ऋतिकसँगको अफेयरबारे कंगनाको ‘मार्मिक’ खुलासा (भिडयो सहित)

ऋतिकसँगको अफेयरबारे कंगनाको ‘मार्मिक’ खुलासा (भिडयो सहित)


भारतिय फिल्मी दुनियाँमा अलगै पहिचान बनाउन सफल बलिउड अभिनेत्री कंगना रनौटको चर्चा एकपटक पुनः सुरु भएको छ । तिन पटकसम्म भारतको सबै भन्दा महत्वपुर्ण भनिएको राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल रनौटले एक टेलिभिजनमा खुलेर कुराकानी गर्दे बिभिन्न कुराको रहस्यदोघटन गरेकी छन् ।

भारतको पत्रकारितामा अलगै पहिचान मानिएका बरिष्ट पत्रकार रजत शर्मासंग ‘आपकी अदालत’ नामक कार्यक्रममा उनले सबै कुरा खुलेर गरेकी हुन् । केही समय अघि उनले बलिउडमा नातावादको विषयमा फिल्म निर्माता करण जोहरमाथि निशाना साँधेकी थिइन् ।

त्यसपछि बलिउडका थुप्रै सेलिब्रिटीले नातावादको मुद्दामा आफ्ना विचार सार्वजनिक गरेका थिए । अब एकपटक पुनः कंगनाले बलिउडका चर्चित अभिनेता ऋतिक रोशनसँगको आफ्नो सम्बन्धबारे India TV सँग खुलेर कुराकानी गरेकी छिन् ।

टेलिभिजन शोमा कंगनाको बयानपछि एक पटक पुनः यो मुद्दाले चर्चा पाएको छ । उनका अनुसार उनी ऋतिकसँग विवाह गर्न चाहन्थिन् र यसबारे दुबैका बिच कुराकानीसमेत भएको उनले बताइन् । ऋतिकले पनि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनीसँग विवाहको बचन दिएको कंगनाले दाबी गरिन् ।

कंगना र ऋतिकबिचको विवाद कुनै नौलो होइन । काइट्स र कृष थ्रीमा सँगै काम गरिसकेका कंगना र ऋतिकले एक–अर्कालाई कानूनी नोटिस पनि पठाइसकेका छन् । ऋतिकले कंगनासँगको प्रेम सम्बन्धलाई अस्विकार गर्दै आएका छन् ।

यो पूरा विवादमा ऋतिक रोशनका बुवा राकेश रोशन पनि सार्वजनिक भएका थिए र उनले भनेका थिए, ‘यदि ऋतिकले वास्तविक कुरा खोल्यो भने मानिसहरु अचम्मित हुनेछन् ।’

हेर्नुस् पुरै भिडियो :

यस्तो छ, कंगना र ऋतिकबिचको विवाद

बिबिसि हिन्दीमा उल्लेख एक रिर्पोट अनुसार सन् २०१६ को जनवरी १५ तारिखमा ऋतिक रोशनले भनेपछि ‘आशिकी थ्री’ फिल्ममा कंगनाको साटो सोनम कपूर राखियो भन्ने खबर सार्वजनिक भएको थियो । त्यसपछि कंगना र ऋतिकबिच सबैकुरा ठिक नभएको भन्ने खबर आउन थाल्यो ।

सन् २०१७ को जनवरी २७ तारिखमा एक पत्रिकाले कंगनालाई आशिकी थ्रीबाट हटाइएको बारे प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘हो, चारैतिर यस्तो अफवाह छ । यो अफवाह कहाँबाट आएको हो भन्ने कुरा सबैलाई थाहा छ । मलाई थाहा छैन, यस्तो फाल्तू कुराले तपाईंलाई किन आकर्षित गर्छ भनेर मलाई थाहा छैन । मेरो लागि यो च्याप्टर बन्द भइसकेको छ र म गाडिएको मुर्दालाई निकाल्न चाहन्नँ ।’

त्यसपछि नै कंगना र ऋतिकबिच विवाद सुरु भएको थियो जुन अहिलेसम्म पनि जारी छ । उक्त कार्यक्रममा प्रश्नको जवाफ दिँदै कंगनाले थपिन्, ‘सन् २०१४ मा हाम्रो सम्बन्ध पूर्ण रुपमा समाप्त भएको थियो । उनले सयौं मेल मेरो अकाउन्टबाट आफ्नो अकाउन्टमा मेल गरे ।

उक्त मेलमा उनले लेख्थे, ‘मलाई तिम्रो निकै याद आइरहेको छ । म त मरें । मेरो दिमागमा समस्या छ, मेरो उपचार गराउ ।’ यद्यपी, ऋतिक रोशनले कंगनाले उनलाई हज्जारौं मेल पठाउने गरेको बताइसकेका छन् ।