पाप इश्वरलाई लाग्छ- इन्र्दकुमार श्रेष्ठ

पाप इश्वरलाई लाग्छ- इन्र्दकुमार श्रेष्ठ


चोर पनि सज्जन कहलिएको छ
डाँकु पनि इमानदार जनिएको छ
ज्यानमारा त अझ महात्मा भनिएको छ
कहिल्यै कसैले सजाय पाउँदैन
ग्रहदशाको पालै आउँदैन
चोरको ठूलोठूलो स्वर छ
डाँकुलाई कसैको डर न भर छ
ज्यानमारा खुकुरी उध्याइरहेछ
सधैंभरि माथिको माथि
निर्धा-निमुखालाई धर्धरी रुवाउँदा पनि
सधैंभरि उनी नै जातीको जाती
न त उसलाई कहिल्यै रोगै लाग्छ
न त उसलाई कहिल्यै दुःखै पर्छ
गर्ने बेलामा उही नै
मनपरी-मनपरी गर्छ ।

भगवान् †
के तिमीलाई पनि चोरदेखि डर लागेको हो –
के तिमीलाई पनि डाँकुदेखि त्रास जागेको हो –
कि ज्यानमाराले आफूलाई पनि मार्छ भन्ने लागेको हो –
त्यही भएर तिमी अदृश्य रूपमा भागेको हो –
त्यसो हो भने
हृदयमा विशाल आक्रोश जाग्छ
अनि म भन्छु
सारा पाप तर् इश्वर †
तिमीलाई नै लाग्छ
– कमलाकुञ्ज, ओखलढुङ्गा
पर्खाइ
– बमप्रसाद श्रेष्ठ
तिमीले धेरै दिनदेखि
‘आउँछु-आउँछु’ भनेकोले
तिमी आउने बाटोले
तिमीलाई-
आसैआसको नजरमा
परि्खरहेको छ

लामो अवधिको पर्खाइले
पट्यारमा परेपछि
त्यो त्यहीँ नै खर्केको छ

मीठो निद्रोबाट बिउँझिँदा
तिमीलाई नदेखी
त्यो तर्सेको छ,

अनि-
हतारिएर वेग मार्न खोज्दा
अनायासै चिप्ली लडेर
ढाडै त्यसको मर्केको छ ।