साशा ओबामाले यसरी गरिन् ‘9/11’को सम्झना (भिडियोसहित)

साशा ओबामाले यसरी गरिन् ‘9/11’को सम्झना (भिडियोसहित)


आज सेप्टेम्बर ११, अमेरिकी इतिहासकै सर्वाधिक कहालीलाग्दो र दुःखद दिन ।

आतङ्कको पर्याय बन्न पुगेको सङ्गठन ‘अलकायदा’का नाइके ओसामा वीन लादेनले अमेरिकी–समृद्धिको प्रतीक मानिने ‘ट्वीन टावर’मा हमला गरी टावर ध्वस्त पार्नुका साथै हजारौँ निर्दोष नागरिकको ज्यान लिएको दुःखद दिनलाई अमेरिकीले मात्र नभई विश्वका करोडौं मानिसले आ–आफ्नै तरिकाले सम्झना गरे । आतङ्कवादको विरोधमा सामाजिक सञ्जालमार्फत सन्देश आदानप्रदान गरे ।

यिनैमध्ये एक संवेदनशील पात्र रहिन्– अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी सुपुत्री साशा बाराक ओबामा । ‘नाइन–इलाभेन’ भनेर चिनिने उक्त दर्दनाक घटनाको भिडियो सेयर गर्दै उनले आफ्नो फेसबुकमा लेखिन् – ‘म यो दिनलाई कहिल्यै भुल्न सक्दिनँ, अमेरिकाको लागि सबैभन्दा दुःखद दिन– ‘9/11’। उक्त घटनामा जीवन गुमाउनेहरूको आत्माको चीरशान्तिको कामना गर्दै भिडियो सेयर गरौँ ।’

हेर्नुहोस भिडियो-