राष्ट्रिय सहकारीद्वारा बाढी पीडितलाई २५ लाख प्रदान

राष्ट्रिय सहकारीद्वारा बाढी पीडितलाई २५ लाख प्रदान


राष्ट्रिय सहकारी संघ नेपालले बाढीपहिरो पिडितहरुका लागि सहयोगार्थ २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गर्ने निर्णय गरेको हो ।

संघले आफ्नो मातहतमा रहेको केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत देशभरी रहेको ३३ हजारभन्दा बढि प्रारम्भिक सहकारी सस्थाहरुलाई समेत सक्दो सहयोग उपलब्ध गराई दुखद् घडीमा हातेमालो गर्न आव्हान गरेको छ ।

संघले राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय बानेश्वरमा रहेको आफ्नो खाता नं. १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको संघको दैवी प्रकोप उद्दार कोषको खाता नं. १४२००–३४३५१–१० मा रकम जम्मा गर्नका लागि सहकारी संघ÷संस्थालाई आव्हान गरेको छ ।