संविधान सायद बन्दैन, बने पनि जल्छ ?-डा. डिल्ली ओली

संविधान सायद बन्दैन, बने पनि जल्छ ?-डा. डिल्ली ओली


नेपालमा दुई वर्ष पहिले संविधानसभा निर्वाचन भएको थियो । यसको मुख्य एजेण्डा सत्ता, कुर्सी, कमिशन, लाभको पद, भागवण्डा, आत्मकेन्दि्रत स्वार्थ थिएन । उद्देश्य थियो विश्वमै उत्कृष्ट भनिएको २०४७ को संविधानभन्दा अझ उत्कृष्ट संविधान बनाउनु । हुन त संविधान, राजनीतिक प्रणाली केही पनि होइन । मुख्य कुरा तिनका परिचालक हुन् । बेलायत संसदीय प्रणालीको जननी मात्र होइन नमुना पनि पनि मानिन्छ । तर, त्यहाँ लिखित संविधान नै छैन । संविधान कागजको खोस्टो मात्र हो । मान्नेहरूलाई श्रीखण्ड नमान्नेलाई खर्ुपाको बिँड । त्यसको राज्य सञ्चालक, राजनीतिक दल, नेता र जनताले कति पालन र उपयोग गर्छन् त्यो महत्त्वपूर्ण विषय हो । नेपालमा संविधान बनाउने भनिएको छ । त्यसका लागि तीन दल र ६०१ लाई ठेक्कापट्टा पनि सुम्पिएको छ । तर ती अर्कै मिसनमा छन् । ‘ठूला’ नेता पद र जुँगाको लडाइँमा, तिनको पार्टी आफ्नो एजेण्डा लाद्न, मझौला नेता कमिशन, एनजीओ, आईएनजीओ, ठेक्कापट्टा, सरुवा-बढुवामा र छोटे नेता मारमुङ्ग्री, दलाली, कमिशन, हप्कीदप्की र केही आत्मरतिमा छन् । दुई वर्ष पहिले यस साप्ताहिकमा कार्यकर्तालाई घोडा बनाएर छिपछिपे पानी तर्ने नेताले ठूलो जङ्घार तर्न सक्दैनन् भनेर लेखेको थिएँ । त्यो देखिँदै छ । अब संविधान सायद बन्दैन । सबैका आ-आफ्ना आग्रह, पूर्वाग्रह, लघुताभास छन् । सिङ्गो दुई वर्ष सत्ताको खेल, लुछाचुँडी, कमिशन, कर्मचारी भर्ती र सरुवा-बढुवा आफन्तको स्थापना र आफ्नो व्यवस्थामै बित्यो । तर, धन्न हामी जनता । धारामा पानी छैन -महानगरपालिका र राजधानी हो) पानी अड्डाले व्यापक अनियमितता गरिरहेको छ, बिजुली छैन, बन्दले आक्रान्त पारिसक्यो । महँगीको मापन नै छैन । जीउधनको सुरक्षा छैन । सबै ठाउँका स्टेकहोल्डरहरूले मनोमानी गरिरहेका छन् । राज्यका सम्पूर्ण निकाय र संयन्त्र अस्तव्यस्त छन् । सबैतिर पार्टीकरण छ । पार्टीभन्दा बाहिरको मानिस जनता हुँदैन । तर, हामी राजनीतिक इस्यु आयो भने सडकमा नारा लगाउने, रेलिङ भाँच्ने, तोडफोड, आगजनी गर्ने काममा तुरुन्तै सक्रिय हुन्छौँ । लाग्छ हाम्रो जन्म राजनीति गर्न मात्र भएको हो । हामी कसका लागि राजनीति गरिरहेका छौँ- एकपटक हेरौँ त – हामीले त शासक, नेता, तिनका छोराछोरी, इष्टमित्र, नातेदार, सालासाली, भान्जाभान्जी, भतिजा-भतिजी र कमिशन बुझाउनेहरूका लागि राजनीति गरिरहेका छौँ । हरेक पार्टीका नेताका क्रियाकलाप हेरौँ त सबुत प्रमाण तिनै हुन् । मह काड्ने हामी जनता हात चाट्ने अर्कै । कतै हामी सर्वोच्च नेता गणेशमान सिंहको मूल्याङ्कनभित्र त पर्दैनौँ –

हाम्रो मुलुक अहिले उल्टो दिशातिर गइरहेको छ । यहाँ मूल्य, मान्यता, नीति, सिद्धान्त कसैसँग छैन । कुनै बेला बीपी कोइरालालाई अराष्ट्रिय तत्त्व भन्नेहरू, फाँसीको सजाय माग गर्नेहरू बीपीको नाममा रोपिएका बिरुवा उखेल्दै ताण्डवनृत्य देखाउनेहरू, उनलाई आजन्म दुःख दिनेहरू, उनी र उनका नेता तथा कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेहरू लाज मानेर अहिले सच्चा बीपीभक्त भएका छन् । गिरिजा काङ्गे्रसले राजा फाल्यो भन्ने प्रतिशोधमा त्यस्ताहरूको अहिले बीपीप्रतिको हमदर्दी बुझिनसक्नुको छ । यसमा सायद कुत्सित मनसाय अर्कै छ । त्यस्तै, अस्तिका केही राजावादीहरू अहिले माओवादी भएका छन् । त्यहाँ गएर प्रतिशोध साध्ने, ढाकछोप गर्ने सुरक्षित हुने भन्दा अरू के होला र – त्यस्तै, कृष्णप्रसाद भट्टराईले २०४७ को संविधान क्रियाशील गर्नुपर्छ भन्नेबित्तिकै आफ्नो व्यवस्थाले १४ वर्ष जेल कोचेको, घृणा गरेको बिर्सर्ेेसबै पूर्वपञ्च, राजावादीहरू अहिले भट्टराईप्रेमी भएका छन् । तिनै भट्टराईले जन्माएको, हर्ुकाएको विस्तार गरेको पार्टीमा मन्त्री भइटोपलेका एकजना नयाँ जोडीले तिनै भट्टराईलाई भूत, प्रेत पनि भने । त्यस्तै, काङ्गे्रसीहरूले पार्टी कार्यालयबाट गिरिजाप्रसादको भन्दा अरूको फोटा नराखे पनि हुने भएको छ । गिरिजाप्रसादका पूर्ववर्तीहरूको योगदान र भूमिकाको त्यहाँ केही अर्थ छैन । कुनैबेला पञ्चायत छिर्न लागेका, कम्युनिष्टका दुस्मन गिरिजा अहिले नेपाली कम्युनिष्टका बेला पञ्चायत छिर्न लागेका, कम्युनिष्टका दुस्मन गिरिजा अहिले नेपाली कम्युनिष्टका ‘गडफादर’ भएका छन् । कुनैबेला पार्टीभित्र अन्तरघातीको बात लागेका, काङ्गे्रस कार्यकर्ताले त आङ सिरिङ्ग हुने नारा लगाएका मात्र होइन उनको फोटा लात्ताले हिर्काउँदै फाल्नेहरू गिरिजाको मृत्युमा साख्खै भए । त्यस्तै कुनैबेलाका गिरिजाका परम् सहयोगी नितान्त टाढा रहे । अहिले काङ्गे्रसमा बीपी, सुवर्ण, गणेशमान, भट्टराईको कुनै मूल्य र औचित्य छैन । यस्तो छ वर्तमान नेपालको राजनीतिक बनावट ।

यहाँ समाज र संस्कृति बिथोलिने अर्को दृश्य देखिएको छ । पुष्पकमल, माधव नेपाल र शेरबहादुरलाई संविधान बनाउन हतारो हुनुपर्नेमा कमल थापालाई भइरहेको छ । यी सबैका चालबाजी फरकफरक छन् । यहाँका मुख्य धारका नेताहरू संविधान निर्माणमा बेखबर छन् । उनीहरूले ६०१ लाई राजस्व सङ्कलन गर्ने काममा लगाएकै छन् । एउटी केटीले गाउँमा ‘म पोइल गैहाल्छु, बा मरिजान्छन् किन घरधन्दा चाहियो र -‘ भन्थी रे । त्यस्तै भएको छ । संविधानसभामा सबैका एजेण्डा, आग्रह छन् । संसारकै महाउत्कृष्ट संविधान भए पनि यहाँ स्वीकार्य हुने छैन । यहाँ स्वशासन, जातीय राज्य, धर्म, राज्यको भागवण्डा, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सैद्धान्तिक विषयका रूपमा देखिएका छन् । यहाँ कोही थपेको नखाने, कोही झिकेको नखाने छन् । २०४७ सालको संविधान निर्माण क्रममा विवादलाई भित्तामा ल्याउन निर्मल लामाहरूले बरु ढिला गरेका थिए । सायद अब त्यति ढिलो हुँदैन । बाह्रबुँदेजस्तै पेन्सिलले लेखेका ड्राफ्ट कतैबाट जहाज चढेर आयो भने संविधान बन्ने र सर्वस्वीकार्य होला । नत्र खुट्टी हेरेर पत्याए भने जस्तै मौजुदा स्थितिबाट केही हुने देखिँदैन । त्यसैले सायद संविधान नबन्ला । यदि बन्यो भने टाइप गर्दागर्दै जल्न सुरु हुनेछ र हाम्रो नियति जस्ताको तस्तै रहनेछ ।