उठ्यो एक सातापछि काठमाडौँको फोहोर (फोटोफिचर)

उठ्यो एक सातापछि काठमाडौँको फोहोर (फोटोफिचर)


  • विजय दमासे

एकसाता पछि आज काठमाडौंको फोहर उठेको छ । फोहर फाल्ने साइटका बासिन्दा र काठमाडौँ महानगरपालिकाबीच भएको दुई बुँदे सहमतिसँगै आज एक सातादेखि थुप्रिएको उपत्यकाको फोहोर उठाइएको हो ।

नुवाकोट सिसडोलमा रहेको ल्यान्डफिल साइटका स्थानीयले राखेको मागमा सहमति नहुँदा एक सातादेखि उपत्यकामा फोहोर उठ्न सकेको थिएन ।

स्थानीयले सिसडोलबासीलाई एम्बुलेन्स उपलव्ध गराउनुपर्ने, सिसडोलसम्म पुग्ने बाटो पिच गर्नु पर्ने माग राखेका थिए ।

महानगरले दुबै माग दश दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ । सहमतीसँगै अब काठमाडौंको फोहर उठाउन अबरोध हुनेछैन् ।

उठ्यो फोहोर (फोटोफिचर)

 

 
तस्बिर : प्रविण श्रेष्ठ (घटना र विचार)