सेल्फीमा खुलेकी तेक्वान्दोकी ‘क्वीन’

सेल्फीमा खुलेकी तेक्वान्दोकी ‘क्वीन’


– श्रीविक्रम भण्डारी

नेपाली खेलकुदमा तेक्वान्दोकी ‘क्वीन’को रुपमा परिचित संगीना वैद्य यतिखेर राष्ट्रिय टीमको प्रशिक्षणमा व्यस्त छिन् । उनी राष्ट्रिय तेक्वान्दो टीमसँगै नेपाल आर्मीको टीमलाई समेत प्रशिक्षण दिइरहेकी छिन् । उनको प्रशिक्षणमा आर्मीको टोलीले तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै तेक्वान्दोमा आफुलाई नम्बर एक बनाउन सफल भएको छ ।

उनै शालिन संगीना गत साता चन्द्रागिरीकोे घुमघाममा सपरिवार निस्केकी थिइन् । घुमघामका क्रममा संगीनालाई चिन्नेहरूले उनीसँग तस्बिर खिचाएर वर्षौंको धोको पूरा गरेका थिए । सो अवसरमा संगीना पनि आफ्ना प्रशंसकहरूसँग निकै खुलेर प्रस्तुत भइन् ।

चन्द्रागिरी घुमघामको उक्त अवसरमा संगिनाले चन्द्रागिरी परिसरमा खिचेको ‘सेल्फी’ यतिबेला भारइल हुन पुगेको छ । तस्बिरमा संगीना अत्यन्त ‘कूल’ र ‘योङ्ग’ देखिएकी छिन् । कतिपय फ्यानले उनको तस्बिर हेरेर जवानी उमेरकी सङ्गीनाको याद आएको समेत प्रतिक्रिया दिए । हुन पनि सो फोटोमा सङ्गीना ‘टीन एज’कै जस्ती देखिएकी छिन् ।

अहिले पनि संगीनालाई मनपराउनेको संख्या लाखौँमा छ । तर विडम्बना, संगीनाले अहिलेसम्म आफूले खोजेजस्तो, रोजेजस्तो युवक भेट्टाउन सकेकी छैनन् । उनी अझै अविवाहित नै रमाइरहेकी छिन् ।