अपडेट : भारतीय सहित उत्तरप्रदेशमा सात नेपालीको मृत्यु (भिडियो-सहित)

अपडेट : भारतीय सहित उत्तरप्रदेशमा सात नेपालीको मृत्यु (भिडियो-सहित)


भारतको उत्तरप्रदेशमा भएको सडक दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव इन्सपेक्टर ग्रिजेश उपाध्यायले जानकारी दिए ।

महाराजगन्ज पुरन्दपुर, गोरखपुर रोडमा ट्याङ्कर र कार एकआपसमा ठोकिँदा ७ जनाको ज्यान गएको हो ।उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा सीमावर्ती भारतीय बजारसुनौलीका प्रकाशको पनि मृत्यु भएको छ ।

गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार महाराजगञ्ज जिल्लाको गोरखपुर–सुनौली राजमार्गको देवपुर गाउँनजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार एक महिला र दुई बालकसहित सात जनाको ज्यान गएको हो ।

हेर्नुस् भिडियो :