स्तनको आकार हेरी बिलमा छुट !

स्तनको आकार हेरी बिलमा छुट !


चीनको तटीय क्षेत्रमा रहेको सहर झेजियाङ यतिबेला बेग्लै कारणले चर्चामा छ । ग्राहक तान्नकै लागि त्यहाँको एक रेस्टुरेन्टले महिलालाई ‘वस्तु’ तुल्याएर विज्ञापन गरेपछि झेजियाङ नै सनसनीपूर्ण ढङ्गले चर्चामा आएको हो । ट्रेन्डी चिरान्ट नामक रेस्टुरेन्टले विज्ञापनका लागि विभिन्न आकारका स्तन भएका महिलाको कार्टुन बनाई त्यसमुनि लेख्यो– द होल सिटी इज लुकिङ फर ब्रेस्टस् !’ अर्थात्, सिङ्गै सहरले स्तनको तलास गरिरहेको छ ! महिला कस्टमरलाई आकर्षित गर्नका लागि उक्त रेस्टुरेन्टले महिला ग्राहकले पहिरिएको ब्राको साइज हेरेर छुट दिने रणनीति अवलम्बन गरेको छ, जसअनुसार खानामा पाँचदेखि ६५ प्रतिशतसम्म छुट दिइन्छ । यस विज्ञापनपछि आफ्नो स्तनलाई आकर्षक रूपमा प्रस्तुत गरी खाना खान उक्त रेस्टुरेन्टमा महिलाको भीड लाग्ने गरेको छ भने स्थानीयवासीले चाहिँ महिलालाई भेदभावपूर्ण नजरले हेरिएको यस्तो अश्लील विज्ञापन तत्काल रोक्नुपर्ने भन्दै आक्रोश प्रकट गरेका छन् ।