चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा


आगामी चुनावमा चितवनबाट चुनाव लड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गरेका छन् ।

भरतपुरमा शुक्रबार भएको अन्तक्र्रियामा दाहालले पहिलोपटक गृहनगर चितवनबाट उम्मेदवार हुने घोषणा गरेका हुन् ।

उनले भने, ‘चितवनबाट चुनाव लड्ने पार्टीले निर्णय गरेको छ, तर कुन क्षेत्रबाट भन्ने निर्णय भएको छैन, तीनमध्ये कुनै एक क्षेत्रबाट चुनाव उठ्नेछु ।’

दाहालले आफूले चितवनबाट चुनाव लड्दा मतदाताले स्वागत गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय राजनीतिक परिवर्तनको मोड दिने पार्टीको नेता उठ्दा स्थानीयमा खुसी पैदा हुने समेत विश्वस व्यक्त गरे ।

संविधानसभापछिका दुईवटा चुनावमा दाहाल काठमाडौं, रोल्पा र सिरहाबाट चुनाव लडेका थिए ।