शान्ति स्थापनाको जिम्मेवारी दिएर जनताले निर्वाचित गरी पठाएका सभासद्हरू वास्तविक अर्थमा सभासद् होइन रहेछन् । लामो अवधि जेल-नेल, पुलिस कष्टडी, अनेक यातना भोगेका र १२ वर्ष जङ्गलमा गुजारेका नेताहरूले अब देश र जनताको पक्षमा काम गर्लान् भन्ने ठान्नु मर्ूखता हुनेछ । यी नेताका पहिलो प्राथमिकता भनेकै आफ्नो कर्ुर्सर्ीीे सुरक्षा गर्नु, नातेदार र आसेपासेहरूको भलाइ गर्नु यिनको अभीष्ट नै रहेछ भन्दा फरक पर्दैन ।
हामी मुख-सोझा नेपाली जनतालाई बेवकुफ बनाउँदै भारत-अमेरिकालाई दोष लगाएर सभासद् भनाउँदाहरू आफू चोखिने काम गरिरहेका छन् । खबरदार ६०१ सभासद्को लोगो लगाएका सेता हात्तीहरू † छातीमा ‘लोगो’ टाँसेर आफूलाई जनप्रतिनिधि हौँ भन्छौ, तर राति सुतेका नेपालीले भोलिको बिहान देख्न नपाउने अवस्था आएको छ । स्कुल गएका बालबच्चा बेलुका घर र्फकंदैनन् कि, व्यापार-व्यवसायमा गएका परिवारका सदस्य घर र्फकंदैनन् कि भन्ने अवस्था आएको छ । यसको जिम्मा कसले लिएको छ – जनताको भरोसा भएका र जनताको पक्षमा रहेका भनिएका मानवअधिकारवादी सङ्घ-संस्था, नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू र नेपाली जनताका प्रतिनिधिहरू तथा यिनीहरूका भ्रातृ सङ्गठनहरूबाट नै हामी असुरक्षित छौँ । राति सुतेका धादिङे आमा-छोरी काठमाडौंमा आफ्नै शिक्षकबाट अपहरण हुनु, नेपालगञ्जमा आफ्न्ौ विद्यालय व्यवस्थापनका अध्यक्षबाट दर्ुइ निर्दोष छात्रहरूको बीभत्स हत्या, गौरमा छुरी प्रयोग गरी २७ जनाको ज्यान लिने घटना, जनताको काममा लागेका गाविससचिव र अन्य कर्मचारी, पत्रकारमाथि जथाभावी आक्रमण हुनु आदि सबै घटनाको जिम्मा दलका नेताहरूले लिनैपर्छ । यो सबै घटना नेपालका ठूला भनिने एकीकृत माओवादी, एमालेलगायतका पार्टीले जिम्मा लिनुपर्छ ।
नेताहरूको झगडाकै कारण मुलुकका जनता त्रसित छन् । ६०१ ब्ााट निर्वाचित हुनुपर्ने प्रधानमन्त्री १२ पटकको निर्वाचनपछि पनि कायम हुन सक्दैन । प्रधानमन्त्री नचुनिनु भारतको दोष अरे † नेपालको प्रधानमन्त्री भारतका सभासद्बाट चुनिनुपर्ने भए तपाईंहरू जनताको रगतको किन होली खेलिरहनुभएको – अब नेपालमा प्रधानमन्त्री र मन्त्रीहरू छिमेकी भारतले बनाउनुपर्ने भए ६०१ को के काम – जनतालाई जवाफ दिनुस् । संसद्भवनमा प्रधानमन्त्री चुनावका दिन सबै कर्ुर्सर्ीी लागि भएको देखिन्छ ती सभासद् पश्चिममा आफंै न कार्यकर्तालाई छुरी हान्न गएका हुन् कि नेपाली केटालाई प्रहरी र सिपाही बनाउने खेलमा गएका हु कि वेश्यावृत्तिमा लागेका हुन् । जेमा लागेका भए पनि सभासद् भएको भत्ता घरमै पुगिहाल्छ रे । दिगो शान्ति र संविधान सरकारको बाधक तपाईंहरू हो । भारत तथा अमेरिकालाई दोष दिएर चोखिने प्रयास नगर्नुस्, अब निरीह जनता पनि चनाखो हुन थालेका छन् ।
नेपालमा भएको विभिन्नपटकको जनआन्दोलन बाढी, पहिरो, द्वन्द्व, असुरक्षित र विकासपीडित पर्ूव मेचीदेखि पश्चिम महाकाली जुम्ला, हुम्लादेखि सोलु-सल्लेरीसम्मका जनताले बिहानबेलुकासम्म खालि पेटले दिएको गालीले तपाईंहरूलाई नर्ककुण्डमा लैजाला । तपाईंहरूले जनतालाई दिएको वचन र तपाईंहरूको कामकर्तव्य छिटो पूरा गर्नुहोस् । तपाईंलाई पैसाको खाँचो छ भने हामी जनताको तर्फबाट खुत्रुके पठाइदिन्छौँ, समय बाँकी छ, जनतालाई सुरक्षित बनाउन पीडित जनतालाई राहत दिन कम्मर कसेर लाग्नुहोस् । २०६७ सालको विजयादशमी र दीपावलीले नेपालका सभासद्को सद्बुद्धि आओस्, नेपालमा दिगो शान्ति, संविधान र स्थिर सरकार छिट्टै स्थापना होस्, जनतामा सुरक्षित छु भन्ने भाव जागोस्, साथै नेपाली बुबा-आमा, दाजुभाइ, दिदीबहिनीलगायत सम्पूर्ण नेपालीलाई विजयदशमी र शुभदीपावली २०६७ को यही शुभकामना ।
– गुणराज त्रिपाठी, बोनिघाट-७, चरौंदी, धादिङ