बेलायतमा नेपाली मोडेलिङमा व्यावसायिकताको शुरूवात

बेलायतमा नेपाली मोडेलिङमा व्यावसायिकताको शुरूवात


बेलायतमा भइरहने विभिन्न विधाका प्रतियोगितामध्ये ‘यूके डान्स अफ’ नामक नृत्यमा आधारित प्रतियोगिता हो, जो बेलायतमा मनोरन्जनात्मक कार्यक्रमहरू गर्नेमा ख्याती कमाएको सपन इन्टरटेनमेन्टले सन् २०१६बाट शुरू गरेको हो । अन्य प्रतियोगितामा जस्तै विजेताहरूलार्इ केही रकम र ट्रफी दिइने परम्परालार्इ यूके डान्स अफको दोस्रो चरणबाट व्यावसायिकतामा ढालेको छ सपन इन्टरटेनमेन्टले । पहिलोपटक यूकेमा आयोजना गरेको उक्त ‘यूके डान्स अफ २०१६’ को उपाधि जेनी सुनुवारले हात पारेकी थिइन् । सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित सो प्रतियोगितमा ८ जना प्रतिस्पर्धीहरु रहेका थिए ।

प्रतियोगितामा प्रथम हुने जेनी सुनुवारले १२ सय पाउण्ड र यूकेमा प्रसारण हुने नेपाली टीभीको बक्स साथै एक वर्षसम्म निःशुल्क हेर्नको लागि सप्स्कृप्सन, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेहरुले संयुक्त रुपमा ५ सय पाउण्ड नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए। त्यसरी खासगरी बेलायतकी नेपाली युवाहरूबीच आफ्नो पहिलो वर्षबाटै ख्याती कमाउन सफल भएको यूके डान्स अफ यो वर्ष पनि उस्तै प्रकारले नृत्यहरूको प्रतियोगिता गरी सम्पन्न भएको छ । ‘युके डान्स अफ २०१७’ नाम दिइएको उक्त कम्पिटिसनमा यूके डान्स अफ २०१७ को उपाधि जसिता गुरुङले जितेकी छन् ।

गत हप्ता प्रिन्सेस हल अल्डरसटमा आयोजित उक्त प्रतियोगितामा १३ अन्य प्रतिस्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । उपाधिका साथमा जसिताले १२ सय पाउन्ड नगद हासिल गरिन् । प्रतियोगितामा फस्ट रनर अपको उपाधि महिलाहरूको समूह ‘एआइएमरूप’ ले जित्यो भने सेकेन्ड रनर भइन् सरिना गर्बुजा भइन्। दोस्रो हुने टिमले ८ सय पाउन्ड र तेस्रो विजेताले ५ सय पाउन्ड नगद जिते ।

५ सय बढीको सहभागिता रहेको उक्त कार्यक्रममा मञ्जु गुरुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् । आयोजक सपनकुमार राईले बेलायतस्थित नेपाली युवाको प्रतिभा उजागर गर्न जारी राखिएको यो प्रतियोगिता गत वर्षभन्दा उत्कृष्ट बनेको दाबी गरेका थिए ।

सोही प्रतियोगितामा आफ्ना नृत्यहरूको सफल प्रदर्शन गर्ने बिजेता जसिता गुरुङ र नायिका मेरुना मगर बेलायतमा व्यवसायिक रुपमा निर्माण हुने बिज्ञापनमा अनुबन्धित भएका छन् । भिजन संसारले ए स्टार फाइनान्सियल सोलुसन्स यूकेको विज्ञापन निर्माण गर्न जसिता र मेरुनालाई मंगलबार वेम्वलीको एस्टार कार्यालयमा औपचारिक रुपमा अनुबन्ध गरेको हो ।

यूके डान्स अफ २०१७की विजेता जसिता गुरुङले अन्य विधामा प्रस्ताव आए पनि विज्ञापन नयाँ भएकोले उत्साहित भएको प्रतिकृया दिइन् भने यसअघि नै ठूला पर्दाको फिल्ममा काम गरिसकेकी नायिका मेरुना मगर पनि बेलायतमा व्यवशायिक विज्ञापनमा खेल्न पाउनु नयाँ अवसरको रुपमा लिएकी बताइन् । त्यस्तै, भिजन संसारका निर्देशक तथा कलाकार सनम बैरागले बेलायतमा पहिलोचोटी व्यवसायिक रुपमा विज्ञापन बनाउने अवसर पाएकोमा खुशी हुँदै श्रृजनात्मक कामको लागि प्रोत्साहन दिने ए स्टारलाई धन्यवाद दिएका छन् । ए स्टार सोलुसन्सका निर्देशक मीन दर्लामीले आफूहरुको ब्राण्ड प्रमोशन मात्र नभएर समाजिक उत्तरदायित्व समेत वहन गरेको जिकीर गरेका छन् ।

बिज्ञापन अनुबन्धको हस्ताक्षर कार्यक्रममा ए स्टार सोलुसन्सका रमेश सारङ्कोटीले सहजीकरण गरेका थिए भने ए स्टारका कुमार गुरुङ, रविन्द्र श्रेष्ठ, सपन ईन्टरटेन्मेन्टका सपन राई, मन्जु गुरुङ, कलाकार सुस्मिता थापा, भिजन संसारका अभिमन्यु वैराग र दुवै कलाकारका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो । करीव एक मिनेटको विज्ञापनमा मेरुना र जेसिताबाहेक जेसन लिम्बूले पनि साथ दिनेछन् । विज्ञापनको मार्केटिङ भने साउथ ह्यारोमा रहेको एक्सप्रेस स्टुडियोे संचालन गर्दै आएको क्लिक टु रिच लिमिटेडले गर्नेछ ।

– प्रकाश केसी, लण्डनबाट