सरकारबाटै बढ्यो निर्वाचन आचारसंहिता उल्लंघनका घटना

सरकारबाटै बढ्यो निर्वाचन आचारसंहिता उल्लंघनका घटना


निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको बताएपनि सरकारबाटै आचारसंहिता उल्लंघनका घटना बढिरहेको पाइएको छ ।

२ नम्वर प्रदेशमा स्थानीय तहको निर्वाचन आउन करिव एकसाता मात्रै बाँकी रहेका बला प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार विस्तार गर्नु र बाहलबाला मन्त्रीहरुले मनपरी गर्दा निर्वाचन आचारसंहिताको उल्लंघनका घटना सरकारबाटै बढिरहेको पाइएको हो ।

निर्वाचन शान्तिपुर्ण रुपमा गराउने र आचारसंहिता कार्यन्वयन गर्नुपर्ने महत्वपुर्ण सरकारी निकायबाट नै विधी र प्रक्रियाको उल्लंघन भएको निर्वाचन आयोग बताउछ ।

निर्वाचनको मुखमा मन्त्रीपरिषदको औचित्यहिन विस्तार गरेको भन्दै आलोचना भईरहेका वेला निर्वाचन आयोगले समेत यसको विरोध गरेको हो ।

आयोगका प्रवक्ता तथा सहसचिव नवराज ढकालले निर्वाचनको मुखमा मन्त्रीपरिषद विस्तार गरेर सरकारले आचारसंहिता विपरितको काम गरेको बताए ।

उनले विधी र प्रक्रियाको ठाडो उल्लंघन भएको बताउँदै मन्त्रीपरिषद विस्तार कार्य निर्वाचन आचारसंहित विपरित भएकाले सरकारले गलत गरेको बताए ।

यता, निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढीमा दलका नेता र मन्त्री नै रहने गरेको पाइएको छ । उता, प्रमुख प्रतिपक्ष दल एमालेले समेत सरकार विस्तारबारे असन्तुष्ट देखिएको छ ।

सो दलका नेताहरुले सरकारले चुनावको मुखमा सरकार विस्तार हुनु गलत भएको बताएका छन् । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर बनेको पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागि गराउने तयारी गरेका छन् ।

यससंगै इतिहासकै ठूलो मन्त्रीमण्डल बन्ने देखिन्छ । यता सरकारका मन्त्रीहरु समेत आचारसंहिता विपरित जिल्ला स्थित पार्टीका कार्यक्रममा तल्लिन छन् ।

उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदार र जलस्रोत राज्यमन्त्री अमरसिंह पुनले समेत आचारसंहिता विपरितको काम गरेको निर्वाचन आयोग बताउछ । यसले सरकारबाटै उल्लंघनका घटना बढेको प्रष्ट देखिन्छ ।