कसैले गरेको विश्वास-निखिल चट

कसैले गरेको विश्वास-निखिल चट


कसैले गरेको विश्वास, आस्था अनि मान-मर्यादामाथि खेलवाड गर्दा अन्ततः त्यसको परिणाम घातक निस्कन सक्छ । आफ्नो मनमा सजाइरहेको व्यक्तित्वले गलत क्रियाकलाप गर्दा उसमाथि विश्वास गर्न जोकोहीको पनि मन भाँचिन सक्छ । अझ यस्तो मामिलामा त कलाकारहरू झनै चिन्तनशील हुनुपर्ने देखिन्छ । दर्शकहरूले आफूमाथि गरेको विश्वास अनि आस्था र सम्मानको अवहेलना गर्दा यतिबेला नायक निखिल उप्रेतीको वजन मात्र घटेको छैन कि दर्शकहरूले मनमस्तिष्कबाट निखिल क्रमशः विस्थापित हुने अवस्थामा पुगेका छन् । दर्शकहरूकै साथ र वाहवाहीका कारण उचो स्थानमा पुगेका निखिलले ‘मलाई नेपाली सिनेमाले के दियो र -‘ भन्ने जस्ता अशोभनीय अभिव्यक्ति दिएपछि निखिललाई मनमस्तिष्कमा राखेका दर्शकहरूको मन भाँचिन पुगेको छ र त्यसैको परिणाम आज चलचित्र निर्माताहरू आर्थिक मारमा पर्न थालेका छन् ।
यत्रो इज्जत, मान अनि नेपाली दर्शकहरूले दिएको माया अनि सम्मानलाई कुल्चिएर सञ्चिता लुइँटेलसँग मुर्म्बई गएका निखिलको सञ्चितासँगको सम्बन्धका बारेमा मिडियाहरूमा आउन थालेपछि अहिले निखिलले अभिनय गरेका चलचित्रहरू हेर्ने दर्शकहरूको सङ्ख्या घट्न थालेको छ र यसका कारण निखिललाई उनले भनेजति पारिश्रमिक दिएर सिनेमामा लिनेका लागि हानथाप गर्ने निर्माताहरू टाउकोमा हात राख्न बाध्य भएका छन् । एउटा कलाकारको बजारमा गलत कुराहरू आयो भने उसको कलाकारितामा कत्तिको असर पर्दोरहेछ भन्ने कुराको गतिलो उदाहरण पनि बनेका छन् निखिल । द फ्ल्यास ब्याग, कसलाई दिउँm, यो जोवन, बलवान र भूल भए माफ गरले सोचेजस्तो व्यापार नगरेपछि निर्माताहरू एउटै निचोडमा पुगेका छन् कि ‘अब निखिल चट्’ । निखिलले अभियन गरेका चलचित्रहरू यसरी एकपछि अर्को व्यावसायिक रूपमा कमजोर देखिन थालेपछि यसपछि रिलिज हुने तयारीमा रहेका चलचित्रका निर्माताहरू अब क्रमशः आफ्ना चलचित्रको प्रचार सामग्रीमा निखिलको तस्बिरलाई सकेसम्म कम देखाउने सोचमा पुगेका छन् र कुनै समय निखिलको भयङ्कर तस्बिर देखाएर दर्शक तान्ने निर्माताहरू अहिले सकभर निखिलको तस्बिर राख्नै नपरोस् र राखे तापनि निकै सानो राख्नतिर लागेका छन् ।

लाटी झरना
सम्बन्ध र सर्म्पर्क बढाउन अनि काम लिनका लागि त निकै बाठी छिन् नायिका झरना थापा । तर, यतिबेला उनी लाटी भएकोमा चर्चा चलेको छ । त्यसो त लाटी हुनुमा नै उनलाई फाइदा पुगेको र लाटीकै कारण झरना थापा अगाडि बढ्ने अनि उनको बजारमा पनि दह्रै उपस्थिति रहने दाबी पनि उनका प्रशंसकहरूले गरेका छन् । झरना लाटी पनि आफ्नै प्रशंसक, दर्शक अनि शुभचिन्तकहरूका लागि भएकी छिन् । कुनै सिनेमामा सासूद्वारा पीडित बुहारी त कुनै सिनेमामा बेचित पुगेकी नेपाली चेलीको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएकी झरनालाई अब तपाईंहरूले लाटीको भूमिकामा हेर्न पाउने हुनुभएको छ । यो भूमिकालाई जीवन्त बनाउन झरनाले साङ्केतिक भाषा पनि सिकिन् ।
झरना थापा बिल्कुलै फरक भूमिकामा देखापरेको चलचित्र ‘तिमी मात्र तिमी’ अब मङ्सिर ३ गतेदेखि पर््रदर्शनमा आउने भएको छ भने निरज ढकालले निर्माण गरेको यो चलचित्रलाई योगेश घिमिरेले निर्देशक गरेका हुन् ।

चलचित्र तयार, निर्देशक गायव
सुन्दा पनि अचम्म अनि झट्ट विश्वास पनि गर्न नसकिने । तपाईंहरू नै भन्नुस् त निर्देशकबिना कुनै चलचित्र बन्छ वा चलचित्र भनेको निर्देशकको क्षेत्र होइन – यसको सजिलै जवाफ आउन सक्छ ‘निर्देशकबिना कसरी चलचित्र बन्छ वा यो त असम्भव कुरा पनि हो र हावा गफ’ । तर, यहाँ एउटा कुरा अचम्म भएको छ । चलचित्र पर््रदर्शनका लागि तयार भइसक्यो । पोस्टर, स्टिकर सबै बनिसकेका तर, कुनै पनि प्रचार सामग्रीमा कतै कुनै पनि कुनामा निर्देशकको नाम छैन । यसरी निर्देशकको नाम नभएको चलचित्रको नाम हो राजभाइ र यसका निर्माता हुन कृष्ण कार्की । चलचित्रमा भने सुवास मेचे, सोनिया केसी र राज तिमल्सिनाको अभिनय रहेको छ भने लेखन तथा निर्देशन गरेका छन् सरोज प्याकुर्यालले ।
यो सिनेमा छायाङ्कन अवधिभर पनि प्रचारप्रसार गरिएको थिएन भने अहिले आएर निर्देशक पनि गोप्य राखिदिँदा कुनै रहस्य त लुकेको छैन – प्रश्नहरू उब्जिएका छन् । ‘त्यस्तो डर लाग्ने रहस्य त छैन । तै पनि निर्देशकको कुरालाई गोप्य नै राखौँ भन्ने कुरा हो । यो आन्तरिक मामिला भएका कारण यो रहस्य पछि नै खुल्नेछ,’ निर्माता कृष्ण कार्कीले भने । निर्माता कृष्ण कार्कीको भनाइबाट पनि प्रस्टिएको छ कि राजभाइमा निर्देशक त छन् तर यतिबेला लफडा परेको रहेछ ।
चलचित्रलाई हल्लामा ल्याउन यस्तो झुटको खेती नगरिएको भए तापनि निर्देशक त्यस्तो गहन काम अनि उच्च नाममा गतिलै लफडा भएको रहेछ ।

ँबटालियन फाइव’ दुर्घटनामा
निर्माणाधीन चलचित्र ‘बटालियन फाइभ’को छायाङ्कनका लागि लोकेसन खोज्ने क्रममा सो चलचित्र युनिट सवार जिप दुर्घटनामा परेको छ । काठमाडौंबाट नौबिसेतर्फ गइरहेको जिप बे्रक फेल भएर दुर्घटघना हुँदा सो चलचित्रका नायक सुशांक मैनालीको देबे्रहात भाँचिएको छ भने क्यामेराम्यान पुरुषोत्तम प्रधानको टाउकोमा गम्भीर चोट लागेको छ । सँगै रहेको निर्देशक रामराजा दाहाल र निर्मात्री जीना श्रेष्ठ भने सकुशल रहेका छन् । चलचित्र बटालियन फाइभमा आयुस रिजाल, अरुणिमा लम्साललगायतका कलाकार अनुबन्धित भएको जानकारी दिँदै निर्देशक दाहालले आगामी कात्तिक महिनाबाट सुटिङ सुरु गरिने बताए । निर्देशक रामराजाले बलवान, कसम हजुरको, वसमा छैन यो मन, तिमी मेरो म त्रि्रो, गुरुदक्षिणाजस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।

अहिले छ लाख पछि कति –
थोरै समय, त्यति नै मात्राको सङ्घर्ष अनि थोरै क्रेज र सानै उमेरमा सबैभन्दा बढी पारिश्रमिक लिने नायकमा परेका छन् यतिबेला आर्यन सिग्देल । आर्यनले एउटा सिनेमाका लागि ६ लाख पारिश्रमिक लिए रे † यो कुराले यतिबेला चलचित्र उद्योग तातेको छ, ‘के आर्यनले एउटा सिनेमा खेलेबापत पारिश्रमिकस्वरूप ६ लाख लिने दिन आयो त – कि यो स्क्याण्डल मात्र हो -‘ जवाफमा आर्यनलाई ६ लाख पारिश्रमिक दिने निर्देशक दीपेन्र्द के. खनालले भने, ‘यो कुरा हावाको कुरा होइन, सत्य नै हो । उसलाई छ लाख दिने म नै हुँ भने कसरी हावाको गफ भयो त -‘ दीपेन्र्दको जवाफ छ ।
एउटा सिनेमा खेलेबापत ६ लाख ग्वाम्म हातमा पर्दा अहिले आर्यनको खुट्टा भुइँमा छैन तर विडम्बना यो खुसी दीर्घकालीन रूपमा घातक हुने देखिन्छ । नयाँ निर्माताले त उनलाई ६ लाख देलान् तर निरन्तर रूपमा सिनेमा निर्माणमा लागिपरेका निर्माताहरूको नजरबाट भने आर्यन ओझेलमा पर्न थालेका छन् र पुरानाबाट ओझेलमा परेपछि उनी स्थापित हुने कुरामा निश्चित देखिँदैन ।
आफू स्थापित हुनतिर भन्दा यतिबेला नाम र क्रेजलाई बिर्सेर आर्यन दामतिर लागेकोमा उनको भलो चिताउनेहरू अलि निराश बन्न थालेका छन् । दुई दिनका लागि निर्माता बन्नेहरूले दिएको रकमको पछि लागेर सधैंभरि फिल्म बनाउनेहरूलाई छाड्नु आर्यनको गल्ती हो ।

ँसात सालअघि र पछि’ विमोचन
आज देशको क्रान्तियुद्धमा हाम्रो एक पुकारा होस्
लड्दा-लड्दै मरे मरौँला यो एउटा नै नारा होस्
सात सालको क्रान्तिका बेला १६/१७ वर्षो गायिका रानुदेवी अधिकारीले यही गीत गाएर क्रान्तिमा होमिन आन्दोलनकारीलाई हौस्याएकी थिइन् । सात सातको क्रान्तिमा अधिकारीले पहिलोपटक यही गीत नेपालमै पहिलोपटक स्थापित प्रजातान्त्रिक नेपाल रेडियोमा गाएकी थिइन् । हो, यही ऐतिहासिक गीतसहित तारिणीप्रसाद कोइराला, उमा शर्मा र शङ्कर खरेलका रचना रहेको एक गीति एलबम गत साता राष्ट्रपति डा. रामवरण यादवले राजधानीमा सार्वजनिक गर्नुभयो । ‘सात सालअघि र पछि’ नाम दिइएको सो एलबममा प्रजातान्त्रिक नेपाल रेडियोकी प्रथम गायिका रानुदेवी अधिकारीसँगै सुमित खड्काको स्वर सुन्न सकिन्छ । ६ गीत रहेको सो एलबमको विमोचन सार्वजनिक गर्दै राष्ट्रपति यादवले लगभग हराइसकेका प्रतिभाको खोजी गरी सार्वजनिक गर्ने पत्रकार खरेल र खड्काको प्रयासको सराहना गर्नुभयो । उहाँले प्रजातन्त्रका लागि लडेका ज्ञातअज्ञात सहिदको सपना सम्मुनत र संविधानमुखी राष्ट्रको कल्पना रहेको उल्लेख गर्दै शान्तिका पक्षमा कसैले पनि बाटो बिराउन नहुनेमा जोड दिनुभयो ।
बनारसको सम्पन्न परिवारबाट एउटा आन्दोलनकारी अधिकारी परिवारमा बुहारी बनेर भित्रिएकी रानुदेवी पौडेल -अधिकारी) नोना कोइरालाकी बहिनी हुन् । उनले क्रान्तिपछिको केही समयसम्म गायनमा रमेर पाँच दशकभन्दा बढी समय ओझेलमा परेकी थिइन् । लगभग लोप नै भइसकेका गीतहरूलाई बडो मेहनतका साथ सङ्कलन गरेर ‘सात सालअघि र पछि’ नाम दिई एल्बम तयार भएको छ । एल्बममा आज देशको मात्र होइन बूढापाकाले अझै पनि गुनगुनाउने नेपाली अघि बढ क्रान्ति झण्डा लिई…. सहित जुनेली रातहरू गम्कन्छ बाँस हजुर…. फागुनको शीतल बतास…., चरी उड्यो भुरुरुरु….गीत एल्बममा समावेश छन् । यसबाहेक शङ्कर खरेलको रचनाको अधिकारीले ५६ वर्षपछि रेकर्ड गराएको ‘जागे नेपाली उठ नेपाली शान्ति लिएर, हत्या र हिंसा पन्छाउँदै हातेमालो गरेर…., बोलको गीत एलबममा छ । बोनस गीतका रूपमा नोना कोइरालाको अनुपस्थितिमा उमा शर्माले लेखेको नोना आमा तिमी गयौ… लाई पनि राखिएको छ । एलबम तारिणीप्रसाद कोइराला र नोना कोइरालामा समर्पित छ ।- राजन घिमिरे