शरीरभित्र नियाल्ने क्यामेरा तयार

शरीरभित्र नियाल्ने क्यामेरा तयार


वैज्ञानिकहरुले एक यस्तो क्यामेरा तयार गरेका छन्, जसको माध्यमबाट मानव शरीरभित्रका अंगसमेत छर्लङ्ग देख्न सकिन्छ ।

यो क्यामेरा आम प्रयोगको निम्ति उपलब्ध हुन लागेको भने होइन । चिकित्सकले मानव शरीरभित्र जाँच गर्नका लागि मेडिकल उपकरण इन्डोस्कोप प्रयोग गर्दछन् । यसका लागि डाक्टरहरुले महँगा स्क्यान तथा ‘एक्स-रे’माथि भर पर्नुपर्ने हुन्छ ।

तर, नयाँ आविष्कार भएको क्यामेराले शरीरबाहिरैबाट भित्री अंग छर्लङ्ग देखाइदिन्छ । प्रारम्भिक चरणको उपलब्धिबारे जानकारी दिँदै युनिभर्सिटी अफ एडिनवर्गका प्रोफेसर केव धालीवालले बताएअनुसार सामान्य अवस्थामा यस क्यामेराले २० सेन्टिमिटर कोशिकाभित्र प्रकाशका श्रोतको ट्रयाक गर्न सक्छ । इन्डोस्कोपबाट निस्कने प्रकाशले शरीर पार गर्न सक्छ तर स्पष्ट तस्बिर लिन सक्दैन ।

नयाँ टेक्निलोजीको माध्यमबाट सानोभन्दा सानो कणहरु समेत पत्ता लगाउन सक्ने वैज्ञानिकहरुको दाबी छ । यसबाट भित्री अंगहरुको उपचारमा व्यापक सुधार र सहजता आउने विश्वास गरिएको छ ।