अपडेट : उत्तरप्रदेशमा भारतीय सहित सात नेपालीको मृत्यु (फोटोहरु सहित)

अपडेट : उत्तरप्रदेशमा भारतीय सहित सात नेपालीको मृत्यु (फोटोहरु सहित)


भारतको उत्तरप्रदेशमा भएको सडक दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव इन्सपेक्टर ग्रिजेश उपाध्यायले जानकारी दिए ।

महाराजगन्ज पुरन्दपुर, गोरखपुर रोडमा ट्याङ्कर र कार एकआपसमा ठोकिँदा ७ जनाको ज्यान गएको हो ।उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा सीमावर्ती भारतीय बजारसुनौलीका प्रकाशको पनि मृत्यु भएको छ ।

गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार महाराजगञ्ज जिल्लाको गोरखपुर–सुनौली राजमार्गको देवपुर गाउँनजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार एक महिला र दुई बालकसहित सात जनाको ज्यान गएको हो ।

मृतकको पहिचान अहिलेसम्म नखुलेको स्थानीय प्रहरीले बताएका छन् । दुर्घटनामा परि मृत्यु हुने कुन–ठाउँका हुन् र कोको हुन् भन्ने खुलेको छैन ।

स्थानीय पत्रकार आलोक जोशीका अनुसार कार र ट्यांकर ठोकिँदा कारको पुरै भाग दबेको र खोलामा खसेको थियो ।

मृत्यु हुने कसैको शिर छिनेको र कसैको हातखुट्टा छिनेको छ । सडकसँग जोडिएको खोलाबाट सबै मृतकको शव झिकेर उत्तर प्रदेश पुलिसले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

मृतक नेपालीहरुमा दुइ बच्चा, एक महिला र पाँच पुरुष रहेका छन् । प्रहरीका अनुसार अहिलेसम्म नेपालीको बारेमा केही जानकारी मिलेको छैन ।