एयरपोर्टमा गृहमन्त्रीको कमाण्ड !

एयरपोर्टमा गृहमन्त्रीको कमाण्ड !


राहत वितरण प्रभावकारी बनाउन गृहमन्त्री जनार्दन शर्माले एयरपोर्टमा कमाण्ड गरिरहेका छन् ।

अविरल वर्षापछि आएको वाढी पहिरोबाट प्रभावित बनेकाहरुले राहत नपाएको गुनासो बढेपछि गृहमन्त्री शर्मा एयरपोर्टस्थित राहत सामग्री भण्डार गरिएको स्थानमा पुगेर त्यहाँबाट राहत पुग्न नसकेका स्थानमा गृहमन्त्रीकै संलग्नतामा धमाधम राहत सामग्री पठाउने काम भइरहेको छ ।

गृहमन्त्रीले एयरपोर्टमै गृहसचिव, सुरक्षा निकायका अधिकारीलगायतलाई बोलाएर आवश्यक निर्देशन पनि दिने काम गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्रालयमा पर्सा रौतहटलगायतका स्थानमा हालसम्म पनि राहत सामग्री पुग्न नसकेको भन्दै गृहमन्त्री समक्ष गुनासो आइपुगेपछि राहत सामग्री पीडितसम्म पुर्याउन आफैँले अग्रसरता देखाएका हुन् ।