राजदूतबाट आर्इएमओमा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूतबाट आर्इएमओमा ओहोदाको प्रमाणपत्र प्रस्तुत


लण्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठनका स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीले संगठनको लण्डनस्थित प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच संगठनका महासचिव काइट्याक लिमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । सो अवसरमा डा. सुवेदीले पउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराबाट प्राप्त भएको शुभकामना सन्देशका साथ परराष्ट्रसचिव शंकरदास वैरागीले संगठनका महासचिव लिमलार्इ पठाएका सन्देश प्रस्तुत गरेका थिए ।

यसबारे बेलायतस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ-

International Maritime Organisation (IMO) का महासचिव श्री Lim समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै स्थायी प्रतिनिधि डा. सुवेदीले नेपालमा दुर्इ वर्षअधि लोकतान्त्रिक र समावेशी संविधान जारी भएको र सो संविधानका आधारमा स्थानीय निकायको अधिकांश निर्वाचन सम्पन्न भर्इ आगामी मंसिर महिनामा प्रदेश र संघीयस्तरको निर्वाचनको तयारी भइरहेको जानकारी गराउनुभयो । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकमा राजनीतिक सूथरता कायम भइसकेको परिप्रेक्ष्यमा नेपाल सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहेको उल्लेख गर्नुहुँदै स्थायी पुतिनिधि डा. सुवेदीले अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठनमा नेपाल सरकारका तर्फबाट आफूले सक्रिय सहभागिता जनाउने बताउनुभयो ।

क्ष्ःइ मा नेपाल सन् १९७९ देखि पूर्ण सदस्य रहेको छ । संगठनको प्रधान कार्यालयमा हिजो भएको उक्त विशेष कार्यक्रममा महासचिव लिमले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय भएको बताउँदै लोकतान्त्रिक संविधान जारी भर्इ कार्यान्वयनको चरणमा रहेको पाउँदा आफूलार्इ शर्ष लागेको र अब नेपालले आर्थिक विकासलार्इ तीव्रता दिनु आवश्यक रहेको बताएका थिए । उनले भर्खरै गएको बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिमा आफ्रनो र संगठनको सहानुभूति रहेको र यसका लागि हुन सक्ने सहयोगका लागि आगामी साधारणा सभामा छलफल हुने जानकारी दिँदै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा एवं परराष्ट्र सचिव शंकरदास वैरागीलाई शुभकामनासहित सफल कार्यकालको शुभेच्छा प्रकट गरेका थिए ।

उक्त समारोहमा राजदूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख शरदराज आरण र तृतीय सचिव भूपेन्द्र प्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।


– प्रकाश केसी