देउवालाई उपयोग गर्ने रणनीति

देउवालाई उपयोग गर्ने रणनीति


शान्ति स्थापना प्रक्रियाप्रति इमानदार रहेको देखाउन पछिल्लो समय माओवादीले लडाकु व्यवस्थापनका निम्ति तत्परता लिएझैं गरे पनि उसको मुख्य उद्देश्य प्रधानमन्त्री पद प्राप्त गर्नु मात्र भएको पुष्टि उक्त पार्टीका थप क्रियाकलाप र व्यवहारले गरेका छन् । माओवादी एकातिर लडाकु व्यवस्थापनमा उदारझैं प्रस्तुत भएको छ भने अर्कोतिर नेपाली काङ्ग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार रामचन्र्द पौडेलमाथि उम्मेदवारी फिर्ताका लागि अनेक दबाब सिर्जना गर्नुका साथै तिकडमसमेत रच्दै छ । एमालेसँग असोज एक गते तीनबुँदे सम्झौता गरेर काङ्ग्रेसमाथि दबाब सिर्जना गर्न तम्सिएको माओवादीले काङ्ग्रेसभित्र पनि खेल्ने प्रयास गरेको छ । एक सूत्रले जनाएअनुसार प्रचण्डको शेरबहादुर देउवासँग निरन्तर सर्म्पर्क रहिरहेको छ र रामचन्र्द पौडेलको उम्मेदवारी फिर्ता भए प्रधानमन्त्री बन्न सहयोग पुर्याउने ‘झाँसा’ देउवालाई प्रचण्डले दिइरहनुभएको छ । पौडेलको उम्मेदवारी फिर्ता गराउन सकेमा आफू प्रधानमन्त्री बन्न पाइने सङ्केत प्रचण्डबाट मिलेपछि देउवा अब रामचन्र्द पौडेलमाथि उम्मेदवारी फिर्ताको निम्ति पार्टीभित्रै दबाब सिर्जना गर्न सक्रिय हुनुहुने बुझिएको छ । जब कि प्रचण्ड प्रधानमन्त्री पद प्राप्त गर्न कुनै पनि हथकण्डा अपनाउन तयार हुनुहुन्छ र उहाँ आफूबाहेक अरू कसैलाई प्रधानमन्त्री पदको निम्ति योग्य पनि ठान्नुहुन्न ।
प्रधानमन्त्री पद दिलाइदिने आश्वासन नदिएसम्म रामचन्र्दविरुद्ध देउवालाई परिचालन गर्न नसकिने भएका कारणले मात्र प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाइदिने झाँसा दिनुभएको हो । तर, देउवामा भने आफू प्रचण्डको सहयोगमा प्रधानमन्त्री बन्ने आशा पलाएको छ र उहाँ आगामी केही दिनभित्रै पौडेलमाथि उम्मेदवारी फिर्ताका लागि तीव्र दबाब सिर्जना गर्ने तयारीमा रहनुभएको बुझिएको छ । एमालेमा झलनाथ खनाललाई र मधेसकेन्रि्दत दलहरूमा उपेन्र्द यादवलाई उपयोग गर्दै आएका माओवादीले गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् शेरबहादुर देउवालाई उपयोग गर्ने प्रयास गर्दै आएका छन् । प्रथम राष्ट्रपति बनाइदिने सपना देखाएर गिरिजाप्रसादको भरपूर उपयोग गरेको माओवादीले देउवालाई भने प्रधानमन्त्री बनाइदिने आश्वासनकै भरमा उपयोग गर्ने प्रयास गरेको छ र देउवा पनि प्रयोग हुन तम्तयार हुनुभएको बताइन्छ । प्रचण्डले आफ्ना निकटवर्तीहरूसँग भने ठट्टा गर्दै ‘देउवालाई रामचन्र्दले उम्मेदवारी फिर्ता नलिउन्जेलसम्म प्रधानमन्त्री बनाउनुपरेको छ’ भन्ने गर्नुभएको छ । तर, प्रचण्ड, झलनाथ या अरू जो कसैले जे-जस्ता प्रयास गरे पनि रामचन्र्द पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुने सम्भावना देखिएको छैन । प्रचण्ड र झलनाथले सरकारमा काङ्ग्रेसको नेतृत्व स्वीकार गर्न जति असम्भव ठानिन्छ, ठीक त्यति नै असम्भव छ पौडेलले उम्मेदवारी फिर्ता लिन । सभापति सुशील कोइरालाले चाहनुभएको अवस्थामा मात्रै पौडेलको उम्मेदवारी फिर्ता हुने सम्भावना छ, तर कोइराला पनि फिर्ताको पक्षमा नरहनुभएको बुझिन्छ । त्यसैले देउवाले चाहेर मात्र पौडेल पछि हट्ने सम्भावना देखिँदैन । काङ्ग्रेसले प्रधानमन्त्री चयनको मुद्दालाई लोकतन्त्र र अधिनायकवादबीचको लडाइँका रूपमा आत्मसात् गरेको हुनाले पनि पौडेल तत्काल पछि हट्ने सम्भावना नरहेको हो ।

कलङ्कितजति अध्यक्षकै नजिक
अपराध, हत्या र लुटपाटमा संलग्न भएकालाई आश्रय दिएर पार्टीप्रति निष्ठवान नेता तथा कार्यकर्तालाई पाखा लगाएको, केन्र्दीय नेताहरू सुविधामुखी हुनुका साथै ठेक्कापट्टामा लागेको, पार्टीभित्र अराजकता, आर्थिक अनियमितताको संस्कृति मैलाउँदै गएकोजस्ता आरोपको सामना गरिरहेको एकीकृत माओवादीले पार्टी शुद्धीकरण अभियानअन्तर्गत दुई केन्र्दीय सदस्यबाट कारबाही प्रक्रिया सुरु गरेको छ । आन्तरिक र बाह्य क्षेत्रबाट भएको चर्को दबाबका कारण हालै बसेको एमाओवादी पदाधिकारी बैठकले केन्र्दीय सदस्य कालीबहादुर खाम र रामप्रसाद बञ्जाडेलाई कारबाही गरेको हो । खामलाई ठगी र आर्थिक विचलनमा लागेको आरोप लागेको छ भने बञ्जाडेलाई द्वन्द्वकालमा नवलपरासीमा रहेको शिविरमा आर्थिक अनियमितता गरेको अरोप लगाइएको छ । यी दुई नेतालाई केन्र्दीय सदस्यबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । तर, उनीहरूलाई साविककै दर्जामा काम गर्नबाट भने रोक लगाइएको छैन । खाम रोल्पा दहवनस्थित अस्थायी क्याम्पमा पाँचौँ डिभिजन कमाण्डर र बञ्जाडे मगरात राज्य समिति सहइन्चार्जका रूपमा काम गर्दै आएका छन् ।
कारबाहीमा परेको भनिएका यी दुई सदस्य पार्टीभित्र राम्रो पडक भएका नेताका रूपमा चिनिन्छन् । रामहरि श्रेष्ठ हत्याका अभियुक्तसमेत ठहरिएका खामलाई त्यसबेला छानबिनको नाममा केही समय निलम्बन गरी निर्दोष सावित गरी निलम्बन फुकुवा गरेको थियो । खामलाई रामहरि हत्याकाण्ड मात्र नभएर चिनियाँ व्यापारीलाई ठगेको, यार्सागुम्बाको अवैध कारोबारमा संलग्न भएको, हतियार भण्डारण गरेको, सङ्गठित रूपमा आपराधिक कार्यमा संलग्न भएको आरोप लगाइएको छ । उच्च स्रोतका अनुसार खाममाथि विभिन्न आरोप लागे पनि अध्यक्ष प्रचण्डनिकट नेता भएकोले उन्मुक्ति पाउँदै आएका थिए । उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा समेत छन् ।
०६५ असारदेखि २४ साउनसम्म बसेको पार्टीको असाधारण केन्र्दीय कमिटी बैठकले उपाध्यक्ष मोहन वैद्य किरणको संयोजकत्वमा तीन महिना समय दिएर आर्थिक, सांस्कृतिक सम्बन्धमा छानबिन गर्न गठन गरेको एक उच्चस्तरीय छानबिन कमिटीले तयार गरेको प्रतिवेदनमा पनि खामको नाम उल्लेख गरिएको छ । तीन महिनाको अवधि पाए पनि झण्डै पाँच महिना लगाएर वैद्यले चालीस पृष्ठभन्दा बढी लामो प्रतिवेदन तयार गरी अध्यक्षलाई बुझाएका थिए । वैद्यको प्रतिवेदनअनुसार कारबाहीमा परेका अधिकांश नेताहरू पार्टीअध्यक्ष निकटका छन् । वैद्यले प्रतिवेदनमा उजुरीमा परेका नेताहरूको आर्थिक अवस्था, वैकल्पिक आम्दानीको स्रोत, दैनिक रहनसहन, विगत र वर्तमान जीवनशैली, उनीहरूले निर्वाह गर्दै आएको भूमिका आदिबारे छानबिन गरेका थिए । जसअनुसार कमिटीले दुई सयभन्दा बढी नेताहरू पार्टी नीतिभन्दा बाहिर रहेका, आर्थिक तथा सामाजिक विचलनमा फसेका, अराजक बनेका, सर्वसाधारणलाई ठग्ने काममा उद्यत् देखिएको आरोप प्रतिवेदनमा लगाइएको छ । वैद्यले समितिमा परेको झण्डै ६ सयभन्दा बढी उजुरीका अधारमा सो प्रतिवेदन तयार गरेका थिए । स्रोतका अनुसार समितिमा अध्यक्ष प्रचण्डविरुद्ध पनि उजुरी परेको थियो । प्रचण्डको नाममा परेको उजुरी भने संयोजक वैद्य आफैंले हेरेकोले सोबारेका केही खुलाइएको छैन । प्रचण्डविरुद्ध परेको उजुरीबारे प्रतिवेदनमा पनि कतै उल्लेख गरिएको छैन । उजुरीमा परेकामध्ये अधिकांश केन्र्दीय नेता तथा राज्यसमिति संयोजक भएकाहरू मात्र छन् ।
वैद्यले आफूले तयार गरेको सो प्रतिवेदन सार्वजनिक गर्न पटक/पटक पार्टी नेतृत्वलाई दबाब दिँदै आएका थिए । तर, अध्यक्षले अनेक बहाना बनाएर प्रतिवेदन सार्वजनिक गर्न आलटाल गर्दै आएका थिए । वैद्यनिकट एक केन्र्दीय नेताका अनुसार प्रचण्डले सो प्रतिवेदनमा दोषी पाइएका आफूनिकट नेताहरूलाई आफ्नो छवि सुधार गरेर अघि बढ्न आग्रहसमेत गरेका थिए । ता कि उनीहरूलाई कारबाही गर्नु नपरोस् । ती नेताका अनुसार वैद्यले पार्टी विस्तारित बैठक बस्नुअघि आफूले बुझाएको प्रतिवेदन सार्वजनिक नगरे विस्तारित बैठकमा आफैंले सो प्रतिवेदन सार्वजनिक गर्ने चेतावनी दिएपछि प्रचण्डले पहिलो चरणको कारबाहीस्वरूप दुई नेतालाई कारबाही गरेका हुन् । स्रोतका अनुसार कारबाहीको सूचीमा पार्टी प्रवक्ता दीनानाथ शर्मा, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, शालिकराम जमकट्टेल, सभासद् एवम् वाईसीएल उपत्यका इन्चार्ज चन्र्दबहादुर थापा सागर, दिलमान तामाङ, अग्नि सापकोटा, बालकृष्ण ढुङ्गेल, प्रभु साह, चन्र्दप्रकाश खनाल, लेखराज भट्ट, दिलबहादुर श्रेष्ठ, पवनमान श्रेष्ठ, कालीसिंह मगर, भक्तबहादुर शाह, भक्ति पाण्डेलगायतका रहेका छन् । स्रोतका अनुसार ५० भन्दा बढी क्षेत्रीय र जिल्ला इन्चार्ज मात्र रहेका छन् ।
स्रोतका अनुसार विस्तारित बैठक बस्नुअघि नै धेरै नेता पार्टी कारबाहीमा पर्नेछन् । तर, पदाधिकारी र पोलिटब्युरो सदस्यहरूलाई भने, हेडक्वार्टरले आन्तरिक अनुगमनमा राख्ने र बाँकीलाई प्रतिवेदनको सिफारिसका आधारमा कारबाही अघि बढाउने विषयमा हेडक्वार्टर सहमत भएको बुझिएको छ ।
वैद्यको प्रतिवेदनअनुसार कारबाही-प्रक्रिया अघि बढाएपछि कारबाहीको डरले प्रचण्ड तथा वैद्य र भट्टर्राईनिकट मानिने नेताको रूपमा चिनिएका र मध्यमार्गी नेताको रूपमा चिनिएका केन्र्दीय नेताहरू प्रचण्डनिवास नयाँबजार धाउन थालेका छन् । अध्यक्ष प्रचण्डका एक सहयोगीका अनुसार खामलाई कारबाही गरेपछि निवासमा अध्यक्षलाई भेट्ने नेताहरूको सूची बढेको छ । यसअघि द्वन्द्वकालमा पनि प्रचण्डबाहेक सबै नेतालाई एक तह घटुवा गरी कारबाही गरिएको थियो ।

बैठक सार्नुको कारण बेग्लै
पटक/पटक सर्दै आएको माओवादी छैटौं केन्र्दीय विस्तारित बैठक फेरि सरेर कात्तिक १२ गते पुगेको छ । असोजको पहिलो साता राजधानीमा गर्ने भनिए पनि हालै सम्पन्न केन्र्दीय कमिटी बैठकले समय अभाव देखाउँदै ६ कात्तिकदेखि चितवनमा बस्ने निर्णय गरेको थियो । तर, प्रचण्डनिवास नयाँबजारमा आइतबार बिहान बसेको पदाधिकारी बैठकले चितवनमा डेंगुको प्रकोप बढेको कारण देखाउँदैै उपाध्यक्ष भट्टर्राईको गृहजिल्ला गोर्खामा गर्ने निर्णय गरेको छ । पार्टीको आगामी कार्यदिशाका विषयमा टुङ्गो लगाउन छैटौं विस्तारित बैठक बस्ने यसअघि नै केन्र्दीय कमिटीले निर्णय गरेको थियो ।
स्रोतका अनुसार चितवनमा डेंगुको प्रकोप बढेको कारण देखाउँदै १२ कात्तिकदेखि गोर्खामा बैठक बस्ने निर्णय गर्नुको भित्री कारण भने अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन नै रहेको बुझिएको छ । केन्र्दीय कमिटीमा प्रस्तुत भएका तीनवटै दस्तावेजलाई जिल्लास्तरका कार्यकर्तापङ्क्तिसम्म पुर्याउने र त्यहाँबाट सुझाव सङ्कलन गरी तीनवटा प्रतिवेदनलाई एउटै बनाउने अध्यक्ष प्रचण्डको उद्देश्य रहेको छ । यसका लागि समय लाग्ने भएकोले बैठक ६ दिन पछि सारिएको माओवादी उच्च स्रोतले बतायो । बैठकमा तीन फरक/फरक प्रतिवेदन लैजाँदा पार्टी नेतृत्वमा फुट आएको सङ्केत कार्यकर्तामा जाने भएकोले त्यसलाई एउटै बनाउनुपर्ने प्रचण्डको धारणा रहेको छ । यसका लागि उनले उपाध्यक्ष वैद्य र भट्टर्राईसँग छलफलसमेत गरिसकेका छन् । उनले यसअघिका बैठकहरूमा प्रस्तुत गर्ने प्रतिवेदन तयारीका लागि नेता अग्नि सापकोटालाई लैजाने गरिएको भए पनि विस्तारित बैठकमा तीनजनाको सहभागितामा प्रतिवेदन तयार गर्ने प्रस्तावसमेत दुई उपाध्यक्षसमक्ष राखेको स्रोतको भनाइ छ ।
यता, विस्तारित बैठकका लागि माओवादी नेताहरू धमाधम भेला तथा प्रशिक्षणमा जुटेका छन् । माओवादी लडाकु शिविरदेखि गाउँ कमिटी तहसम्म केन्र्दीय सदस्यभन्दा माथिको स्रोतका अनुसार मगरात राज्यसमितिको बैठक पाल्पाको तानसेनमा बसिरहेको छ भने ताम्सालिङ राज्यसमितिले जिल्ला समिति स्तरसम्मको बैठक सम्पन्न गरिरहेको छ । मगरात राज्यसमिति ताम्सालिङ राज्यसमिति, नुवाकोट, रसुवा र धादिङको संयुक्त जिल्ला समिति, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, चितवन, मकवानपुर र सिन्धुलीको बैठक सम्पन्न गरिसकेको छ । लिम्बुवान राज्यसमिति र किराँत राज्यसमितिले भने भौगोलिक कठिनाइका कारण राज्यसमितिको बैठक नडाकी सबै जिल्लामा छुट्टाछुट्टै बैठकको आयोजना गर्ने भएका छन् । त्यस्तै, किराँत राज्य समितिअन्तर्गतको उदयपुर जिल्ला समितिको बैठक सकिसकेको छ । १९ गते सोलुमा अन्तिम जिल्ला समितिको बैठक बस्ने कार्यक्रम तय भएको माओवादी केन्र्दीय सचिवालयले जनाएको छ । यसैगरी १२ गते इलाम, १७ गते भोजपुरा राज्यसमिति, १३ गते मिथिला राज्यसमिति, मिथिला राज्यसमितिअन्तर्गतको जिल्ला समितिहरूको बैठक १७ गतेदेखि २१ गतेसम्म, अवध राज्यसमितिको बैठक भने १२ गते भैरहवामा डाकिएको माओवादी अवध राज्य समितिले जानकारी दिएको छ । पार्टी केन्र्दको बैठकमा अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय वैद्य र भट्टर्राईले प्रस्तुत गरेको तीनवटै प्रस्ताव र प्रस्तावउपर नेताहरूले दिएको स्पष्टीकरण सदस्यहरूलाई पढेर सुनाउने बताएका छन् ।

निष्ठाको विजय
नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनद्वारा सभापति पदमा सुशील कोइरालाको चयन भएपछि कोइरालाको विजयलाई निष्ठाको विजयका रूपमा लिइएको छ । शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा १३१७ का विरुद्ध कोइरालाले १६५२ मत प्राप्त गर्नुभएको थियो । क्षेत्रीय अधिवेशनहरूको परिणाम आउनेबित्तिकै विश्लेषकहरूले सुशील कोइरालाको पक्षमा कम्तीमा बाह्र सय, देउवाका पक्षमा सातदेखि आठ सय र खुमबहादुर खड्काको पक्षमा चारदेखि पाँच सय प्रतिनिधिहरू रहेको अनुमान गरेका थिए । कारणवश खड्काले देउवालाई र्समर्थन गर्ने स्थिति बनेपछि कोइराला र देउवाबीच तीव्र प्रतिस्पर्धा हुने विश्वास गरिएको थियो । कोइरालाले सानदार बहुमतका साथ विजय हासिल गर्नुभयो भने खड्काको साथका कारण देउवाको पराजय पनि सम्मानजनक हुन पुगेको छ । २०५९ सालमा काङ्ग्रेस विभाजन भएयता देउवाप्रति आमकाङ्ग्रेस कार्यकर्ताहरू सशङ्कित रहेका र उहाँले तीन-तीनपटक प्रधानमन्त्री बन्ने अवसर पाउनुभएकोले अधिकांश कार्यकर्ता पार्टी सभापतिको जिम्मेवारी सुशील कोइरालालाई सुम्पिनुपर्छ भन्ने पक्षमा उभिएका थिए ।
जीवनभरि पार्टी काममा मात्र सक्रिय र समर्पित सुशील कोइराला देशमै एक निष्ठावान नेताका रूपमा स्थापित हुनुहुन्छ र काङ्ग्रेसमा उहाँले धेरै कार्यकर्ताको मन जित्नुभएको विश्वास गरिन्छ । कोइरालाको विजयले पनि यही कुराको पुष्टि गरेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा देउवाको स्थिति सुदृढ हुँदै गएको ठानिएको थियो । खासगरी खुमबहादुर खड्काको साथ र तर्राईका दुई लोकप्रिय ‘फिगर’ -विमलेन्र्द निधि र चित्रलेखा यादव) लाई महामन्त्री र कोषाध्यक्षको उम्मेदवार बनाएपछि उत्पन्न तरङ्गले देउवालाई बलियो बनाउँदै लगेको ठानिएको थियो । वास्तवमा करिब आठ सय मतका धनी देउवा पहिलेभन्दा बलियो बनेको प्रमाण चुनाव-परिणामले पनि प्रस्तुत गर्यो, तर, उहाँका अनेकौं कसरत विजयी तुल्याउने हदसम्म सफल हुन सकेनन् । सुशील कोइरालाको विजयलाई अत्यन्त स्वाभाविक र जायज मानिएको छ । सभापतिका अर्का प्रत्याशी भीमबहादुर तामाङले चुनावी लहर पैदा गर्न नसक्नुको लाभ पनि सुशील कोइरालालाई नै पुगेको ठानिन्छ । तर, कोइरालाको विजयको कारण कोइराला स्वयम्को शालीन र त्यागी एवम् साधारण व्यक्तित्व पनि हो भन्न सकिन्छ ।
सभापतिमा विजय भइसकेपछि कोइरालाका चुनौतीहरू थपिएका छन् । पार्टीलाई एकताबद्ध राख्नु र अतिवामपन्थीहरूसँगको प्रतिस्पर्धामा पार्टीको भूमिका प्रभावकारी तुल्याउनुलाई कोइरालाका प्रमुख चुनौतीका रूपमा लिन सकिन्छ । पराजितहरूलाई पनि साथमा लिएर हिँड्ने उदारता कोइरालाले देखाउन सक्नुभयो भने पार्टी एकतालाई बलियो बनाउने विश्वास गर्न सकिन्छ । एकीकृत काङ्ग्रेसले मत्र लोकतन्त्र संस्थागत गर्न र मुलुकको बेथितिपूर्ण राजनीति सुधार्न सक्ने हुँदा पार्टी एकतालाई सुदृढ तुल्याउँदै देशको राजनीति माओवादी अतिवादबाट जोगाउन सक्ने सामर्थ्य कोइरालाले राख्नुहुने आशा गरिएको छ ।
पार्टीको महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा चित्रलेखा यादवको विजयलाई पनि पार्टीमा सकारात्मक रूपमा लिइएको छ । केन्र्दीय सदस्यमा पनि अधिकांश योग्य र समक्ष व्यक्तिहरू निर्वाचित भएको हुँदा काङ्ग्रेसको वर्तमान नेतृत्वले विद्यमान चुनौतीहरूको सामना गर्दै सफलता हासिल गर्न सक्ने विश्वास गरिएको छ ।

बिनाप्रचार उच्च स्थानमा †
नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा आफू उम्मेदवार भएको पदमा विजय प्राप्त गर्न सबैजसो नेताहरूले प्रचारको अनेकौं शैली अपनाए पनि एक नेताले भने बिनाप्रचार-प्रसार अत्यधिक मतका साथ विजय हालिस गर्नुभयो । सभापति, महामन्त्री र कोषाध्यक्षका उम्मेदवारहरूले आफ्नो टिमलाई विजयी गराउन आकर्षक पर्चा र एसएमएसको सहारा लिएका थिए भने सदस्यका उम्मेदवारहरूले पर्चा, नेमकार्ड साइजको प्रचार-सामग्री र फ्लेक्स प्रिन्टिङ तथा पोस्टरहरू प्रयोगमा ल्याएका थिए । यसबाहेक उम्मेदवारहरू मतदाता बसेका होटल-होटलमा पुगी मत मागेका थिए र मतदान गर्न लामबद्ध मतदाताहरूसमक्ष हात जोड्दै मत माग्ने कार्य पनि भएको थियो । सभापतिका उम्मेदवार शेरबहादुर देउवा पनि लामबद्ध मतदातासमक्ष हात जोड्दै पटक-पटक प्रकट भएका थिए । तर, काङ्ग्रेसमा प्रभावशाली मानिएका नेता खुमबहादुर खड्का भने न होटल-होटलमा पुग्नुभयो न लामबद्ध मतदातासमक्ष हात जोड्दै प्रस्तुत हुनुभयो । उहाँले एउटा सामान्य हातेपर्चा पनि छपाउनु र वितरण गर्नुभएन । महाधिवेशनकै समयमा युरिकएसिड बढेर बिरामी पर्नुभएका खड्का मतदान गर्न मात्र निर्वाचनस्थल प्रज्ञाभवन पुग्नुभएको थियो । खड्काको अवस्था र शैली हेरेर कतिले उहाँ पराजित हुने अनुमान पनि गरेका थिए । तर, परिणाम कसैले पूर्वानुमान गरेजस्तो भएन । बिनाप्रचार नै खड्का १७९१ मत प्राप्त गरेर विजयी हुनुभयो । पार्टीमा नेता खड्काको प्रभावलाई उहाँले प्राप्त गर्नुभएको मतले नै पुष्टि गरेको छ । यसरी खड्का बिनाप्रचार-प्रसार सबभन्दा बढी मत प्राप्त गरेर विजयी बन्नसक्ने नेताको कोटिमा पर्नुभएको छ । युवानेता गगन थापाले आफ्नो मिहिनेतको फल राम्ररी प्राप्त गर्नुभएको छ भने अर्जुननरसिंह केसी काङ्ग्रेसमा व्यापक जनसर्म्पर्क भएका नेताका रूपमा स्थापित हुनुहुन्छ ।

काङ्ग्रेस महामन्त्रीमा को –
नेपाली काङ्ग्रेसको सभापति, एक महामन्त्री, कोषाध्यक्ष र सदस्यहरूको चयन निर्वाचनका माध्यमबाट भइसकेपछि मनोनयन प्रक्रियाद्वारा पूर्ति गरिने महामन्त्री र उपसभापति पदमा कसको चयन होला भन्ने जिज्ञाशा पैदा भएको छ । सभापति कोइरालाका निम्ति यो मनोनयन नै सर्वाधिक कठिन विषय बन्न पुगेको छ । पराजित पक्षलाई उपसभापति र महामन्त्रीमा मनोनीत गरेर समेट्ने या निर्वाचन अभियानमा आफ्नो सहयोगी बनेका नेताहरूलाई उक्त जिम्मेवारी दिएर पुरस्कृत गर्ने भन्ने प्रश्न नै नवनिर्वाचित सभापतिका निम्ति जटिल र चुनौतीपूर्ण बन्न पुगेको छ । निर्वाचनका सहयोगीहरूलाई मात्र जिम्मेवारी दिँदा पार्टीमा एउटा ठूलै कित्ता असन्तुष्ट रहन सक्ने र पराजित पक्षलाई मनोनीत गर्दा आफ्नैहरू क्रूद्ध हुनसक्ने स्थिति रहेको छ । यतिबेला उपसभापति र महामन्त्रीका निम्ति सम्भावित नेताहरूमा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का,
रामचन्र्द पौडेल, डा. रामशरण महत, गोपालमान श्रेष्ठ, सुजाता कोइराला र झापाका कृष्ण सिटौला रहनुभएको छ । महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहनुभएकी सुजाता कोइरालाले उपसभापति या महामन्त्रीमा दाबी गर्न सक्नुहुने देखिएको छ, तर अन्त्यमा उहाँलाई सहमहामन्त्री बनाइनसक्ने सम्भावना छ । त्यस्तै, अर्जुननरसिंह केसी र डा. रामशरण महत पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै हुनुहुन्थ्यो । केसी र महत महामन्त्री पदका निम्ति योग्य पनि मानिनुहुन्छ, तर पार्टीभित्रको सन्तुलन मिलाउने क्रममा उहाँहरूको भूमिका कसरी निर्धारण हुन्छ अहिले नै भन्न सकिने स्थिति छैन । झापाका कृष्ण सिटौलासमेतले महामन्त्री बन्ने आकाङ्क्षा पाल्नुभएको बुझिन्छ । उहाँ आफ्नो मात्र पहल र प्रयासले नभए विदेशको साथ लिएर भए पनि महामन्त्रीचाहिँ बनेरै छोड्ने तयारीमा रहनुभएको बताइन्छ । सभापति सुशील कोइरालाले सदासयता राख्नुभएमा सिटौलालाई पनि सहमहामन्त्रीसम्मको जिम्मेवारी प्राप्त हुनसक्ने देखिन्छ । पराजित देउवा पक्षलाई समेट्न उपसभापति र महामन्त्री दुवै या दुईमध्ये एक जिम्मेवारी खुमबहादुर खड्का र गोपालमान श्रेष्ठलाई प्राप्त हुनसक्ने सम्भावना छ । देउवासँगको परामर्शपश्चात् सभापति कोइरालाले यस सम्बन्धमा निर्णय लिनुहुने विश्वास गरिएको छ । मनोनीत दुवै पद अर्को पक्षलाई दिएर सन्तुष्ट बनाउन सभापतिले चाहनुभएमा खड्का र श्रेष्ठले दुई महत्त्वपूर्ण जिम्मेवारी पाउनुहुनेछ । दुईमध्ये एक मात्र पद दिइने भएमा शेरबहादुर देउवाको निर्णय नै अन्तिम हुनसक्ने ठानिएको छ । यद्यपि कुनै पनि नियुक्तिको निर्णय भने काङ्ग्रेस कार्यसमितिले नै गर्नुपर्ने हुन्छ ।
काङ्ग्रेस संसदीय दलका नेता रामचन्र्द पौडेल उपसभापति पदमा नियुक्त हुन सक्नुहुने अनुमान धेरैले गरेका छन् । संसदीय दलको नेता रहनुभएका पौडेललाई उपसभापतिको जिम्मेवारी दिन आवश्यक नरहेको धारणा सुजाता कोइरालाको रहेको छ । ज्ञातव्य छ, कोइराला आफैं उपसभापति बन्न इच्छुक हुनुहुन्छ ।

अँध्यारो नेपालका निम्ति माओवादी प्रतिबद्ध †
दस वर्ष लामो हिंसात्मक युद्धका कारण क्षतिग्रस्त हुन पुगेको मुलुकमाथि अर्को एक घातक निर्णय लिएर देशलाई दशकौं पछाडि धकेल्ने प्रयास गर्नुले माओवादीको नियतमाथि गम्भीर प्रश्न उठेको छ । विदेशी लगानीबाट सुरु हुन लागेका चौध जलविद्युत् आयोजनाहरूको निर्माणकार्यमा अवरोध पुर्याउने निर्णय गरेपछि माओवादीको नियतमाथि नै शङ्का गर्नुपर्ने अवस्था सिर्जना भएको हो । विद्युत् ऊर्जाको अभावमा बाह्रै महिना लोडसेडिङको मार खेपिरहेका नेपालीमाथि माओवादी निर्णयले अर्को दुःखद् अवस्था पैदा गरिदिएको छ । पछिल्लो निर्णयले उनीहरू नेपाल र नेपालीको सुख र समृद्धिका लागि नभई केवल सकस र कष्ट दिनका निम्ति मात्र पैदा भएका हुन् कि भन्ने आभास सर्वसाधारणमा समेत गराएको छ । संसद्मा बहुमत पुर्याएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न नसक्नुको दोष छिमेकी मित्रराष्ट्र भारतमाथि लगाउँदै माओवादीले भारतीय लगानीबाट निर्माण हुन लागेका ठूला जलविद्युत् आयोजनाहरूको निर्माणमा रोक लगाउने निर्णय गर्नुले
उनीहरू सत्ताका निम्ति जस्तासुकै कदम चाल्न पनि तत्पर छन् भन्ने प्रमाणित गराएको छ । जलविद्युत् आज निर्माण सुरु गरेर भोलि उत्पादन हुने कुरा होइन । निर्माणका लागि कम्तीमा पाँचदेखि दस वर्षसम्म लाग्न सक्ने आयोजनाहरूको निर्माणमा रोक लगाएर माओवादीले देशलाई अरू कति लामो समयसम्म अँध्यारो र सङ्कटमा राख्न चाहेका हुन् बुझन सकिएको छैन । तर, माओवादी अत्यन्त गैरजिमेवार एवम् विकासविरोधी रहेको भने माओवादी निर्णयले नै पुष्टि गरिदिएको छ ।
माओवादीले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण तेस्रो, चैनपुर सेती, तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी-२, बूढीगण्डकी, तामाकोसी ३ ए, दूधकोसी, दूधकोसी-४, लिखु, फुलकोट, नामलानलगायतका आयोजनाहरूको निर्माण-प्रक्रियामा रोक लगाउने निर्णय लिएको छ । माओवादीको यस्तो निर्णयले सिङ्गै देशलाई स्तब्ध तुल्याएको छ । उनीहरूको निर्णय धरातलीय यथार्थभन्दा टाढा रहेको बताउन थालिएको छ । यसै सन्दर्भमा नेपालको अवस्थिति र अवस्था बुझेर मात्र राजनीतिक निर्णय लिइनु बुद्धिमत्तापूर्ण हुने सुझाव माओवादीलाई दिन थालिएको छ । नेपालको वास्तविकता बुझन निम्नलिखित यथार्थलाई माओवादीले आत्मसात् गर्नुपर्ने देखिएको छ । के सम्भव र के असम्भव भन्ने कुराको ज्ञान भएमा मात्र सही निर्णय लिन सकिने जानकारहरूको भनाइ छ ।
असम्भव
ड्ड हिमालय शृृङ्खलालाई दक्षिणी सिमानामा ल्याउन ।
ड्ड नदीहरूलाई दक्षिणबाट उत्तरतर्फ फर्काउन ।
ड्ड नेपालको नक्सा परिवर्तन गर्न ।
ड्ड नेपालबाट उत्पादित सम्पूर्ण विद्युत् चीन या तिब्बतले खरिद या उपभोग गर्न ।
ड्ड आफ्नै मुलुकको स्रोत र साधनको अधिकतम उपयोगबिना भौतिक एवम् आर्थिक विकास गर्न ।
छिमेकी मुलुकहरूसँग लडाइँ गरेर देशको समृद्धि उँचो तुल्याउन ।
सम्भव
ड्ड भारतीय तथा अन्य विदेशी लगानी आउनसक्ने
वातावरण बनाएर जलस्रोतको उपयोग एवम् उपभोगको उच्चतम अभ्यास आरम्भ गर्न ।
ड्ड उत्पादित विद्युत् बिक्रीको बजारका रूपमा भारतलाई सुनिश्चित गर्न ।
ड्ड विद्युत् बिक्रीको दर नेपाल लाभान्वित हुनेगरी तय गर्न ।
ड्ड विद्युत् बिक्रीबाट नेपालको अर्थतन्त्रमा अकल्पनीय परिवर्तन ल्याउन ।
सम्भव र असम्भव सत्यको उल्लिखित बुँदाका वस्तुगत विश्लेषण गर्ने हो भने तिनमा परिमार्जनको गुञ्जायस रहे पनि परिवर्तन असम्भव छ भन्न सकिन्छ । न्युजिल्याण्डले ऊन र दूध-घ्यू बेचेर आफ्नो अर्थतन्त्र धानेको छ भने खाडी मुलुकले तेल, रसियाले कोइला, युरेनियम र ग्यास बिक्रीबाट उन्नतिको ढोका खोलेको छ । चीन र जापानले औद्योगिक उत्पादनको व्यापारबाट आफ्ना अर्थतन्त्र सुदृढ तुल्याएका छन् । अमेरिकाले प्रविधिको व्यापारबाट आफूलाई आर्थिक रूपले उच्चस्थानमा राख्न सकेको छ भने बंगलादेशले कृषि र गार्मेन्टलाई आफ्नो अर्थतन्त्रको बलियो मेरुदण्ड मानेको छ । जुन मुलुकसँग जे-जस्ता स्रोत र साधन छन् तिनले त्यसैको उपयोगद्वारा आर्थिक स्थिति सबल तुल्याउने हो । हाम्रो सन्दर्भमा जलस्रोत, पर्यटन र कृषि तथा पशुपालन नै अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने अवस्था स्पष्ट छ । जललाई विद्युत् उत्पादन, सिँचाइ, पिउने पानी उत्पादन र पर्यटनको निम्तिसमेत उपयोग गर्न सकिन्छ ।
उत्तरी सीमा हिमालय पर्वत शृङ्खलाले छेकवार लगाए पनि दक्षिणको छिमेकी मित्रराष्ट्र भारत आज आर्थिक विकासको दु्रत गतिमा रहेको छ । उसलाई आवश्यक पर्ने ऊर्जा मात्र उत्पादन गरेर बिक्री गर्न सक्ने हो भने नेपालको कायापलट हुने स्थिति छ । भारतलाई चिढ्याएर होइन ऊसँग समझदारी बनाएर नै नेपालले लाभ हासिल गर्नसक्ने अवस्था रहेकोमा माओवादीले तुच्छ सत्ता-स्वार्थका लागि देशको भविष्यलाई नै दाउमा लगाउने काम गरेको छ । आफ्नो निर्णयलाई माओवादीले तत्काल सच्याएर विदेशी लगानीको वातावरण सहज तुल्याउने कार्य गर्दैन भने नेपालको विकासविरोधी दलको रूपमा माओवादी इतिहासमा अङ्कित भइरहने निश्चित छ । २०५१ सालमा नेकपा एमालेले सुरु हुनै लागेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा रोक लगाउनुको कारण आज मुलुक अँध्यारोबाट गुज्रनुपरेको छ । माओवादीद्वारा चौध आयोजनाको निर्माणमा रोक लगाउन गरिएको निर्णयले नेपाललाई दशकौंसम्म अँध्यारो बनाउन सहयोग पुर्याएको छ । त्यसनिम्ति माओवादी नेपालको इतिहासमा ‘कलङ्क’ बन्ने निश्चित मानिएको छ ।

एमालेभित्र नयाँ चलखेल
आठपटकसम्मको प्रधानमन्त्री निर्वाचनले पनि मुलुकलाई नयाँ प्रधानमन्त्री दिन नसकेपछि एमाले वरिष्ठ नेतासमेत रहेका कार्यवाहक प्रधानमन्त्री माधवकुमार नेपाललाई नै नयाँ संविधान जारी नहुन्जेल कायम गराउन एमालेका डेढ दर्जनभन्दा बढी केन्र्दीय नेता सक्रियताका साथ लागिपरेका छन् । उनीहरूले तत्काल नयाँ सरकार बन्ने सम्भावना नरहेको भन्दै शान्ति र संविधान निर्माणकार्य निष्कर्षमा पुर्याउन नेपाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिनुको विकल्प नरहेको ठहरसमेत गरेका छन् । तर, एमालेभित्रै जति सकिन्छ छिटो नयाँ सरकार बनाई नेपाल नेतृत्वको सरकारबाट मुलुकलाई मुक्त गराउने अभियान पनि चलेको छ । पार्टीभित्रै सरकार राख्ने र गिराउने खेलमा केन्र्दीय नेताहरू नै सक्रिय भएकाले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्नेभन्दा अरू कुनै निर्णयमा एमाले पुग्न नसकेको पार्टीभित्रै चर्चा चलेको छ । उच्चस्रोतका अनुसार माओवादी र एमाले शीर्ष नेताबीच भएको छलफलमा चक्रीय प्रणालीका आधारमा प्रधानमन्त्री चयन गर्ने दुई दलबीच मौखिक सहमति पनि भएको छ । चक्रीय प्रणालीमा जाँदा निश्चित अवधि तोकेर प्रमुख दलका नेताहरूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली काम गर्नेछन् । तर, यस विषयमा एमालेका प्रभावशाली नेता केपी ओलीले असहमति जनाएकोले यसको सम्भावना पनि तत्कालका लागि टरेको विश्लेषणसमेत गर्न थालिएको छ । दलहरू चक्रीय प्रणालीका आधारमा प्रधानमन्त्री बन्दा जनमानसमा गलत अर्थ र सन्देश जाने भएकोले पनि तत्कालका लागि त्यस प्रणाली उपयुक्त नहुने राय स्वयम् नेताहरूले नै दिन थालेका छन् । यी सबै घटना-विवरण हेर्दा नेपाल नेतृत्वको सरकारलाई नै निरन्तरता दिनुको विकल्प नभएको ओलीनिकट नेताहरूको भनाइ छ ।
स्रोतका अनुसार एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका दुवै दलका शीर्ष नेताबीच भएको छलफलमा २० असोजभित्र नयाँ सरकार बनाउने र त्यसमा चक्रीय प्रणालीअन्तर्गत सुरुमा तीन महिनाका लागि माओवादीले सरकारको नेतृत्व गर्ने भन्ने मौखिक सहमति भएको थियो । यसका साथै खनालले माओवादी हतियार र सेनाबाट पूर्ण रूपमा अलग पार्टी भएमा अन्य दललाई मनाउने जिम्मा एमालेको भएको बताउनुभएको थियो । हतियार र सेना रहेसम्म माओवादीको नेतृत्वमा बन्ने सरकार एमालेले जबर्जस्ती स्वीकार गरे पनि काङ्ग्रेसलगायत अन्य छिमेकी राष्ट्रले नस्वीकार्ने निश्चित भएकोले पार्टी र सेनाको सम्बन्ध व्यावहारिक रूपमै अलग हुनुपर्ने प्रस्ताव रखेका थिए । सो प्रस्ताव स्वीकार गर्दै माओवादी अध्यक्ष प्रचण्ड पार्टीबाट सेना अलग गर्राई विशेष समिति मातहत ल्याउन सहमत हुनुभएको थियो । तर, शान्तिपूर्ण ढङ्गबाट सत्तामा जान नपाए आमजनविद्रोहबाट सत्ता कब्जा गर्नुपर्छ भन्ने अडानमा रहनुभएका उपाध्यक्ष मोहन वैद्य किरणले भने अध्यक्षको सो निर्णयलाई पूर्ण रूपमा स्वीकार नगरेको स्रोतको दाबी छ । वैद्य माओवादीको मूल आधारशक्ति नै शिविरमा रहेका जनमुक्ति सेना भएकोले संविधान निर्माणअघिसम्म त्यसलाई पार्टीबाट अलग गराउन नहुने पक्षमा हुनुहुन्छ । माओवादी उपाध्यक्ष वैद्य र भट्टर्राई प्रधान शत्रु काङ्ग्रेस भएकोले सबै वामशक्ति एक ठाउँमा उभिई नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् । काङ्ग्रेसबाहेकका सबै शक्ति एक भए जस्तोसुकै परिस्थितिमा पनि नयाँ संविधान जारी हुन सक्ने उहाँहरूको तर्क छ । एमाले अध्यक्ष खनाल पनि त्यसमा सहमत छन् । तर, पार्टी निर्णयमा प्रभावकारी भूमिकामा रहेका वर्तमान प्रधानमन्त्री नेपाल र नेता ओली भने त्यस्तो पक्षमा छैनन् । उनीहरू सम्भव भएसम्म अझै आफ्नो नेतृत्वमा सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउने पक्षमा छन् । स्रोतका अनुसार नेता ओली नेपाललाई नै प्रधानमन्त्रीमा कायम राख्ने अभियानमा पछिल्लो समयमा थप सक्रियताका साथ लाग्नुभएको छ ।
ओली अभियानका सदस्य कृष्णगोपाल श्रेष्ठ काङ्ग्रेस तथा मधेसवादी दलका नेताहरूसँगको छलफलको निचोडअनुसार तत्काल नयाँ सरकार बन्ने सम्भावना नरहेकोले नेपाल नेतृत्वको सरकारको स्थायित्वबारे दलहरूसँग थप छलफल गर्नु जरुरी छैन भन्नुहुन्छ । ‘नयाँ संविधान जारी नहुन्जेल सरकार परिवर्तन हुने सम्भावना छैन, कामचलाउ सरकार भएकोले यसले काम गरिरहन्छ,’ नेता श्रेष्ठ भन्नुहुन्छ, ‘माओवादीले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएपछि नयाँ सरकारको सम्भावना तत्कालका लागि समाप्त भएको छ ।’

सेनाको कोष सदुपयोग भएको दाबी
विभिन्न क्षेत्रमा लगानी गर्ने भन्दै सैनिक अधिकृतहरूले सैनिक कल्याणकारी कोषको रकम दुरुपयोग भएको भन्ने आरोप लागिरहेको बेला कल्याणकारी कोष आयोजना निर्देशनालयले ती आरोप निराधार रहेको दाबी गर्दै कोषको रकमको सही सदुपयोग भएको बताएको छ । सैनिक जनसर्म्पर्क निर्देशनालयले मंगलबार पत्रकार सम्मेलन गरी विगतको तुलनामा कोषले उल्लेख्य प्रगति गरेको जिकिर गर्दै कोषलाई पारदर्शी बनाएको कोषका निर्देशक सहायक रथी पूर्णचन्र्द थापाले जानकारी दिनुभयो ।
शिक्षा, स्वास्थ्य, हाउजिङ बैंकिङलगायतको क्षेत्रमा कोषले लगानी गरेको छ । पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार ६० भन्दा बढी बैंकमा लगानी गरेको कोषले चितवन, पोखरा, इटहरीलगायतका जिल्लामा घरजग्गासम्बन्धी कारोबारसमेत गर्दै आएको छ । नेपाल राष्ट्रबैंकले तोकेको मापदण्ड र कोष सञ्चालन समितिको सिफारिसअनुसार बैंकिङलगायतका क्षेत्रमा लगानी गर्ने गरेको थापाको भनाइ थियो । धेरैजसो कमर्सियल बैंकहरूमा लगानी गरे पनि नेपाल विकास बैंकमा लगानी गर्न पहिले केही कमजोरी भएको हुन सक्ने थापाले बताउनुभयो । १८ करोडभन्दा बढी कोषको लगानी रहेको नेपाल विकास बैंकलाई नेपाल राष्ट्र बैंकले सही रूपमा सञ्चालन गरेर ठीक भएपछि आफ्नो सबै रकम असुल्ने उहाँको भनाइ थियो । थापाका अनुसार एक करोड रकम असुल गरिसकेको छ । निर्देशनालयका अनुसार कोषले शिक्षामा ३० करोड, स्वास्थ्यमा ३७ करोड लगानी गरेको छ । थापाले घरजग्गामा गरेको लगानी भने बताउन चाहेनन् । उनले भने, ‘घरजग्गाको कारोबार घटबढ हुने भएकोले यसमा यति नै लगानी परेको छ भन्नेबारे यकिन भन्न सकिँदैन ।’
कोषमा १६ अर्ब कुल मौज्जाद रहेको र नेपाली सेना शान्तिसेनामा गएबापत ४ अर्बभन्दा बढी आउन बाँकी रहेको थापाले जानकारी दिए । आर्थिक वर्ष ०६५/०६६ मा ९२ करोड बेरुजु देखिएको कोषको रकममा ०६६/०६७ मा २१ करोडभन्दा बढी बेरुजु फस्र्योट गरेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट भएको फाइदाबाट बेरुजु फस्र्योट गरिएको थापाले जानकारी दिए । कोषले नेपाल आर्मीका सम्पूर्ण अधिकृत तथा जवानको स्वास्थ्य बिमा तथा उनीहरूका परिवारलाई १० लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराएको पनि थापाले बताए ।

रिबन काट्दै प्रधानमन्त्रीले भने-विकास बजेट दलका नेताले भागवण्डा गरेर खाए-नरहरिराज आचार्य
असोज ७ गते, बिहान करिब १० बजेको समय । बिहानैदेखि चन्र्दनिगाहपुरमा सुरक्षा र्सतकता कडा पारिएको थियो । अन्य समयमा कम उपस्थित हुने जिल्ला ट्राफिक कार्यालयका प्रहरीहरू मुख्य राजमार्ग तथा सहायक राजमार्गमा यत्रतत्र उभिएका थिए । सशस्त्र सुरक्षा बल पिलुवाबाट एक ट्रक सुरक्षाकर्मीहरू परिचालित थिए । सुरक्षाकर्मीहरू राजमार्गमा यथास्थानमा सवारी रोकिराख्न चालकहरूलाई कडा निर्देशन दिइरहेका थिए । दुवैतर्फका सवारीहरू राजमार्गमा करिब एक घन्टा रोकिए । यत्तिकैमा प्रधानमन्त्री माधवकुमार नेपाल सिमरा विमानस्थलबाट कडा सुरक्षाघेराका साथ आइपुगे । उनले असोज ७ गते रौतहटका विभिन्न गाविसमा विद्यालय भवन, सहकारी संस्था उद्घाटन गरे, रिबन पनि काटे ।
उनले विभिन्न स्थानमा स्थलगत भ्रमण पनि गरे । रौतहट उनको गृहजिल्ला हो । २०५६ को चुनावी मैदानमा रौतहटको तत्कालीन क्षेत्र नं. १ र ४ बाट नेकपा -एमाले)को प्रतिनिधित्व गर्दै पहिलोपटक सांसद बन्ने सौभाग्य पाएका थिए । वर्तमान प्रधानमन्त्री नेपाल २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ६ बाट उम्मेदवारी दिएका थिए । सो क्षेत्रअन्तर्गत चन्र्दनिगाहपुर पनि पर्छ । तर, नेकपा माओवादीका एक इलाकास्तरका कार्यकर्ता देवेन्र्द पटेलले राष्ट्रियस्तरको व्यक्तित्व भएका नेपाललाई लज्जास्पद तरिकाले पराजित गरे । नेपालको पराजय हुनुको पछाडि के-कति कारण थिए भनिरहनुपर्दैन । आखिर जे भए पनि रौतहटवासीले आफ्नो जिल्लाको प्रतिनिधित्व गरेका माधवकुमार नेपाललाई प्रधानमन्त्रीको रूपमा पाएका छन् । यो गौरवको विषय पनि हो । नेपाल प्रधानमन्त्री भएपछि रौतहटमा चाँदीखोलानजिक रमणीय पार्क स्थल, गौर राजमार्गमा पक्की सडकलगायत विभिन्न कार्यमा करिब १० करोड रुपैयाँबराबरको विकास निर्माणका काम भइरहेका छन् । रौतहटको क्षेत्र नं. ६ र काठमाडौंको क्षेत्र नं. २ दुवैबाट नराम्रोसँग पराजय भोग्न पुगेका एमालेका महासचिव माधव नेपालले तत्काल राजीनामा दिएर राजनीतिक नैतिकता पर््रदर्शन गरे ।
वास्तवमा नेपालको राजनीतिक इतिहासमा वर्तमान प्रधानमन्त्री नेपालले सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताका लागि अनुकरणयोग्य कार्य गरेका थिए । हुन सक्छ, यही कारणले पनि दुवै क्षेत्रबाट पराजित हुन पुगेका माधवकुमार नेपाल मुलुक हाँक्ने प्रधानमन्त्री पद प्राप्त गर्न सफल भए । राजनीतिक मामिलामा नभिजिसकेका पुष्पकमल दाहाल प्रचण्डले एउटा सरकारी ओहोदाको कर्मचारीलाई हटाउन नसकेको र कार्यकारी अधिकार उपयोग गर्न नपाएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि माओवादीको सिफारिसमा मनोनीत सभासद् बन्न पुगेका नेपाललाई प्रधानमन्त्रीको चिठ्ठा परेको विदित नै छ ।
उनले सन्तपुर गाविसस्थित सुवलाल भागवत बहुमुखी क्याम्पसको उद्घाटन पनि गरे । उक्त क्याम्पसमा यसै चालू शैक्षिक सत्रदेखि विभिन्न सङ्कायमा स्नातक तहको अध्यापन सुरु गरिन लागेको छ । उक्त क्याम्पस तथा उमाविको भौतिक सहयोग स्वर्गीय भागवत चौधरीले दान दिएका हुन् । रामचन्र्द चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रधानमन्त्री नेपालले देशको विद्यमान अवस्था र दलहरूले खेलेको भूमिकाको बारेमा करिब आधा घन्टा आफ्ना तीता-मीठा विचारहरू राखे । उनले रौतहटलाई निरक्षरमुक्त जिल्लाको रूपमा परिणत गर्न सबै पक्षबाट पहल हुनुपर्ने आवश्यकतामा जोड पनि दिए । आफूले पनि रौतहटमा रहेर कक्षा १० सम्म अध्ययन गरेको बताउँदै यस जिल्लालाई निरक्षरमुक्त जिल्ला बनाउन आवश्यक भएको कुरामा पनि जोड दिएका थिए । उनले एक अर्को प्रसङ्गमा राजनीतिक दलहरूले आ-आफ्ना हठ त्यागेर नयाँ शिराबाट सहमति कायम गर्दै देश र जनताका लागि शान्ति र चाहनालाई पूरा गर्नेतर्फ कदम चाल्नु आजको आवश्यकता भएको पनि बताए । प्रधानमन्त्री नेपालले देश र जनताका लागि जुनसुकै सहमति गर्न भए पनि वर्तमान सरकार तयार छ भन्ने कुरामा शिक्षाप्रेमी, सर्वसाधारण, सहभागी कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीको ध्यानकेन्रि्दत गराएका थिए । माओवादीले अवरोध सिर्जना गराएका कारण आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको दुई महिना बितिसक्दा पनि सरकार गठन हुन नसकेको असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री नेपालले मुलुकको राजनीतिक समस्याको हलो अड्काएर गोरु चुट्ने काम माओवादीबाट भइरहेको आरोप पनि लगाए । प्रधानमन्त्री नेपालले दिनभर रौतहटका विभिन्न संस्थाका कार्यक्रममा पुगेर रिबन काट्नुका साथै मैनबत्ती पनि बालेका थिए । उनले रौतहटको सन्दर्भमा सबै सबै दल र सरकारी कार्यालयको गतिविधिप्रति तीतो यथार्थ पनि बोल्न भ्याए । उनले विकास निर्माण अपेक्षाकृत रूपमा नभएको, सरकारी कर्मचारीले जनभावनाअनुरूप सेवा दिन नसकेको, रौतहटका प्रहरीले झगडियासँग मिलेर पैसा खाने गरेकोप्रति गुनासो पनि गरे । रौतहटमा जति पनि बजेट आएको छ त्यो बालुवामा पानी हालेसरह भएको छ भन्दै उनले सरकारले रौतहटका लागि दिएको बजेट राजनीतिक दलका नेताहरूले भागवण्डा लाएर खाएको पनि बताए । प्रधानमन्त्री नेपालले रौतहट जिल्लाका राजनीतिक दलहरूप्रति पछिल्लोपटक लगाएको यो आरोपका सम्बन्धमा भने कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।
अन्त्यमा, प्रधानमन्त्री नेपाल जिल्ला बाहिरिए उही कडा सुरक्षा घेराबीच । एकजना नेकपा -एमाले) जिल्ला कमिटी सदस्यका अनुसार प्रधानमन्त्री नेपालको गृहजिल्ला दौडाहाको क्रममा कम्तीमा सुरक्षा निकाय, शुभेच्छुक, नेता कार्यकर्ताहरूको करिब ५० वटा सवारीसाधनले स्करि्टङ गरेका थिए । बिहानैदेखि प्रधानमन्त्रीको स्करि्टङमा संलग्न रहेका एक प्रहरी अधिकारी भन्दै थिए, ‘प्रधानमन्त्रीको कार्यक्रम त रिबन काट्ने र उद्घाटन गर्ने मात्रै रहेछ ।’

सशस्त्रका घुमुवा तस्करका मतियार
नेपालीहरूको महान् चाड दसैं जतिजति नजिक आउँदै छ त्यतित्यति भैरहवाका सशस्त्र प्रहरी तस्करहरूसँग मिलेर सामान पास गराउन सक्रिय बनेको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार लामो समयदेखि सीमा सुरक्षा कार्यालय भैरहवाका सशस्त्र प्रहरी नायव निरीक्षक त्यस्तो धन्दामा लागेका छन् । धेरै कार्यालयप्रमुख सरुवा भए तर र्सइ कृष्णराज ओझा भने त्यहाँबाट डगमगाएका छैनन् । बिहानैदेखि बेलहिया चौकीतिर गएर को-को व्यापारी जाँदै छन् भनेर निसाना लगाउने र्सइ ओझाले झोले व्यापारीले सामान किनेर फर्किएपछि मात्र सिकार खेल्ने गरेको बुझिएको छ ।
स्रोतका अनुसार भन्सार छली गरेर ल्याइएका सामान पक्राउ गरेपछि भन्सार कार्यालयमा नबुझाई र्सइ कृष्णराज ओझाले सस्तो मूल्यमा व्यापारीलाई बिक्री गर्ने गरेका छन् । ठूला कपडा व्यापारीको सामान आफैं गाडीमा बसेर पास गराइदिने ओझाले ती व्यापारीबाट कति रकम लिन्छन् त्यो बुझन नसकिए पनि झोले व्यापारीबाट पाँच सयदेखि एक हजारसम्म हप्तावारी उठाउने गरेका छन् । गत महिना एउटा व्यापारीको कपडा पक्राउ गर्दा अत्यन्तै महँगा साडी फेला पारेपछि र्सइ ओझाले ती साडी बुटवलको अमरपथमा रहेको एक कपडा पसललाई बिक्री गरेका थिए । चाडपर्वका समयमा नेपालमा चिनी महँगो भएका कारण झोले व्यापारीले सुनौली बजारबाट चिनी तस्करी गर्ने गरेका छन् । त्यसरी राजस्व छली गरेर ल्याइएका चिनी, जिरालगायतका सामानबाट र्सइ ओझाको नजरबाट छली हुन सक्दैनन् ।
गत हप्ता एक विधुवा चार छोरीकी आमाले टुहुरा सन्तानको पेट पाल्नका लागि सुनौलीबाट १५ किलो चिनी ल्याउँदा तिनै र्सइ ओझाको गिद्दे नजरमा परेर पक्राउमा परिन् । ती विधुवाको चिनी मात्र र्सइ ओझाले पक्राउ नगरेर उनको झोलासमेत खोसेर अभर्द व्यवहार गरेको प्रत्यक्षदर्शीले बताए । किशोरी अवस्थाका महिलाले सामान ल्याउँदा मन्दा मुस्कान दिँदै होटलहरूमा भेटघाट गर्ने र्सइ ओझाले उमेरमा पाका भएका गरिबीका कारण मैला रहेकाहरूलाई बढ्ता सताउने गरेका छन् । मासिक दुई हजार दिने र्सतमा लाइन मिलेको भनेर ती महिलाबाट र्सइ ओझाले भदौ महिनाको पैसा लिँदा एक हजार चार सय मात्र दिएका कारणले उनलाई अभर्द व्यवहार गरेको बुझिएको छ । आँखामा आँसु लिँदै ती महिलाको भनिन्- ठूला व्यापारीको गाडीमा अझै बसेर सामान पास गराइदिने र्सइसाहेवले हामीजस्ता गरिबको पेटमा लात्ती हान्ने गरेका छन् । मागेअनुसारको रकम दिएकै थियौँ तर गत महिना व्यापारमा नाफा हुन नसकेर ६ सय रुपैयाँ कम दिएकाले आफ्ना सामान, नगद खोसेर अभर्द व्यवहार गरेको उनको आरोप छ । आफूलाई सीमासुरक्षा हेर्ने एआईजी पोषराज वन्तको विशेष मान्छे भन्ने ओझाको चल्तीफुर्ती हेर्दा उनी सानोतिनो फोर्समा त्यहाँ बसेका व्यक्तिचाहिँ पक्कै होइनन् । राज्यले जुन विश्वास गरेर सीमाक्षेत्रको जिम्मा सशस्त्रलाई दिएको थियो ओझाजस्ता सशस्त्र प्रहरीका कारण सङ्गठनको बदनाम मात्र नभएर जनपदभन्दा चार गुणा भ्रष्टाचारी भएको सुनौलीवासीले भन्न थालेका छन् । गएकै हप्ता ओझाले बुटवलका एक जोशी थरका व्यापारीको गोल्डेन साडीको दररेट निमल्दा समाएर राजस्व नपर्ठाई भैरहवाको सशस्त्र प्रहरीको गन्हाउने गरी बदनाम गर्ने र्सइलाई लामो समयदेखि घुमुवा राख्नुको कारण सर्वसाधारणले बुझन नसके पनि स्वयम् र्सइ ओझाले भने आफू पोषराज वन्तको लाइनअनुसार काम गरेको भनेर निर्धक्कसँग बताउँछन् । सशस्त्र प्रहरीमा स्वच्छ छवि भनेर चर्चा गरिएका वन्त र्सइ ओझाले भनेजस्तै देखाउने र चपाउने दाँत छुट्टै भएका एआईजी हुन् भन्ने बुझन सकिएको छैन । र्सइ ओझाको मात्र होइन क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय पोखराका डीआईजी दुर्जकुमार र्राईका घुमुवा प्रहरी हवल्दार जय नेपाल पनि तस्करी सामान पास गराउन कम माहिर छैनन् । उनी मात्र नभएर डण्डाबाट खटिने बालकृष्ण रानाको व्यापार पनि लाभकै रहेको छ । राज्यको नुनपानी खाएर राजस्व छली गराएर आफू मोटाउने यस्ता सशस्त्र प्रहरीका कर्मचारीलाई विभागले अझै कति दिन मोटाउन दिने हो त्यो भने प्रतीक्षाकै विषय भएको छ ।

धादिङमा सञ्जालको शाखा गठन
नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालको धादिङ जिल्ला शाखा गठन भएको छ । असोज १० गते जिल्ला सदरमुकमा धादिङबेसीमा आयोजित एक समारोहबीच शाखाको गठन गरिएको हो । सम्पादक/प्रकाशकहरूको भेलाले राजेन्र्दप्रताप शाहको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । सो समितिमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरूमा क्रमशः रमेश आचार्य, केशव अधिकारी, रामेश्वर कर्की, राजाराम शर्मा, काजी श्रेष्ठ, रीता लम्साल, अर्जुन खतिवडा र मधु परियार सर्वसम्मत निर्णयबाट निर्वाचित हुनुभएको छ । २ जना सदस्य पछि मनोनयन गर्नेगरी निर्वाचन सम्पन्न भएको हो ।
जिल्लाबाट प्रकाशन भइरहेका १६ वटा पत्रिकाका सम्पादक/प्रकाशकको प्रथम जिल्ला अधिवेशनको अध्यक्षता जिल्ला तदर्थसमितिका संयोजक राजेन्र्दप्रताप शाहले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी भरत पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख घनश्याम अर्याललगायतका कार्यालयप्रमुखको समेत उपस्थिति थियो ।

शान्ति समाजद्वारा समवेदना
मानव अधिकार तथा शान्ति समाज कास्कीका पूर्वसभापति युवराज पहारीको असोज ६ गते मोटर दुर्घटनामा परी निधन भएको छ । नेपाली काङ्ग्रेसको महाधिवेशनका सन्दर्भमा काठमाडांै आई पोखरा र्फकनेक्रममा चितवनको दारेचोक गाविस-३, रमाइलो डाँडाबाट त्रिशूली नदीमा गाडी खस्दा पहारीसँगै शान्ति समाजका सहयोगी एवम् लोकतान्त्रिक अभियानमा सक्रिय कृष्णभक्त पराजुली र तेजप्रसाद दाहालसमेत सो घटनामा परी दिवंगत भएका छन् । २०६० देखि ०६२ सम्म शान्ति समाजको कास्की शाखा सभापति र हाल शाखा सल्लाहकार रहेका पहारीको निधनबाट मानव अधिकार तथा शान्ति समाजले एक असल मानव अधिकारकर्मी गुमाएको भन्दै शान्ति समाजले दुःख र समवेदना प्रकट गरेको छ ।

भारतीय सहयोगमा खानेपानी
सोलुखुम्बुको खुम्जुङ गाविसका खुम्जुङ र कुँडे गाउँमा खानेपानी परियोजनाका लागि भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत तीन करोड ९५ लाख अनुदान सहयोगसम्बन्धी सहमति भएको छ । गत साता भारतीय राजदूतावास काठमाडौं र जिल्ला विकास समिति सोलुखुम्बुबीच सहमति भएको हो । भारत सरकारको लगानीमा सोलुखुम्बु जिल्लामा सञ्चालन हुने यो पहिलो परियोजना हो ।
समुर्दी सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइमा रहेका खुम्जुङ र कुँडे दुर्गम गाउँहरू हुन् । यस गाउँका जनतालाई स्वच्छ खानेपानीको ठूलो समस्या रहेको र कैयौँ किलोमिटर टाढाको स्रोतबाट पानी ल्याउनुपर्ने बाध्यता छ । यी परियोजनाका कार्यान्वयनबाट ती गाउँका जनतालाई मात्र होइन कुँडे अस्पतालका बिरामी तथा सोलुखुम्बु आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई समेत स्वच्छ खानेपानी सेवा पुग्ने बुझिएको छ ।
उक्त परियोजना सम्बन्धित जिल्ला विकास समितिमार्फत कार्यान्वयन हुनेछ भने सामुदायिक सहभागिता सुनिश्चित गरी परियोजनाको प्रभावकारिता र समयमै समापनको अनुगमनका लागि स्थानीय उपभोक्ता समितिका प्रतिनिधि तथा स्थानीय विकास तथा प्रशासनिक अधिकारीहरू सम्मिलित अलग अनुगमन समिति गठन गरिएको छ ।

भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस
गत ७ गते बिहीबार राजधानीस्थित होटल र्याडिसनमा भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस मनाइयो । शिक्षामन्त्री र्सर्वेन्र्दनाथ शुक्लाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमा युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपाली, परराष्ट्रसचिव डा. मदनकुमार भट्टर्राई, शिक्षा मन्त्रालयका सचिव शङ्करप्रसाद पाण्डे, पूर्वराजदूतहरू तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूसमेत उपस्थित थिए । भारत सरकारको दुईपक्षीय सहयोग कार्यक्रमको रूपमा सन् १९६४ मा लागू गरिएको ‘आईर्टर्ीइसी’ नामले प्रख्यात भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रममा बाह्रजना नेपाली सहभागीसहितको प्रथम समूह सन् २००० मा भारत गएको थियो । केही वर्षयता आईर्टर्ीइसी कार्यक्रमअन्तर्गत सन् २००० मा छुट्याइएको १२ कोटाबाट सन् २०१० मा ९० पुर्याइएको छ भने आईर्टर्ीइसी कार्यक्रमअन्तर्गत नेपाल सरकार साथै निजी तथा सार्वजनिक क्षेत्रका व्यक्तिहरूले भारतका ख्यात्रि्राप्त संस्थानहरूबाट कम्प्युटर, इन्जिनियरिङ, पत्रकारिता, बैंकिङ, विधायकी, ऊर्जा, रिमोट सेन्सिङ, मानव संसाधन अनुशन्धान, शिक्षा, महिला सशक्तीकरण, जलविज्ञान, कानुनको कार्यान्वयन, व्यापार योजना तथा पर््रवर्द्धन, लेखा तथा वित्त इत्यादि क्षेत्रमा तालिम प्राप्त गरिसकेका छन् । सन् २००० देखि हालसम्म नेपालका लगभग ४०० सहभागीले भारतमा छोटो अवधिका पाठ्यक्रममा सहभागी भई लाभान्वित भएका छन् ।
आईर्टर्ीइसी साझेदार देशहरूबाट छानिएका उम्मेदवारहरूलाई भारतमा तालिम, परियोजना तथा परियोजनासँग सम्बन्धित क्रियाकलापहरूको सम्भाव्यता अध्ययन तथा परामर्श सेवा, भारतीय विज्ञहरूलाई विदेशमा काज, अध्ययन भ्रमणहरू र विपत्ति राहत-सहयोग गरी पाँच अङ्गमा विभक्त आईर्टर्ीइसी आपसी हितका लागि सहयोग तथा साझेदारीसँग सम्बन्धित तथा विकासोन्मुख देशहरूका आवश्यकतालाई सम्बोधन गर्ने प्रकृतिको छ ।
भारतले आईर्टर्ीइसी गतिविधिका लागि वारि्षक भा.रु. ५० करोडभन्दा बढी खर्च गर्छ भने १९६४ देखि यस कार्यक्रमअन्तर्गत छिमेकी देशहरूसहित अन्य विकासोन्मुख देशहरूलाई दुई अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको प्राविधिक सहयोग प्रदान गरिसकेको बताइन्छ । आर्थिक तथा सामाजिक चुनौतीहरूलाई सम्बोधनरत भारत आफंै एक विकासोन्मुख देश भई उक्त कार्यमा लागे तापनि विभिन्न विकासोन्मुख देशहरूको भौगोलिक तथा जलवायु र प्राविधिक विकासको अवस्थामा आफ्नो सीप र अनुभवलाई अझ सही तवरमा बाँड्न सधैं तत्पर रहेको यस कार्यक्रमले पुष्टि गरेको छ । मूलतः दुईपक्षीय कार्यक्रम भए पनि केही अवसरहरूमा अफि्रका, यूएनआईडीओ र समूह ७७ का लागि आर्थिक आयोगअन्तर्गत त्रिपक्षीय र क्षेत्रीय कार्यक्रमहरूमा आईर्टर्ीइसीका स्रोतहरू प्रयोग गरिएका छन् । आईर्टर्ीइसी तथा यसको कोरोलरी एससीएएपी -अफि्रका कार्यक्रमका लागि कमनवेल्थ विशेष सहयोग) बाट भारतको विकास अनुभवलाई बाँड्न आमन्त्रण गरेअनुरूप एसिया, पर्ूर्वीयुरोप, मध्यएसिया, अफि्रका र ल्याटिन अमेरिकाका १५६ देशहरूले भारत स्वतन्त्रताको छ दशकभन्दा अघिदेखि सहयोग पाएका छन् ।

कालाबजारियालाई जनमोर्चाले भौतिक कारबाही गर्ने
भरत दाहालको नेतृत्वमा पुनर्गठित जनमोर्चा नेपालले आफूलाई समाजमा पृथक् रूपले चिनाउने प्रयत्न गरेको आभास भएको छ । राष्ट्रिय मुक्ति आन्दोलनको शङ्खघोषसमेत गरेको उक्त पार्टीको कास्की जिल्ला समितिले नेपाली मात्रको महान् चाड दशैं र तिहारको बेला कृत्रिम अभाव सिर्जना गर्ने तथा महँगी गराउने कालाबजारिया र भ्रष्टाचारीहरूलाई भौतिक कारबाही गर्ने उद्घोष गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालालाई यसको जानकारी गराएपछि जनमोर्चा नेपाल आमजनताका समस्याप्रति संवेदनशील ढङ्गमा प्रस्तुत हुन लागेको अनुभूति गरिएको हो ।
सस्तो र सुलभ रूपमा चाड मान्न पाउने अधिकार कुण्ठित गराउने जोकोहीलाई भौतिकसम्मको कारबाही गर्ने उल्लेख गरिएको ज्ञापनपत्र जनमोर्चा नेपाल कास्की जिल्ला समितिका अध्यक्ष नरबहादुर परियारले गत बिहीबार कास्की प्रजिअ कोइरालालाई बुझाउँदा ‘जनसरोकारको विषयमा आवाज उठाएको’ भन्दै प्रजिअले जनमोर्चाप्रति ‘आभार’ प्रकट गरेका थिए । परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा दशैं-तिहारको समयमा हरेक पसलहरूमा दाल, चामल, नुन, तेललगायतका खाद्य पदार्थहरूको मूल्य निर्धारण गरी सूची टाँस्ने व्यवस्था गर्न एवम् हाँस, कुखुरा, खसी, बोका, राँगा र च्याङ्ग्राजस्ता मासुजन्य पदार्थहरूको मूल्य निर्धारण गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिन पनि जिल्ला प्रशासन कार्यालय कास्कीसँग माग गरिएको छ । ज्ञापनपत्र हस्तान्तरणका अवसरमा जनमोर्चा नेपालका केन्र्दीय उपाध्यक्ष सनतबहादुर घिसिङले बजार अनुगमनका लागि आफ्नो पार्टीद्वारा गठित स्वयम्सेवक दस्ता परिचालन हुने जानकारी दिएका थिए भने प्रजिअ कोइरालाचाहिँ कालाबजारियालाई भौतिक कारबाही गर्ने कुरामा असहमति जनाइरहेका थिए । ‘आवश्यक कारबाहीका लागि प्रशासन कार्यालय हुँदाहुँदै तपाईंहरू किन भौतिक कारबाहीमा उत्रनुपर्यो र -‘ भन्ने सवालयुक्त असहमति प्रकट गर्दै उनले कृत्रिम अभाव सिर्जना गर्ने एवम् महँगी बढाउने कालाबजारियाहरूको सूचना स्थानीय प्रशासनलाई दिन जनमोर्चा कार्यकर्तासँग अनुरोध गरे । कालाबजारियाविरुद्ध सूचना प्राप्त भएमा स्थानीय प्रशासन, उपभोक्ता मञ्च र जनमोर्चासँग समन्वय गरी कारबाही गर्ने वचन प्रजिअ कोइरालाले दिए ।
चाडबाडको मौका पारेर जथाभावी मूल्य बढाउने, कृत्रिम अभाव सिर्जना गर्ने कालाबजारियाहरूलाई त्यसो नगर्न चेतावनी दिएर जनमोर्चाले सकारात्मक कदम चालेको स्थानीय बासिन्दाले प्रतिक्रिया दिएका थिए ।

जनचेतना कार्यक्रममा एसपी थापा अभिनन्दित
महानगरीय प्रहरी परिसर ललितपुर र कुमारीपाटी जाउलाखेल व्यापार सङ्घको संयुक्त आयोजनामा गत शनिबार ‘सुरक्षा जनचेतना कार्यक्रम’ सम्पन्न भयो । दसैं-तिहारजस्ता चाडपर्व नजिक आएको र यस्तो समयमा चोरी, लुटपाट, ठगी, जुवातास, मादक पदार्थ सेवन, दुर्घटना तथा अन्य सामाजिक अपराधहरूमा वृद्धि हुने भएकोले सोको न्यूनीकरण गर्न र सर्वसाधारणलाई सचेत तुल्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको ललितपुर प्रहरी प्रमुख एसपी विक्रमसिंह थापाले जानकारी दिनुभयो । उहाँले दसैंमा सुरक्षा र्सतर्कता बढाउन भइरहेको विशेष तयारीबारे जानकारी दिँदै तत्काल घटनास्थलमा पुगी अपराधी खोज्न सक्रिय हुने ‘क्विक रेस्पोन्स’ दस्ता सुरुवातको घोषणा पनि गर्नुभयो । प्रस्ट्याउँदै उहाँले विभिन्न अपराधका साथै महँगी, कालाबजारी नियन्त्रणजस्ता कार्यमा टोल समाजका विभिन्न अङ्गहरूसँग समन्वय गर्दै प्रहरी लागिपर्ने बताउनुभयो भने अपराध नियन्त्रणका लागि अझै बलिया कानुनको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो । ललितपुरका जनताबाट प्राप्त सहयोग र सम्मानले जनताको सेवा गर्न आफूलाई थप प्रेरित गरेको एसपी थापाको कथन थियो ।
ललितपुर जिविसको सभाकक्षमा आयोजित जनचेतना कार्यक्रममा ललितपुरवासीको उपस्थितिबीच ललितपुरका सहायक प्रजिअ विष्णु पौडेलले एसपी थापाको कर्तव्यपरायणता र सक्रियताको तारिफ गर्दै थापाको कार्यकाल सुरु भएयता जिल्लामा आपराधिक घटनामा व्यापक कमी आएको बताउनुभयो । कुमारीपाटी जावलाखेल व्यापार सङ्घका अध्यक्ष पुष्परत्न शाक्यले सुरक्षा र शान्तिबिना नयाँ नेपाल नबन्ने भन्दै शान्ति-सुरक्षा कायम गराउन एसपी विक्रमसिंहले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्दै ललितपुरवासीका तर्फबाट उहाँको अभिनन्दन गर्न आग्रह गर्दा सिङ्गो हलले उठेर तालीले सम्मान व्यक्त गरेको थियो । मुलुकमा सरकार नै नभएको अनुभूति भइरहेकोे अवस्थामा ललितपुर प्रहरी लतिपुरवासीका लागि ‘टेक्ने समाउने हाँगो’ सावित भइरहेको सानेपा टोल सुधार समितिका अध्यक्ष रञ्जु खनालले बताउनुभयो भने सानेपा सामुदायिक केन्र्दका उपाध्यक्ष रुर्द जोशीले कालाबजारी नियन्त्रण र अन्य अपराध नियन्त्रणमा एसपी थापाको नेतृत्वमा ललितपुर प्रहरीले सफलता पाउने अपेक्षा र विश्वास बढेको बताउनुभयो । मंगलबजार टोलसुधार समितिका अध्यक्ष गोपाल श्रेष्ठले दसैं कतै दशा नबनोस् भन्दै प्रहरीको कदममा आफूहरूले साथ दिने वचन दिनुभयो । ललितपुर प्रहरीबाट भएका र हुन लागेका सुरक्षासम्बन्धी विभिन्न गतिविधि, अपराध नियन्त्रणका रणनीति एवम् कार्यक्रमहरूबारे डीएसपी दिनेश आचार्यले प्रस्ट्याउनुभएको थियो ।

पाँच ताराको साधारणसभा सम्पन्न
गत साता पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले भोला नाथ पाठकको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा किरणप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा दीपचन्र्द कालिका, कोषाध्यक्षमा कुमार बिमली, सचिवमा लोचनहरि प्रसार्इं, सदस्यहरूमा उत्तमप्रसाद गौतम, दीपक रिजाल, अर्चना घिमिरे र चक्रपाणि दाहाल रहेका छन् ।
त्यस्तै साधारणसभाले विभिन्न समिति पनि गठन गरेको छ । संस्थालाई सहज र सरल तरिकाले अगाडि बढाउन लेखा समिति, ऋण समिति र शिक्षा समिति गठन गरिएको छ । लेखा समितिमा उत्तम बिमली संयोजक, सहसंयोजक अवधेशकुमार पाण्डे र विनोद पराजुली सदस्य रहेका छन् ।
ऋण समितिमा किरणप्रसाद श्रेष्ठको संयोजकत्वमा दुई सदस्य उत्तमप्रसाद गौतम र अर्चना घिमिरे रहेका छन् । त्यस्तै शिक्षा समितिमा चक्रपाणि दाहालको संयोजकत्वमा दीपक रिजाल र लोचनहरि प्रर्साईं सदस्य रहेका छन् । सोही अवसरमा पाँच ताराका अध्यक्ष भोला नाथ पाठकलाई वित्तीय क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत यस वर्षको विशिष्ट नागरिक सम्मान २०६७ द्वारा सम्मान गरिएको थियो । उक्त सम्मान शान्ति तथा विकास नामक गैरसरकारी संस्थाले गरेको थियो । – नवीन उप्रेती

संविधान बन्न नसक्दा छवि धमिलोर्
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सरतसिंह भण्डारीले पर्यटन र जलस्रोतको विकासबाट नेपालमा ठूलो आर्थिक परिवर्तन हुने बताउनुभएको छ । मुलुकमा अशान्ति भएकै कारण जनताले आश गरेअनुसार विकास हुन नसकेको बताउँदै शान्ति नै नेपालीको पहिलो आवश्यकता भएको जनाउनुभयो ।
नवलपरासीको दक्षिणी सीमावर्ती त्रिवेणी-सुस्ता प्रतापपुर कुडिया गाविसअन्तर्गत रहेको धार्मिक मठमन्दिर, मस्जिदको निरीक्षणको क्रममा घटना र विचारसँगको कुराकानीमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ नेतासमेत रहनुभएका मन्त्री भण्डारीले संविधानसभाको निर्वाचनपछि नयाँ संविधान बनाउने क्रममा शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नसक्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा घुमिल हुन थालेको बताउनुभयो । उहाँले विश्वासपूर्वक शान्तिको बाटोमा सबै राजनीतिक पार्टी हिँड्नुको विकल्प नरहेको दाबी गर्नुभयो ।
एक अर्को प्रश्नको जवाफमा वरिष्ठ नेता भण्डारीले चालू पर्यटन वर्षलाई आकर्षक बनाई तर्राईमा २२ जिल्लालाई केन्र्दबिन्दु बनाई पर्यटन विकासलाई अगाडि बढाउने कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । मन्त्री भण्डारीले धार्मिक एवम् पर्यटकीय धरोहरको रूपमा रहेको त्रिवेणीधामलाई लुम्बिनी विकास क्षेत्रअन्तर्गत बृहत् गुरुयोजनामा लागू गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्ने जानकारी दिनुभयो । पार्टी कार्यकर्तासाथ निरीक्षण भ्रमण आउनुभएका मन्त्री भण्डारीको साथमा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री रामवचन यादव, लोकतान्त्रिक फोरमका केन्र्दीय सदस्य अजय शाहीसमेतका नेता तथा कार्यकर्ताले महलवारी मस्जिद, गण्डक ब्यारेजस्थित नदीको तटबन्ध निर्माणकार्य अवलोकन गरेका थिए । सो अवसरमा केन्र्दीय सदस्य शाही त्रिवेणी-दुम्कीवास अधुरो सडक निर्माण, सुस्ता समस्या समाधान, वाल्मीकि आश्रम विकास, परासी-त्रिवेणी हुलाकी सडक मर्मतसमेत १० बुँदे कार्ययोजना मन्त्री भण्डारीसमक्ष प्रस्तुत गर्नुभएको थियो । – आरपी उपाध्याय

विश्व नेपाली साहित्य महासङ्घ गठन
साहित्यकार उषा शेरचनको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा गठन भएको छ । राजधानीमा गठन भएको महासङ्घको वरिष्ठ उपाध्यक्ष नरेन्र्द पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाङ, महासचिव मोमिला जोशी, सचिव अब्दुल सलाम खान, आर्थिक सचिव राजेश्वर कार्की र आर्थिक सहसचिव यशोदा अधिकारी छन् । यसैगरी सदस्यमा डा. लक्ष्मण गौतम, विमला र्राई ‘केयरलेस’, लेखनाथ काफ्ले, रञ्जन खत्री, कृष्णराज सर्वहारी र दिवा चेम्जोङ छन् । महासचिव विश्वासदीप तिगेलाले नेपालमा बोलिने भाषाहरूका साहित्यलाई अन्तर्राष्ट्रिय डायस्पोरामा पुर्याउने उद्देश्यले स्वदेशमा पनि महासङ्घ शाखा गठन गरिएको बताए । हालसम्म रसिया, साउदी, अमेरिका, मलेसिया र नेपाल गरी विश्व नेपाली साहित्य महासङ्घको शाखा विस्तार भइसकेको बताइएको छ ।

कोरियामा झापाली सङ्गठन
दक्षिण कोरियामा रहेका झापालीको साझा सङ्गठन ‘झापा मिलन केन्र्द’को दोस्रो अधिवेशन मीनप्रकाश उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै गत ६ गते सोलमा सम्पन्न भएको छ । केन्र्दको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा दर्ुगा दाहाल, सहसचिवमा रविन श्रेष्ठ र कोषाध्यक्षमा लिजा सापकोटा रहेका छन् । त्यसैगरी सदस्यहरूमा विदुर उप्रेती र श्री खनाल रहेका छन् भने बाँकी चार सदस्य क्षेत्रगत आधारमा कार्यसमितिले चयन गर्ने बताइएको छ ।

खोटाङ अस्पताललाई सहयोग
खोटाङ जिल्ला अस्पतालको सहयोगार्थ खोटाङ सेवा समाजको आयोजनामा यही सेप्टेम्बर २२ तारिकका दिन सोलस्थित दोंगुक युनिभर्सिटीको थिएटरमा नेपालबाट आएका ख्यात्रि्राप्त कलाकारहरूको सहभागितामा खोटाङ साङ्गीतिक सौगात कार्यक्रम भव्य एवम् ऐतिहासिक रूपमा सम्पन्न भएको छ । दक्षिण कोरियाको सबैभन्दा ठूलो चाड चुसकको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम हेर्न विभिन्न उद्देश्यले दक्षिण कोरियाको विभिन्न ठूला सहर, बजार तथा गाउँहरूमा बस्दै आएका नेपाली आफ्नो कला, संस्कृति र सङ्गीतलाई माया गर्न र कलाकारहरूको प्रस्तुति हेर्न टाढाटाढाबाट समेत आएका थिए । दुर्गम पहाडी जिल्ला खोटाङ देशको राजनीतिक र भौगोलिक हिसाबले यसको विकास उचित रूपमा हुन नसकेकोले आफ्नो जिल्ला छोडेर परदेश पसेका खोटाङवासीहरूले साङ्गठनिक रूपमा खोटाङ जिल्लाको विकासलाई टेवा पुर्याउन विभिन्न कार्यक्रम गर्दै आएको र त्यही अभियानको मुख्य पाटोको रूपमा खोटाङ साङ्गीतिक सौगात रहेको कार्यक्रम आयोजक समितिले जनायो । खोटाङ सेवा समाजले १३ वर्षअघि नै दक्षिण कोरियामा नेपालबाट ख्यात्रि्राप्त कलाकार ल्याएर कार्यक्रम गरेर खोटाङ जिल्ला अस्पताललाई भौतिक सामग्री सहयोग गरी अनुकरणीय काम गरिसकेको छ ।
प्रमुख अतिथि राजदूत कमलप्रसाद कोइरालाले खोटाङ सेवा समाजले गरेका अनुकरणीय कामको प्रशंसा गर्नुभयो । नेपाली सर्म्पर्क समितिका अध्यक्ष डेबिट र्राईले खोटाङ सेवा समितिको स्थापनाकालदेखि हालसम्मको प्रगति चुनौती र जिल्लाको निम्ति गरिएका कामहरूको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा नेपालीहरू आमा इ गुम हान प्रवासी मजदुर युनियनका अध्यक्ष मिसेल, गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाका अध्यक्ष विनोद कँुवर, गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय समितिका प्रतिनिधि गंगाराज र्राईलगायतले खोटाङ सेवा समितिले आगामी दिनमा अझै धेरै काम गरेर देखाउनेमा आफूहरू आशावादी रहेको बताउँदै शुभकार्यको सफलताको शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रममा कोरियामा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने तीनजना खोटाङ सेवा समाजका सल्लाहकारहरू गंगाराज र्राई, उमेश बस्नेत, डेभिट र्राईलाई सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष हिमाल र्राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयोजक मुकुन्द र्राईले खोटाङको बारेमा स्पष्ट पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव रामकुमार र्राईले उक्त कार्यक्रमको सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रमा नेपालबाट आएका ख्यात्रि्राप्त कलाकारहरू र केही स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति देखाएका थिए कान्तिपुर टेलिभिजनकी पवन कली सो प्रस्तोता माम्पी घोसले सञ्चालन गर्नुभएको उक्त सांस्कृतिक कार्यक्रममा गायक राजेशपायल र्राई, निमा रुम्मा, गायिका मौसमी गुरुङ, लोकदोहोरी गायिका सिर्जना विरही थापा आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिलाउन सफल भएका थिए ।
– उमेश बस्नेत/विनोद पौडेल