डा. लोहनीले मागे आलङ्कारिक राजसंस्था

डा. लोहनीले मागे आलङ्कारिक राजसंस्था


एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दू सभ्यता नेपाल राष्ट्रको पहिचान भएको दाबीसहित धर्मनिरपेक्षताको नाममो नेपालको पाँच हजार वर्ष पुरानो हिन्दू संस्कृतिमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।

सो पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि गत बुधबारदेखि सञ्चालन गरेको अभियानको आज समापन गर्दै अध्यक्ष लोहनीले देशमा हिन्दू राष्ट्र कायम गरी दुई हजार पाँच सय वर्ष पुरानो बौद्ध सभ्यताका साथै अन्य धर्मलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिए ।

डा. लोहनीले विभिन्न जाति तथा समुदायको मिश्रित बसोबास भएको देशको भौगोलिक जटिलताका कारण राष्ट्रिय एकताका प्रतीकका रुपमा आलङ्कारिक राजसंस्थाको खाँचो रहेको बताए । राजसंस्थाले राष्ट्रलाई जोड्छ, विखण्डन हुनबाट बचाउँछ भन्ने उनको तर्क छ ।