एकताको सूत्र त्यही हो-अर्जुननरसिंह केसी

एकताको सूत्र त्यही हो-अर्जुननरसिंह केसी


काङ्ग्रेस नेता अर्जुननरसिंह केसी पार्टीको बाह्रौँ महाधिवेशनमा -केन्र्दीय सदस्यको) सर्वाधिक दोस्रो मत ल्याएर चर्चाको शिखरमा हुनुहुन्छ । काङ्ग्रेस महामन्त्रीको प्रबल दाबेदार मानिने केसी पार्टीलाई एकढिक्का राख्न र सङ्गठन सुदृढ गराउन आफ्नो भूमिका रहने धारणा राख्नुहुन्छ । उहाँसँग समसामयिक विषयमा घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
० तपाईंले महाधिवेशनमा यति धेरै भोट ल्याउनुभो, यसको रहस्य के हो –
– मतदातालाई नै सोध्नोस् । पार्टीमा मैले के के गरेँ, त्यो सोध्नोस् । जनआन्दोलन- २ मा म काङ्ग्रेसको काठमाडौं उपत्यका सङ्घर्ष समितिको संयोजक थिएँ । सात दलको समितिमा रहेर काम गरेँ । मेरा भाइ डा. केदारनरसिंह केसीलाई खुट्टा भाँचिएर हस्पिटलमा, जगदीश्वरनरसिंह केसीलाई गोली लाग्यो, म बसेको घरमा प्रहरीले टियर ग्यास फ्याँक्यो । दमको बिरामी आमा नौ घन्टा फेन्ट हुनुभयो । त्यो घटना नभएको भए उहाँ डेढ वर्ष बढी बाँच्नुहुन्थ्यो भन्ने लाग्छ । नेतृत्वका साथीहरूले नगरे पनि देशभरिका साथीहरूले मेरो योगदानको कदर गरेको भन्ने मलाई लाग्छ ।
० काङ्ग्रेस बाह्रौं महाधिवेशनको सन्देश के हो –
– गाउँदेखि नगर, क्षेत्र, जिल्ला हुँदै केन्र्दीय स्तरसम्म आदिवासी, जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, अल्पसङ्ख्यक समुदाय र पिछडिएको वर्गको समुचित व्यवस्थापनका साथै युवाहरूको व्यापक सहभागितामा लोकतान्त्रिक पद्धतिअनुरूप चुनाव हुनु नै यसको महत्त्वपूर्ण पाटो हो ।
० तपाईंले समावेशी भन्नुभयो, तर २५ वटा खुला सिटमा त पुरानै र देखिएकै अनुहार आए नि –
– प्रतिस्पर्धाबिनाको समावेशी संसारमा कहीँ पनि हुँदैन । प्रतिस्पर्धामा मतदाताको विवेकले फैसला गर्ने हो, त्यसमा समावेशी-गैरसमावेशी भन्ने कुरा आउँदैन ।
० महाधिवेशनपछि फेरि काङ्ग्रेस गुट-उपगुटमा परिणत भयो भनिन्छ नि –
– काङ्ग्रेस गुट-उपगुटको रूपमा परिणत भएको छैन । लोकतान्त्रिक पार्टीभित्र विचारको विविधता हुन्छ । सिद्धान्तको प्रतिस्पर्धा हुन्छ । वाद, प्रतिवाद र संवादको प्रक्रिया रहन्छ । अनेकताबीचको एकता नै यसको सौर्न्दर्य हो । चुनावमा प्रतिस्पर्धा र मतविभाजन हुनु नै गुट-उपगुट होइन ।
० कोइराला र देउवालाई मिलाउने एकताको सूत्र के छ तपाईंसँग –
– महाधिवेशनले जे फैसला गरेको छ, त्यसलाई स्वीकार्नु नै एकताको सूत्र हो । पार्टी विधानमा सामूहिक नेतृत्व र संस्थागत निर्णयलाई सर्वोपरि मानिसकेको अवस्थामा त्यसको पालनाबाट एकता बलियो हुन सक्छ ।
० अब देउवाको भूमिका के हुन्छ त पार्टीमा –
– शेरबहादुरजी पार्टीको केन्र्दीयस्तरको नेता र भूतपूर्व प्रधानमन्त्री हुनुहुन्छ । पार्टीको सामूहिक नेतृत्वको एउटा अङ्गका रूपमा उहाँको सहभागिता रहन्छ । पार्टीलाई उहाँको योगदान आवश्यक छ ।
० काङ्ग्रेसको निर्णयमा उहाँको भूमिका रहन्छ –
– अब काङ्ग्रेस एकल नेतृत्वको शैलीमा छैन । सामूहिक नेतृत्व र संस्थागत निर्णयले सबैलाई समेट्छ भन्ने मलाई विश्वास छ ।
० सभापति सुशील कोइरालाले सबैलाई समेटेर लैजान सक्नुहोला –
– लैजान सक्नुहुन्छ । हाम्रो वैधानिक व्यवस्थाको आधार नै सामूहिक नेतृत्व र संस्थागत निर्णय हो । सुशीलजीले निष्ठा र मूल्यको राजनीति गरेकाले नै सभापतिमा चुनिनुभएको हो । उहाँले सबैको विश्वास लिएर अघि बढ्न सक्नुपर्छ ।
० अब काङ्ग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार फेरिन्छ कि –
– अहिले त रामचन्र्द पौडेलजी नै हुनुहुन्छ नि ।
० पौडेल प्रधानमन्त्री बन्न सक्नुहोला –
– सहमतिको सरकार बनाउन विषयगत मुद्दामा सहमति हुनुपर्यो । जबसम्म शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान बन्दैन, माओवादीका हिंसात्मक संरचना धङधङी बन्द हुँदैन, व्यक्तिगत सम्पत्ति फिर्ता हुँदैन, तबसम्म सहमतिको सरकार कसरी बन्छ –
० पौडेलजी अब कहिलेसम्म संसद्मा उम्मेदवार बनिरहनुपर्ने –
– जबसम्म सैद्धान्तिक र विषयगत सहमति बन्दैन, तबसम्म हामी उम्मेदवारी फिर्तातिर लाग्दैनौँ । अहिले फिर्ता, नफिर्ताको कुरै छैन ।
० काङ्ग्रेसले विकल्प दिँदै नदिने त –
– लोकतन्त्र र संविधानका सवालमा हामीले निरन्तर भन्दै आएका कुरामा पहिले न्यूनतम सहमति गरौँ न । हाम्रो विकल्प भोलि-पर्सिभित्रै दिन तयार छौँ ।
० कस्तो विकल्प –
– त्यो अहिले भन्न सक्दिनँ । समय आएपछि भन्छौँ । सहमतिको जगमा मात्र सहमतिको सरकार बन्न सक्छ । शान्तिप्रक्रियामा गरिएका प्रतिबद्धताको पालना र लोकतान्त्रिक संविधानमा सहमति भएपछि हामी हरेक विकल्पमा खुला छौँ ।
० पौडेलजी आठपटक हार्नुभयो, अब कतिपटक हराउनुहुन्छ पौडेललाई –
– कुनै सहमति नभई प्रक्रिया रोक्ने कुरा काङ्ग्रेसले मानेको छैन । काङ्ग्रेसबिना सहमतिको सरकार सोचिएको छ भने त्यो निर्रथक हुन्छ ।
० पौडेल कहिले चुनिनुहोला त –
– हामी त उहाँलाई जिताउनै चाहन्छौँ । तर, कहिले चुनिनुहुन्छ भन्ने ज्योतिषी म होइन ।

प्रचण्ड र झलनाथको अंकमाललाई सहमति मान्ने –केशवप्रसाद मैनाली, सभासद्
० नेपालमा पार्टी फुट्ने रोग निकै देखियो, त्यसमा पनि साना दलहरू यो रोगबाट बढ्ता आक्रान्त छन्, किन होला –
– हरेक पार्टीमा दुईखाले व्यक्तिको जमात हुँदोरहेछ, एकथरी पार्टी सङ्गठन र आफ्ना नीति, सिद्धान्तहरू जनतामाझ कसरी लैजाने भनी सोच्ने, अर्कोचाहिँ पार्टीलाई जतिसक्दो सोस्ने † यसरी ‘सोच्ने’ र ‘सोस्ने’ फरक प्रवृत्तिबीच द्वन्द्व चलिरहने र त्यो उत्कर्षमा पुगेपछि पार्टी नै फुट्दोरहेछ । म पनि यसैको सिकार बनेँ ।
० कसरी सिकार बन्नुभयो नि तपाईं –
– जब भावर आन्दोलन सुरु भयो, त्यस अवस्थामा सबै किसिमका मानिस हाम्रो आन्दोलनमा समेटिए । विचार र तर्कले लड्ने, प्रजातान्त्रिक मूल्य-मान्यतामा रहेर अनुशासित तवरले आन्दोलनमा सरिक हुनेदेखि जथाभावी ढुङ्गा हान्ने, आगजनी गर्ने प्रवृत्ति भएकाहरूसमेत एकै ठाउँ उभिए । आन्दोलनको समयमा यस्तै हो भन्ने सोचेर चुप लागियो । तर, जब भावर आन्दोलनले एउटा पार्टीको स्वरूप लिई अघि बढ्नुपर्ने अवस्था आयो- त्यस क्रममा परिवर्तित परिवेशअनुरूप पार्टी अनुशासनमा रहेर आफ्ना मुद्दाहरू उठाउन र राष्ट्रिय राजनीतिमा समेटिन पार्टीपङ्क्तिमा आग्रह र निर्देशन गरियो । तर, नानीदेखि खराब बानी लागेकाहरू सुध्रिएनन् । पार्टीका नाममा जथाभावी चन्दा असुल्ने, लुटपाट गर्ने, अनेक आपराधिक क्रियाकलापमा सरिक हुने र कारबाहीमा पर्ने अवस्था परेपछि पार्टीको नाम लिएर बच्न खोज्ने एउटा जमात नै खडा भयो । त्यस आपराधिक समूहलाई सच्याउन खोज्दा उल्टै त्यसका संरक्षकहरूले छुट्टै ‘पार्टी’ खडा गरेको ढोल पिटाए । अपराधीहरू आफ्ना निकृष्ट कर्ममा असफल भएपछि मेरो बदनाम गर्ने कुचेष्टामा समेत ओर्लिए ।
० तपार्इंले नयाँ पार्टी बनाउनुभएको कुरा सार्वजनिक भएको छ त †
– खर्चको अभाव र भावर आन्दोलनको उत्पत्ति थलो भएको नाताले पहिलो महाधिवेशन र्सलाहीमा गर्न लाग्दा स्वार्थी जमातले महाधिवेशनको नाममा रत्नपार्कमा बरालिएका मानिस भेला परेर यहीँका एक कथित धनाढ्यलाई अध्यक्ष घोषणा गर्नेसम्मको नाटक मञ्चन गरेपछि पार्टीको अनुशासित र इमानदार पङ्क्तिले फरक बाटो रोज्नुपरेको हो । बीचमा निर्वाचन आयोगलाई समेत अपराधी समूहले भ्रमित तुल्यायो, तर सर्वोच्च अदालतले मेेरो पक्षमा फैसला गरेर न्याय दिएको थियो । तैपनि खराब नियत भएका विश्वासघातीहरूले दुःख दिन नछोडेपछि यिनीहरूलाई कारबाही गरेर बसिरहने फुर्सद मसँग नभएकोले पार्टी फुटेको अवस्थामा ४० प्रतिशत सांसद पुर्याएर अर्को दल दर्ता गर्न सकिने संसदीय कानुनअनुसार शतप्रतिशत सांसदसहित मैले संसदीय दलमा ‘चुरेभावर राष्ट्रिय पार्टी’ दर्ता गरेको हुँ । निर्वाचन आयोगमा उक्त पार्टी दर्ताको प्रोसेस चलिरहेको छ । बिरालो रिसाउँदा खाँबो चिथोर्छ भनेझैं तिल्मिलाएर उनीहरूले तुच्छ व्यवहार गरिरहेका छन्, यसले मलाई केही फरक पार्दैन ।
० ठूला पार्टीहरू नै साना दललाई फुटाउने खेलमा लागेका छन् भनिन्छ, तपार्इंको हकमा पनि यस्तै षड्यन्त्र भएको हो कि –
– यस प्रकरणमा अहिले कुनै दललाई औंल्याउने पक्षमा म छैन ।
० वर्तमान राजनीतिमा साना दलको अस्तित्व तपाईं कहाँनेर या कुन रूपमा देख्नुहुन्छ –
– खोलो उल्टो बगिरहेको छ यतिखेर । साना दलहरू संविधान बनाउने पक्षमा दिलोज्यानले लागिरहेका छन् भने बल पुगेका ठूला दलहरू संविधान बन्न नदिने चाल चलिरहेका छन् । उनीहरूलाई संविधान होइन फगत सत्ता चाहिएको छ । तर्सथ, संविधान बनाउन लागिपरौँ, सहमति बनाऔँ भनी हामी साना दलले दबाब दिइरहेका छौँ । उनीहरूले गर्दा संविधान नबन्ने तर दोषचाहिँ हामीले समेत खेप्नुपर्ने भएकोले चेतावनी दिएका छौँ हामीले । खबरदार † संविधान नबनेमा दोष हामीलाई नलागोस्, ठूला दल नै यसका लागि जिम्मेदार हुनेछौँ । यहाँ सत्ताका लागि सहमतिको कुरा चलाइएको छ, तर सत्ताका लागि हुने सहमतिले मुलुकका निम्ति कुनै हित गर्दैन, सहमति आवश्यक छ त केवल संविधान निर्माणका लागि, जो भइरहेको छैन ।
० तीन दलबीच सहमति भएर अघि बढे भने के होला –
– दुई, तीन या चारबीच हुने सहमति यथार्थमा सहमति कहलिन सक्दैन । त्यसले देशको समस्या समाधान हुँदैन । राष्ट्रिय सहमति त्यतिबेला मात्र ठहरिन्छ जब सबै राष्ट्रिय पार्टीबीच सहमति बन्छ । अहिले के प्रवृत्ति देखिएको छ भने ठूलाहरूबीच विवाद बढ्दा हामी सानाको सोधखोज गर्छन् र फड्के किनाराका साक्षी तुल्याउँछन्, तर जब उनीहरूबीच मेलमिलाप हुन्छ तब हामीलाई लत्याउने र अस्तित्व नै समाप्त पारिदिने खेल खेल्छन् । भावी संविधानमा यिनीहरूले ‘तीन प्रतिशत मत ल्याउनैपर्ने’ प्रावधान गर्न लागेका छन्, यो साना दलको अस्तित्व समाप्त पार्ने नियतले गरिँदै छ । त्यो व्यवस्था हुँदा पाँचवटा दल मात्र बाँकी बस्छ । हामी यो मान्दैनौँ, आवश्यक परे आन्दोलनमै जान्छौँ । भण्डाफोर गर्छर्ाा ठूला दलको यस षड्यन्त्रको ।
० साना दलको शक्ति नपुग्ने, ठूलाहरू संविधान बनाउनै नचाहने, यसो हो भने यो देशमा संविधान बन्दैन कि कसो हो –
– ठूला भनिएका दलका व्यवहार र नियतअनुसार त नेपालमा नयाँ संविधान बन्नेमा शङ्का गर्नैपर्छ । वास्तवमा थपिएको म्यादमा पनि संविधान नबन्ने सम्भावना बढेको छ । संविधान निर्माणकै लागि जनताले अर्को क्रान्ति गर्नुपर्ने परिस्थिति निर्माण हुन लागेको पो देख्छु म त । जेठ १४ गते तीन बुँदामा सहमति भएको थियो- म्याद थप्ने पहिलो बुँदाचाहिँ तत्काल क्रियान्वयन गरियो, बाँकी बुँदाअनुसार शान्ति-प्रक्रियालाई टुङ्गोमा पुर्याउन सहमति गर्ने कुराहरू थिए- सब हावा खाए । माधव नेपालको राजीनामा आएको तीन घण्टामा सहमति जुटाएर अग्रगमनमा जाने दाबी गर्नेहरूको बोली आज ९० दिन पुग्दा खोक्रो सावित भएकोले परिस्थिति बिग्रिरहेको छ । यसले संविधान निर्माण नहुने सम्भावना पनि बढाएको छ ।
० प्रचण्डले त संविधान बनाउन माओवादी दल मात्र गम्भीर रहेको, अरू सबै दलले संविधानसभा समाप्त पार्न लागेका छन् भनिरहेका छन् नि †
– प्रचण्डजीको त्यो भाषण हो । भाषणमा उनी आफैंले के भनिरहेका हुन्छन्- पछि भुल्छन् । क्रियाकलाप हेर्दा उनी संविधान बनाउनेमा पटक्कै केन्रि्दत छैनन् । उनी केवल ‘क्याप्चर’को कुरा गर्छन् । सत्ता क्याप्चर गर्ने धुनमा लागेको पार्टीलाई संविधानको के चासो – एकपटक जसरी पनि सत्तामा जाने अनि छोड्दै नछोड्ने नियत माओवादीले राखेजस्तो लाग्छ मलाई त । नत्र ‘हामीलाई सत्ता नदिए संविधान नै बन्दैन’ भन्ने आसयमा राजनीति खल्बल्याउने काम किन गरिरहेको माओवादीले –
० एकपटक सत्ता दिए हुन्छ नि त माओवादीलाई, के गर्न लागेको बुझन पाइन्थ्यो नि –
– त्यसमा पनि आपत्ति छैन । अन्य सबै दलहरूले एकमुखले के भनिरहेका छन् भने हतियारको मोह छोड, लुटिएको सम्पत्ति फिर्ता गर, नागरिक पार्टी बन अनि तिमी नै सरकारको नेतृत्व गर । यस्तो राम्रो प्रस्ताव उसलाई किन पाच्य भइरहेको छैन – आफ्नो सेना पनि आफैंलाई चाहिने, राज्यको सेना पनि आफ्नै मुठीमा हुनुपर्ने, सरकार पनि चाहिने । यस्तो नियतले देशलाई कहाँ पुर्याउँछ, माओवादी कहाँ पुग्छ †
० राजावादी शक्तिहरूसँग पनि हात मिलाउन थालेको आरोप छ माओवादीमाथि, राजसंस्था ब्युँताउन खोजेका हुन् कि –
– मरिसकेको हात्ती अङ्कुश लगाउँदैमा उठ्न सक्दैन भन्ने ज्ञान प्रचण्डजीलाई पनि होला भन्ने ठान्छु । उहाँले पूर्वराजसंस्थाको शक्तिलाई आफ्नो स्वार्थसिद्धिका लागि ‘उपयोग’ गर्न खोज्नुभएको हुनसक्छ ।
० प्रधानमन्त्री चयनको आठ चरण निष्फल भइसकेको छ, यस प्रकरणबारे के भन्नुहुन्छ –
– संसदीय परिपाटी या संसदीय दलहरूलाई बदनाम गर्ने सुनियोजित षड्यन्त्र भइरहेको छ भन्ने ठहरमा पुगेको छु म त । सांसदलाई हास्यास्पद थलो सावित गरेर गणतन्त्रवादीहरूले यस्तो अवस्था खडा गरिरहेका छन् । आफ्नै दलको प्रधानमन्त्रीलाई राजीनामा गर्न लगाउनेहरू आफ्नै दलको नेतृत्वमा सरकार राखेर तटस्थताको नाममा डेडलक गरिरहेका छन्, संसद्लाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलोका रूपमा व्याख्या गर्नेहरू एक ठाउँमा धु्रवीकृत भएर यहाँ षड्यन्त्र गरिँदै छ । यसमा माधव नेपाल पनि अछुतो छैनन्, किनकि हामीले काँध थाप्दाथाप्दै झलनाथले के बुटी सुँघाए र माधवले राजीनामा दिए -† यसमा त्यतिबेलै शङ्का उठेको थियो र त्यो यतिखेर पुष्टि हुन थालेको छ । संसदीय लोकतान्त्रिक परिपाटीलाई बदनाम गराएर यसप्रति जनतालाई वितृष्ण तुल्याउने खेलअन्तर्गत यो सब भइरहेझैं लाग्छ ।
० पहिलो चरणमा माओवादी र एमालेबीच भएको तीन/चार बुँदे सहमतिको तार्त्पर्यचाहिँ के होला नि –
– यी दुई मिलेर बहुमतको सरकार बनाउने र अरूलाई पेलेर जाने नियत हुनसक्छ । तर, त्यो कदापि सफल हुन सक्दैन, मुलुकमा झन् द्वन्द्व मच्चिनेछ । ठूला भनिने २/३ दल मिलेर ‘राष्ट्रिय सहमति भयो’ भनी कर्ुर्लिंदैमा राष्ट्रिय सहमति हुन सक्दैन । हिजो पनि जनताले नगरेको फैसलालाई मनखुसी ढङ्गले या कसैको इशारामा धर्मनिरपेक्षता, सङ्घीयतालगायतका कुरा अन्तरिम संविधानमा लादियो । अब त्यस्तो हुन सक्दैन । वास्तवमा अहिलेको संविधानलाई म त संविधान नै भन्दिनँ, यो त तीन दलले आफ्नो स्वार्थपूर्ति गर्न बनाएको सहमतिको साझा दस्तावेज मात्र हो ।
० नेपालमा विदेशी चलखेल बढ्यो भन्छन्, हो त –
– घरमा लोग्ने-स्वास्नी बेस्सरी झगडा गर्न थाले भने छिमेकीले डिष्टर्भ अनुभूति गर्छ र हप्काउन आउँछ । अरूलाई दोष दिने कुरै छैन, कोही चलखेल गर्न छिरेकै भए पनि छिर्ने छिर्द त हामीले नै बनाएका हौँ । छिर्द बन्न दिनुभएन, बनेको भए टाल्नतिर लाग्नुपर्यो, यो सबैले महसुस गरौँ ।