निजि TV सो नेपाल आइडललाई धक्का : भोट गणना नगर्न आदेश

निजि TV सो नेपाल आइडललाई धक्का : भोट गणना नगर्न आदेश


जिल्ला अदालत काठमाडौले नेपाल आइडलविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको छ । यस्तै मुद्दाको किनारा नलागेसम्म भोट गणना गर्ने कार्य नगर्न नगराउन पनि अल्पकालित आदेश दिएको छ ।

AP1 TV बाट प्रसारित हुने आइडलविरुद्व ज्ञानमणि न्यौपानेले दर्ता गराएको मुद्दा उपर न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादीबीचको छलफल सुनी शुक्रबार मुद्दाको ढुंगो लगाउने निर्णय गरेको हो ।

न्यौपानेले आइडलका जजहरुले मनपरि ढंगले पुनः भोट आह्वान गरेको भन्दै सो निर्णयमा रोक लगाउन माग गर्दै मंगलबार मुद्दा दर्ता गराएका थिए ।

आदेशमा भनिएको छ, ‘सो विषय वादी र प्रतिवादीबीचको छलफल सुनी टुंग्याउन उपयुक्त देखिँदा छलफलका लागि भदौ २३ गते १० बजे सक्कल फाइल तथा विवरण लिइ यस अदालतमा उपस्थित हुनु भनि विपक्षीहरुलाई सूचना पठाउने ।’