युएईकालागि मानव तस्करी गर्ने ५१ को नाम सार्वजनिक (सूचीसहित)

युएईकालागि मानव तस्करी गर्ने ५१ को नाम सार्वजनिक (सूचीसहित)


संयुक्त अरव इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले गैरकानुनी ढंगले कामदार ओसारपसार गर्ने ५१ जना दलाल, ठग र मानवतस्करलाई कारबाही गर्नको लागि सार्वजनिक गरेको छ ।

पीडित भएर नेपाली दूतावासमा उद्दारको लागि पुगेका नेपाली महिला र पुरुषले उजुरी दिएको आधारमा दूतावासले कानुनी कारबाही गर्नको लागि ती व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो ।

दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार पीडित भएका मध्ये ७१ जनाले उजूरी दिएका थिए । दूतावासले ३३ जना महिलालाई सेल्टरमा राखेर उद्दार गरेको छ ।

भिजिट भिसामा पुगेर अलपत्र परेका ३८ जनालाई उद्दार गरेको छ । जसमा ट्राभल एजेन्सी समेत छन् । कारबाही गर्नुपर्ने तस्करमा नेपाल र युएईमा रहेका नेपाली नागरिक रहेका छन् ।