३५ अफगानी नागरिक अपहरित

३५ अफगानी नागरिक अपहरित


अफगानिस्तानको जाजवान प्रान्तमा तालिवान र इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध लडाकूले ३५ जना सर्वसाधारणलाई अपहरण गरी लगेका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । आइएस र तालिवानसँग आवद्ध लडाकूले दार्जब जिल्लाको कुसटिपा भन्ने ठाउँमा सुरक्षा परीक्षण केन्द्र स्थापना गरी सो बाटो भएर हिँड्दै गरेका ३५ जना सर्वसाधारण गाउँलेलाई अपहरण गरेका हुन् ।

अफगान सेनाका २०९औँ शाहिन क्रप्सका सञ्चार अधिकारी नस्स्रातुल्लाह जामसिदीले घटनाको पुष्टी गरेका सिन्ह्वाले जनाएको छ ।

अफगानिस्तानमा तालिवान आन्दोलन कुनै समय शान्त रहेको उत्तरी अफगानिस्तानको यसै क्षेत्रबाट शुरु भएको थियो ।

ज्ञातव्य छ, आइतबार नै अफगानिस्तानमा तालिबान कमाण्डरसहित १२ लडाकू मारिएका थिए । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा एकजना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका हुन् ।

“सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार विहानै कारबाही गरेको थियो, सो कारबाहीमा परी तालिबानका एकजना कुख्यात कमाण्डर मावलावी इस्माइल सहितचार जनाको घटनास्थलमै मृत्यु भएको छ,” जिल्ला गभर्नर अब्दुल मोमीनले सिन्ह्वालाई बताए ।

भिडन्तका क्रममा अरु दुई जना लडाकू घाइते भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । उक्त प्रान्तमा तालिबान लुकेर बसेको सूचनाको आधारमा सेनाले कारबाही थालेको थियो । सो कारबाही अहिले पनि जारी रहेको छ ।