राडारले गऱ्यो आत्महत्या !

राडारले गऱ्यो आत्महत्या !


आजको व्यस्त र प्रतिस्पर्धात्मक जमानामा विभिन्न टेन्सन तथा डिप्रेसनका कारण मानिसले आत्महत्या गरेका समाचार त सामान्य नै लाग्छन् । तर, जब कामको बोझका कारण कुनै रोबोटले नै आत्महत्या गर्छ भने त्योचाहिँ अनौठै विषय बन्न पुग्छ । सुन्दा ठट्टाजस्तो लागे पनि वासिङ्टन (अमेरिका)मा यो घटना घटेको छ । हुन त रोबोट मानवनिर्मित वस्तु हुनाले यसभित्र ‘भावना’ या संवेदना भन्ने तत्व हुँदैन । तथापि, अमेरिकाको एक बहुचर्चित अखबारका अनुसार वासिङ्टन हार्बर कम्प्लेक्स फाउन्डेसनले केही दिनअघि ‘द नाइट्सकोप के–५’ नामक उक्त रोबोटलाई काम लगाएको र सो क्रममा उसले आत्महत्या गरेको समाचार प्रकाशित गरेको छ । अखबारका अनुसार उक्त रोबोटलाई कार पार्किङमा पेट्रोलिङको ड्युटी दिइएको थियो । काम गर्दागर्दै अचानक दौडँदै गएर उसले सानो तलाउमा फाल हान्यो । प्रतिघन्टा २८ किलोमिटर दौडन सक्ने तथा कैयन सेन्सर अनि ३६० डिग्रीको क्यामेरासहित राडारजडित उक्त रोबोट अब निकम्मा बन्न पुगेको छ ।