कृषि मन्त्रालयका कर्मचारीबाट एक करोड सहयोग

कृषि मन्त्रालयका कर्मचारीबाट एक करोड सहयोग


मुलुकभर बाढी र पहिरोबाट भएको क्षतिको उद्धार र राहतका लागि कृषि विकास मन्त्रालय मातहतका सबै कर्मचारीले आफ्नो तलबबाट १ करोड २० लाख रुपैयाँ सहयोग गरेका छन् । कृषिमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा मन्त्रालय मातहतका सबै निकायका प्रमुखको बैठकले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

जसअनुसार सचिवले पाँच दिन, सहसचिवले चार दिन, उपसचिव र अधिकृतले तीन दिन, नायव सुब्बा र खरिदारले दुई दिन तथा श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् । यसअघि मन्त्रालयले अविरल बाढी र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल राहत दिन उच्चस्तरीय समिति गठन गरी आवश्यक काम कारबाही अघि बढाइसकेको छ ।