यसरी बन्यो एमाले-माओवादी गठबन्धन

यसरी बन्यो एमाले-माओवादी गठबन्धन


संसदीय प्रणालीअर्न्तर्गत प्रधानमन्त्री निर्वाचनको मैदानमा लगातार सातपटक होमिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौंपटकको निर्वाचनबाट बाहिरिने घोषणा गरेपछि प्रधानमन्त्री चयन-प्रक्रियाबाट वाक्क भएका जनतामा अब फेरि के हुने हो भन्ने आशङ्का व्याप्त हुन पुगेको छ । काङ्ग्रेस १२औ“ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिने क्रममा प्रचण्डले ‘जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट मुलुकले निकास नपाउने निश्चित भएकाले बाहिरिएको घोषणा गर्छर्ुुभनेर उद्घोष गर्नुअघि नै माओवादीको सो निर्णय सार्वजनिक भएको थियो ।
१ असोज बिहान मात्र एमालेका शीर्ष नेतास“ग तीनबु“दे सहमति गरी दिउ“सो काङ्ग्रेस महाधिवेशन उद्घाटनसभामा सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले सोही मञ्च प्रयोग गर्दै प्रधानमन्त्रीको चुनावी प्रक्रियामा आफू सहभागी नहुने
सार्वजनिक घोषणा गरेका थिए । प्रधानमन्त्रीको रेसबाट माओवादी बाहिरिएपछि यतिबेला प्रधानमन्त्री निर्वाचनको संसदीय मैदानमा काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल मात्र हुनुहुन्छ
उच्चस्रोतका अनुसार माओवादी र एमालेबीच तीनबु“दे सहमति भएको सार्वजनिक गरे पनि उनीहरूबीच दर्ुइखाले सहमति भएको बुझिन्छ । सहमतिको पहिलो बु“दाअनुसार पहिलो एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्ने रहेको छ भने यसमा सफलता नमिले या काङ्ग्रेस, मधेसवादीलगायत अन्य दलले सहयोग नगरे चक्रीय प्रणालीमा प्रधानमन्त्री चयन प्रक्रियामा जाने सहमति भएको छ । यसका लागि सातौं चरणको निर्वाचनअघि नै यी दर्ुइ दलबीच छलफल प्रक्रिया सुरु भएको थियो । उद्योगपति तथा एमाले सभासद् विनोध चौधरीको पहलमा उनकै निवासमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष खनालबीच तीन चरणमा वार्ता भएको थियो । तर, त्यो वार्तामा एमालेका प्रभावशाली नेता केपी ओलीको सहभागिता नभएकाले सफल हुन सकेन । त्यतिबेला संविधान निर्माणदेखि सेना समायोजन गर्नेसम्मको आधार र प्रक्रियाका बारेमा मितिसहित छलफल भएको सो वार्तामा सहभागी एक एमाले नेताको भनाइ छ । यता, चक्रीय प्रणालीका आधारमा प्रधानमन्त्री चयन गरिनुपर्ने प्रस्ताव एमाले नेता भरत मोहन अधिकारीले राखेका हुन् । उनको यो प्रस्तावअनुसार दलहरूबीच राष्ट्रिय सहमतिका आधार बढीमा पा“च/पा“च महिनाको फरकमा प्रमुख तीन दलले पालैपालो सरकारको नेतृत्व गर्ने रहेको छ ।
माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष्ँत्रय मोहन वैद्य, डा. बाबुराम भट्टर्राई, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र एमाले अध्यक्ष्ँ झलनाथ खनाल, केपी ओली, भरतमोहन अधिकारी, विष्णु पौडेललगायत दुवै दलका शीर्ष नेताहरूको सहभागिता रहेको गोप्य वार्तामा माओवादीले अघिसारेको बेपत्ता पारिएका नागरिकको अवस्था बुझ्न ‘बेपत्ता नागरिक छानबिन आयोग’ तत्काल बनाउने, सत्य निरूपण आयोग एक महिनाभित्र गठन गर्न एमालेले सहमति जनाएको छ । यसैगरी एमालेले अघिसार्दै आएको लडाकुलाई पार्टीस“गको सम्बन्धबाट अलग राख्ने, वाईसीएलको अर्धसैन्य संरचनाको अन्त्य, कब्जा सम्पत्ति फिर्ता, शिविरमा भएका लडाकु विशेष समितिको निर्देशनमा आउनुपर्नेलगायतका प्रस्तावमा माओवादीले सहमति जनाएको छ ।
स्रँेतका अनुसार समाजमा पुनर्स्थापना हुने र सुरक्ष्ँा अङ्गमा समायोजन हुने माओवादी सेनालाई छुट्याउने काम दर्ुइ महिनाभित्र गरिसक्ने, समायोजन र पुनर्स्थानाको काम चार महिनाभित्र गरिसक्ने दर्ुइ दलबीच समझदारी भएको छ । माओवादीका एक नेताका अनुसार दर्ुइ दलबीच भएको सहमति कार्यान्वयनको प्रक्रियमा अघि बढिसकेको छ । स्रोतका अनुसार एमाले र माओवादीबीच भएको सहमतिअनुसार नै पुरानै कार्यादेशका साथ अनमिनको म्याद चार महिनासम्मका लागि अन्तिमपटक थप गरिएको हो ।
संविधान निर्माणमा मुख्य बाधक रहेको राज्य पुनर्संरचना आयोगको विवाद पनि उच्चस्तरीय आयोगबाटै टुङ्ग्याउन एमाले र माओवादी सहमत भएका छन् । आयोगकै सिफारिसमा न्यूनतम सङ्ख्यामा प्रदेश निर्धारण गरी अघि बढ्नेसम्मको सहमति भएको छ ।
दर्ुइ दलबीच भएको सहमतिअनुसार काङ्ग्रेसलगायत अन्य दलहरूस“ग पनि छलफल गरी अघि बढ्ने निर्णय भएको छ । उनीहरूले काङ्ग्रेस सहमतिमा आउनेमाचाहि“ अझै शङ्का गरेका छन् । काङ्ग्रेसबाहेकका सबै दलहरूबीच सहमतिका आधारमा अघि जानुपर्ने उनीहरूको निष्कर्ष रहेको बताइएको छ । एमाले नेता अधिकारीका अनुसार एमालेले काङ्ग्रेसलाई पनि प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट बाहिरिएर सहमतिमा आउन आग्रह गर्दै केही चरण काङ्ग्रेसका नेताहरूस“ग पनि छलफल गरेको थियो । तर, एमाले-माओवादीबीच भएको पछिल्लो गठबन्धनप्रति सशङ्कित बनेको काङ्ग्रेस यसका लागि तयार नभएपछि माओवादीस“ग वार्ता गरी सहमतिमा पुगिएको अधिकारीले घटना र विचारलाई बताउनुभयो । एमाले र माओवादीबीच थुप्रै अनौपचारिक विषयमा पनि कुरा भएको जानकारी गराउ“दै अधिकारीले थप्नुभयो, ‘औपचारिक रूपमा बाहिर जे आएको छ, अहिले बुझ्नुपर्नेचाहि“ त्यति मात्र हो ।’ उहा“ले दर्ुइ दल पुनः छलफलमा बसी असहमतिका बा“की मुद्दा पनि टुङ्गो लगाइने सोच बनेको सङ्केत गर्दै भन्नुभयो, ‘अब काङ्ग्रेसले पनि जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट फिर्ता हुनुपर्छ ।’ एमाले संसदीय दलले त रामचन्द्रजीलाई आफ्नो उम्मेदवारी फिर्ता लिन औपचारिक आग्रह नै गरेको अधिकारीको भनाइ थियो ।
माओवादी उपाध्यक्ष्ँ नारायणकाजी श्रेष्ठले पनि अनौपचारिक रूपमा निकै मुद्दामा कुरा भए पनि औपचारिक रूपमा जारी संसदीय प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट माओवादी बाहिरिने, एमालेले नया“ प्रक्रिया सुरु नभएसम्म मतदान प्रक्रियामा भाग नलिने, राष्ट्रिय सहमतिका आधारमा नया“ प्रक्रियाको थालनी गर्ने मात्र सहमति भएको बताउनुभयो । दर्ुइ दलबीच भएको सहमतिलाई अन्य दलहरूबीच पनि लैजाने र छिट्टै सहमतिमा पुगी मुलुकलाई निकास दिने दाबी उहा“को छ । एमालेको माग र राष्ट्रिय परिस्थितिलाई बुझेर माओवादीले जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको उहा“को भनाइ थियो ।
यद्यपि माओवादी अध्यक्षका अनुसार प्रचण्ड छैटौैं चरणको निर्वाचनबाटै बाहिरिन खोजेका थिए, तर त्यतिबेला उनले उपयुक्त अवसर या बहाना नै पाएनन् । जतिपटक चुनाव हु“दा पनि प्रधानमन्त्री चयनका लागि बहुमत जुटाउन नसकिने पक्का भएपछि नै माओवादी नेतृत्व चुनावबाट बाहिरिने निष्कर्षमा पुगेको अर्का एक माओवादी केन्द्रीय सदस्यले बताए । ‘हामी उपयुक्त अवसरको खोजीमा थियौ“, त्यो एमालेस“ग भएको वार्ता र तीनबु“दे सहमतिले साकार पार्‍यो,’ उनले भने । बुझिएअनुसार आठौं चरणको निर्वाचनमा मधेसवादी दलहरू माओवादीलाई सघाउन तयार थिए, तर नगदमा बिकेको आरोप लाग्न सक्ने भएकाले उनीहरू नचाहेर पनि पुनः तटस्थ बस्ने निर्णयमा पुगे, यस परिस्थितिमा तत्काल उम्मेदवारी फिर्ता लिनुको विकल्प माओवादीले फेलापार्न सकेन र प्रचण्डले प्रक्रियाबाट बाहिरिने निर्णय लिएका हुन् । यसो गर्दा नेपाली काङ्ग्रेसलाई पनि छुट्टै दबाब पर्ने प्रचण्डको बुझाइ रहेको ती माओवादी नेताले थपे ।

ऐतिहासिक महाधिवेशन सम्पन्न
नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ । असोज १ गतेदेखि सुरु भएको महाधिवेशन नेतृत्वका निम्ति पा“च गते निर्वाचन सम्पन्न भएपछि समाप्त भएको हो । कुल तीन हजार असी प्रतिनिधिहरू रहेको महाधिवेशनमा अधिकांशले सहभागिता जनाएका थिए । काङ्ग्रेसलाई दिशानिर्देश गर्न सहयोगी हुनसक्ने ठानिएको यस महाधिवेशनमा विभिन्न नीतिगत विषयहरू प्रस्तुत भइ व्यापक छलफलपश्चात निर्णय लिइने विश्वास गरिएको थियो । तर, नीति तथा कार्यक्रम र प्रस्तुत अन्य प्रतिवेदनहरू निकै मेहनत गरेर तयार गरिएको भए पनि त्यसमा सहभागीहरूले राम्ररी छलफल गर्न भने पाएनन् । प्रतिवेदनहरू लामो र भद्दा भएका कारण सहभागीहरूको ध्यान विषयमाथि केन्द्रीत हुन सकेको थिएन भने हल र माइकको अवस्था राम्रो नभएका कारण बहस-छलफलका निम्ति वातावरण पनि प्रतिकुल थियो । त्यसैले विषयमाथि जे-जसरी छलफल भइ ठोस धारणा तर्जुमा हुनुपथ्र्यो, त्यस्तो हुन सकेन । यद्यपी प्रतिवेदनहरूमा धेरै कुराहरू समेटिएका छन् र पुराना प्रतिवद्धताहरूलाई व्यवस्थित रूपमा पुनः प्रस्तुत गरिएको छ । समग्रमा प्रतिवेदनलाई उपयुक्त नै मानिएको छ । प्रतिवेदनमा देशको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतमा रहेको काङ्ग्रेस २०६२/०६३ को जनान्दोलनको नेतृत्वदायी भूमिकामा रहेर पनि संविधानसभाको चुनावमा नराम्रोस“ग खुम्चिनु परेको हो भन्ने विषयमा मौन रहेको छ । नेतृत्वको कमजोरी र असफलता देखिने हो कि भन्ने चिन्तासहित तयार गरिएको जस्तो लाग्ने प्रतिवेदन माओवादीको आलोचनामै रमाएको महशुस सहभागीहरूले गरेका छन् ।
नीति निर्माणको विषयमा अपेक्षाकृत उपलब्धीमूलक हुन नसके पनि नेतृत्व चयनकाप्रति भने सबैले निकै चासो लिएका थिए । सभापतिमा सुशील कि शेरबहादुर भन्ने विषयमा बाहिर जति चासो र चर्चा थियो महाधिवेशन कक्षभित्र भने विवाद र बहसको विषय बनेन । कोइराला र देउवाबीच प्रस्पिर्धाको स्थिति रहे पनि महामन्त्री र कोषाध्यक्ष पदका निमित्त हुने निर्वाचनमा विमलेन्द्र निधि र चित्रलेखा यादवको विजय हुने अनुमान गर्न थालिएको थियो । तेस्रो धार बनेर झुलुक्क उदाएको भिमबहादुर तामाङको समूहले महाधिवेशनमा नामअनुसारको कुनै काम देखाउन सकेन । त्यसैले निर्वाचनमा तामाङ समूह पूर्वानुमान गरिएभन्दा पनि कमजोर प्रमाणित हुने स्थिति बन्यो ।
निर्वाचनका दिन पार्टीका ठूला नेताहरू समेत लामवद्ध कार्यकर्तासमक्ष हात जोडेर मत माग्दै गरेको दृष्य बडो रमाइलो देखिन्थ्यो । पार्टीको नेतृत्व अबचाहि“ कार्यकर्तामुखी बन्नसक्ने सङ्केत निर्वाचनका दिनको त्यही दृष्यले दिएको महसुस धेरैले गरेका छन् । यसअघि नेताविशेषलाई रिझाएर उच्चस्थान बनाउ“दै आएका कतिपय नेताहरू मत माग्दै कार्यकर्ताहरूस“ग गिड्गिडाउनु परेपछि नराम्रोस“ग विरक्तिएका थिए । तर, कार्यकर्तापंक्ति भने आफ्नो भूमिका बढेकोमा दङ्ग परेका छन् । अब कार्यकर्ताहरूप्रति चासो नराख्ने नेताको दिन काङ्ग्रेस पार्टीमा करिब-करिब सकिएको अनुभूति गरिएको छ । तथापि यसपटक पनि कतिपय नेताहरूले उम्मेदवारहरू मध्येको बेग्लै टिम बनाएर आफ्ना समर्थकहरूलाई विजयी बनाउने प्रयास भने गरेका थिए । निर्वाचन स्थल -प्रज्ञा भवन)मा कैयन नेता तथा कार्यकर्ताहरू गुप्त रूपमा कतै तयार पारिएका नामको सूचि बोकेर मतदान गर्न लामवद्ध भएका थिए । पार्टी नेताहरूबाट भएको यस्तो प्रयासमा सुशील कोइराला या शेरबहादुरलाई कति सफलता हासिल हुने हो सो भने निर्वाचन परिणामपछि मात्र स्पष्ट हुनेछ । कोइराला र देउवा दुबै पक्षले गुप्त रूपमा नामावली तयारी गरी मतदाताहरूलाई प्रभावित गर्ने कार्य गरेका थिए ।
जे होस्, यसपटक काङ्ग्रेसको महाधिवेशन अनेकौं दृष्टिले ऐतिहासिक र महत्त्वपूर्ण हुन पुगेको छ । वर्तमानमा प्राप्त उत्साहलाई व्यवस्थापन गर्न सकेमा काङ्ग्रेसको भविष्य सुन्दर र सुरक्षित रहने विश्वास गरिएको छ ।

कोइराला समूहमा को –
काङ्ग्रेस नेतृत्वका लागि भएको निर्वाचनमा पार्टीका खास-खास नेताहरुले तयार गरेको भनिएका गुप्त नामावलीहरु मतदाताको हातमा परेका थिए । अत्यन्त निष्ठावान एवम् त्यागी नेता सुशील कोइरालाले तयार गर्नुभएको भनिएको सूचि पाठकहरुको जानकारीका लागि यहा“ प्रस्तुत गरिएको छ । सूचिमा सुशील कोइरालालाई
सभापति, प्रकाशमान सिंहलाई महामन्त्री र कोषाध्यक्षमा पद्मनारायण चौधरीको नाम लेखिएको थियो भने पच्चिस सदस्यका लागि हुने खुला निर्वाचनमा तेइस सदस्यहरुको मात्र नाम लेखि दर्ुइ स्थान खाली राखिएको थियो ।
सूचिमा रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसी, डा. रामशरण महत, रामकृष्ण ताम्रोकार, कृष्ण सिटौला, सुजाता कोइराला, डा. शेखर कोइराला, डा. सशांक कोइराला, डा. नारायण खड्का, दीपकुमार उपाध्याय, चिरञ्जीवी वाग्ले, बलबहादुर केसी, चिनकाजी श्रेष्ठ, गगन थापा, चन्द्र भण्डारी, गोविन्द भट्टर्राई, रामचन्द्र तिवारी, पूर्णकुमार शर्ेमा, टेकप्रसाद गुरुङ, शुक्रराज शर्मा, भिमबहादुर श्रेष्ठ, गुरुराज घिमिरे र महेश आचार्यको नाम राखिएको थियो भने अञ्चलबाट प्रतिनिधित्व गर्ने सदस्यहरुमा सुधिर शिवाकोटी -मेची), आमोद उपाध्याय -कोसी), रामकुमार चौधरी -सगरमाथा) आनन्दप्रसाद ढुङ्गाना -जनकपुर), राजेन्द्रबहादुर अमात्य -नारायणी), नविन्द्रराज जोशी -वागमति), रघुनाथ पौडेल -गण्डकी), कृष्णचन्द्र नेपाली -लुम्बिनी), अर्जुनप्रसाद जोशी -धवलागिरी), दीपक गिरी -राप्ती), दिनबन्धु श्रेष्ठ -कर्णाली), हृदयराम थानी -भेरी), बद्री पाण्डे -सेती), दिलेन्द्र बडु -महाकाली), महिला ः सरिता प्रर्साईं, रुक्मिणी कोइराला, अनिता देवकोटा, उमा रेग्मी, कमला पन्त, मिना पाण्डे, दलित ः मानबहादुर विश्वकर्मा, जीवन परियार, प्रतापसिंह लोहार, दलित महिला ः कविता सरदार वा“तर, आशा विक, आदिवासी/जनजाति ः र्सर्ूयमान गुरुङ, दिलमान पाख्रिन र अमरसिंह पुन मगर, आदिवासी महिला ः रत्न शेरचन, सरस्वती बजिमय, मधेशी ः रामकृष्ण यादव, अजयकुमार चौरसिया, मंगलप्रसाद गुप्ता, मधेसी महिलाः युक्ताकुमारी यादव, मुस्लिम ः मो. आफताव आलम ।

सीपी पनि प्रचण्ड-पक्षमा
प्रधानमन्त्री छनोट प्रक्रिया चल्दै गर्दा आफ्नो पक्षमा मतदान गर्न पा“च करोडसहितको अफर गरेको तर आफूले सो प्रस्ताव अस्वीकार गरेकोले आफ्नो पार्टी नै चिरा पारिदिएको आरोप लगाउ“दै माओवादीमाथि सत्तोसराप गर्दै आएका माले-महासचिव सीपी मैनाली माओवादीकै कित्तामा उभिनपुगेका छन् । पछिल्लो चरणमा विकसित माओवादी-एमाले गठबन्धनप्रति पोलिटब्युरो बैठकबाटै
समर्थनमा निर्णय गराएपछि मैनालीको ‘अवसरवादी निर्णय’ सार्वजनिक भएको हो । गत आइतबार सम्पन्न नेकपा मालेको पोलिटब्युरो बैठकले ‘एमाओवादी र एमालेबीच सम्पन्न तीनबु“दे सहमति उपयुक्त’ र ‘सकारात्मक’ ठहर गरेको छ ।
यसरी माओवादी र एमालेबीच सम्पन्न तीनबु“दे सहमति ‘उपयुक्त ढङ्गले प्रयोग गरिए निकासमुखी हुनसक्ने’ ठहरमा सीपी मैनाली पुग्नुलाई उनको चरम सत्तामोही राजनीतिको एक उदाहरणका रूपमा नेतृत्व तहका माले-सदस्यहरूले नै चित्रित गरेका छन् । प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएपछि अब एमाले र माओवादी मिलेर सरकार बनाउ“छन् भन्ने बुझाइका कारण त्यसमा भाग पाउन सीपीले एमाले-माओवादी कदमको स्वागत गरेको स्रोतको दाबी छ ।
नेकपा मालेको गत आइतबार सम्पन्न पोलिटब्युरोको बैठकले प्रधानमन्त्री निर्वाचन सम्बन्धमा माओवादी र एमाले नेतृत्वबीच गत १ गते भएको तीनबु“दे सहमतिपछि उत्पन्न स्थितिबारे छलफल गरेको थियो । सहमतिको सरकार गठनका लागि पहिले शान्ति सम्झौताको कार्यान्वयन, संविधान निर्माण र सुशासनलाई सम्बोधन गर्ने साझा कार्यक्रम र त्यसलाई लागू गर्न सहमतिको राष्ट्रिय सरकारका प्रधानमन्त्रीको नाममा लिखित सहमति गरिनुपर्ने माले बैठकले ठहर गरेको छ ।

चुनाव विद्यार्थीको भिड्ने हस्तीहरू
एमाले पार्टीलाई नै प्रभावित तुल्याउन सक्ने शक्तिको रूपमा चिनि“दै आएको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २०औ“ राष्ट्रिय सम्मेलनको चटारोले अनेरास्ववियु सचिवालयलाई भन्दा पार्टी नेतृत्वलाई बढी छोएको छ । पार्टीको औपचारिक तथा अनौपचारिक छलफलमा विद्यार्थी सङ्गठनको चुनावका विषयमै चर्चा हुन थालेको छ भने ती छलफलमा देशभरबाट को-को प्रतिनिधि छानिए भन्नेमा नेताहरूले बढ्ता चासो दर्शाउने गरेको बताइएको छ । यही असोज १५ देखि १८ सम्म जनकपुरमा आयोजना हुने राष्ट्रिय सम्मेलनका लागि दर्ुइ हजारभन्दा बढी प्रतिनिधि छनोट कार्य सम्पन्न भइसकेको बताइन्छ । अनेरास्ववियु सचिवालयले जानकारी गराएअनुसार प्रतिनिधि छनोटका क्रममा विवाद देखिएका केही स्थानमा पनि आपसी छलफल गरी मिलाउने विवाद कार्य अन्तिम चरणमा पुगेको छ ।
महेन्द्र संस्कृत र सीर्टर्ीइभीटीलगायत केही सङ्गठनमा विवाद देखिएको छ । ती विवादित ठाउ“हरूमा नेतृत्वले आफूनिकट प्रतिनिधि ल्याउन र सोहीअनुसार विवाद मिलाउन चर्को दबाब दिने गरेको अनेरास्ववियु स्रोतको दाबी छ ।
त्यस्ता विवादित ठाउ“बाट आफूनिकट प्रतिनिधि चयनकर्ता अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले विशेष सक्रियता देखाएका छन् । अखिलको २०औ“ राष्ट्रिय सम्मेलनभर अध्यक्ष खनाल र उपाध्यक्ष गौतमको कोटाबाट वर्तमान उपाध्यक्ष शोभियत ढकालले अध्यक्षमा आफ्नो उम्मेदवारी दिने बताएका छन् । युवा सङ्घ नेपालको चुनावमा आफूभन्दा फरक धार अङ्गालेका उम्मेदवार महेश बस्नेत
विजयी बनेकाले विद्यार्थी सङ्गठनमा चाहि“ त्यस्तो हुन नदिन ढकाललाई जिताउन उनीहरूले विशेष सक्रियता देखाएका छन् । आफ्ना सर्म्पर्कमा रहेका विद्यार्थी नेताहरूलाई पार्टीको आधिकारिक उम्मेदवार शोभियत ढकाल भएकाले उसलाई कुनै पनि हालतमा जिताउनुपर्छ भन्दै दबाब दिन थालेका छन् । स्रोतका अनुसार खनालले प्रत्येक रात विद्यार्थी नेताहरूस“ग फोन सर्म्पर्क गरी चुनावी माहोल र प्रतिनिधिहरूका बारेमा बुझन छुटाउ“दैनन् ।
यता सङ्गठनमा निकै बलियो पकड रहेका वर्तमान महासचिव एवम् अध्यक्षका उम्मेदवार माधव ढुङ्गेललाई पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री माधव नेपाल र प्रभावशाली नेता केपी ओलीको साथ रहेको बुझिएको छ । गाउ“ कमिटीदेखि नै विद्यार्थी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गर्दै महासचिव बनेका ढुङ्गेलको विद्यार्थी सङ्गठनमा राम्रो प्रभाव रहेको देखिएको छ ।
सङ्गठनमा ढुङ्गेलको प्रभाव देखेर एमाले महासचिवर् इश्वर पोखरेल ढुङ्गेल र ढकालमध्ये कसलाई सहयोग गर्ने भन्नेमा खुलेका छैनन् । तर, आफूनिकट नेताहरूस“ग विद्यार्थी सङ्गठनमा ढुङ्गेलको राम्रो पकड रहेकाले उनैले चुनाव जित्ने पक्का रहेको उनले बताउ“दै आएका छन् । स्रोतमा अनुसार पोखरेलले ढुङ्गेलको तुलनामा ढकाल निकै कमजोर उम्मेदवार भएकाले ढुङ्गेललाई नै सहयोग गर्नुपर्ने धारणा अध्यक्ष खनालस“ग पनि राखेका थिए त – खनालले सहमति जनाएपछि पोखरेल मौन बस्न बाध्य भएका हुन् । अध्यक्ष खनालले जनकपुर अञ्चल संयोजक रामचन्द्र झालाई पार्टीको आधिकारिक लाइन बोकेमा व्यक्तिलाई जिताउने भूमिका खेल्न निर्देशन दिएका छन् । खनालले ढकाललाई जिताउन पूर्वविद्यार्थी नेताहरूलाई समेत प्रयोग गरेको सम्बद्ध नेताहरूको कथन छ ।
तर, देशभर ढुङ्गेलको पक्षमा महोल रहेकाले यसपटक पनि झलनाथ पक्षको हार हुने निश्चित रहेको दाबी गरिएको छ । सङ्गठनप्रति आस्था बोकेका कोही पनि ढुङ्गेलविरुद्ध नलाग्ने प्रायः निश्चिय रहेको बताएका छन् । ढुङ्गेल यसअघि रामकुमारी झा“क्री अध्यक्षमा विजयी हु“दा विपक्षी समूहबाट महासचिव बनेकाले पनि यसपटकको ढुङ्गेल नै बाजी मार्ने विश्लेषण गरिएको छ ।
पार्टीको संस्थापन पक्षका व्यक्तिका रूपमा चिनिएका ढकाल पृथ्वीनारायण क्याम्पसका सभापति हु“दा आर्थिक अनियमितता गरेकोलगायतका आरोपबाट अछुतो छैनन् ।
स्रोतका अनुसार ढुङ्गेललाई अध्यक्षमा जिताउन प्रधानमन्त्री नेपाल र नेता ओली पनि सक्रियता रूपमा लागिपरेका छन् । ढुङ्गेललाई अनेरास्ववियुको अध्यक्षमा जिताउन केन्द्रीय कमाण्ड नै खडा गरिएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् सङ्गठनका पूर्वमहासचिव भानुभक्त ढकाल, पूर्वअध्यक्ष हिक्मत कार्की, काभे्र जिल्ला अध्यक्ष गोकुल बास्कोटा, प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार राजन भट्टर्राईलाई सक्रिय रूपमा परिचालन गरिएको छ । त्यस्तै संस्थापन पक्षले रवीन्द्र अधिकारी, रूपनारायण श्रेष्ठ, ठाकुर गैरे, रामुकमारी झा“क्रीलाई जिम्मेवारी दिएको बताइन्छ ।
दर्ुइ प्यानलको रूपमा चुनावी मैदानमा उत्रने तयारीका साथ जुटेका दुवै अध्यक्षका प्रत्याशीले आ-आफ्नो टिमसमेत बनाएका छन् । संस्थापन पक्षबाट अध्यक्ष बन्न लागेका ढकालले आफ्ना अन्य पदाधिकारी छनोटमा विवाद देखिएपछि टिमलाई पूर्णता दिन सकेका छैनन् । तर, उनी उपाध्यक्षमा नवीना लामा र शिवानी गुरुङ गुट एकलाई उपाध्यक्ष र महासचिव नरबहादुर थामी, सुधीर शाह, लक्ष्मण लम्सालमध्ये एकलाई बनाउने तयारीमा छन् ।
त्यसैगरी नेपाल र ओली समूहमा अध्यक्ष ढुङ्गेल प्यानलबाट उपाध्यक्षमा वचन सिंह, भीम र्राईमध्ये एकलाई राख्ने भएका छन् भने महासचिवमार् इश्वरविक्रम मल्ल, सचिवमा रचना खड्का, नवराज पौडेल, सरोज यादवमध्ये एकलाई बनाउने तयारीमा छन् ।
यसैगरी सचिवालय सदस्यहरूमा पूर्वाञ्चलबाट वसन्त थापा, मञ्जु भण्डारी, लोक चेम्जोङ, रोशन शाक्य, डिल्ली र्राई, मध्यमाञ्चलबाट महेश बर्तौला, सरोज दास, आरती लामा निरञ्जन झा, सुदूरपश्चिमाञ्चलबाट महेश पन्त, मोहन नायक, विष्णु चन्द, मध्यपश्चिमाञ्चलबाट विवेक श्रेष्ठ, दीपा शाक्य, नेत्रविक्रम बस्नेत, पश्चिमाञ्चलबाट रश्मी आचार्य, बाबुराम पन्थीलगायतले उम्मेदवारी दिने तयारी गरेका छन् । यसैगरी खुलाबाट सचिवालय सदस्यहरूमा शैलजा लामा, श्रीराम बजगाईं, ऐन महरा, सीपी र्घर्ती, नीलकष्ठ आचार्य, विष्णुहरि पाण्डे, पुरुषोत्तम क“डेरिया, तुल्सी मैनाली, अशेष घिमिरे, सन्तोष केसी, थोमस बास्तोला, राजकुमार र्राई, विपिन लामालगायतले आफ्नो उम्मेदवारी दिने तयारी गरेका छन् ।
सङ्गठनलाई महासचिव ढा“चामा लैजाने भएकाले २७ सचिवालय सदस्यीय सङ्घ बढाएर ४१ सदस्यीय बनाउने तयारी भएको छ भने सम्मेलनको तयारी अन्तिम चरणमा पुर्‍याइएको अनेरास्ववियुले जनाएको छ ।

साना दलस“ग प्रचण्डको गुहार
मुलुककै ठूलो दलको दर्जा दि“दै ‘राष्ट्रिय समस्या समाधानका लागि माओवादीले पहलकदमी लिनुपर्ने’ सल्लाह कतिपय ‘शुभचिन्तकबाट’ पाएपछि फर्ुर्किएका प्रचण्ड आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने चक्करमा दलका नेताहरूलाई भेट्न थालेका छन् । उनले गत २ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष्ँ नारायणमान बिजुक्छेलाई भक्तपुरमै पुगेर भेट गरी यो क्रमको सुरुवात गरेका छन् ।
एमालेस“गको रहस्यमयी सहमतिपछि प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट बाहिरिने घोषणा गरेका प्रचण्डले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलस“ग छुट्टाछुट्टै र संयुक्त छलफलबाट राजनीतिक सहमतिको निकास निकाल्ने अठोट गरे पनि साना दलहरूस“ग छलफल गरिसक्दा उनले कुनै उपलब्धि भने हात पार्न सकेका छैनन् । स्रोतका अनुसार साना दलका नेतासमक्ष ‘भारतीय शक्तिकेन्द्रले आफूलाई प्रधानमन्त्री बन्न नदिएको’ पुरानो रट लगाउ“दै गुनासो गरेका प्रचण्डको ‘गुहार’प्रति साना दलले ‘दया’ देखाए पनि भारतकै कारण सरकार बन्न नसकेको उनको दाबीलाई उनीहरूले हल्का रूपमा लिएका थिए । तथापि, साना दलका नेताहरूस“ग ‘राजनीतिक सहमतिबाटै भारतको इच्छा चकनाचुर पार्न आफूले जारी निर्वाचन-प्रक्रियाबाट बाहिरिने घोषणा गरेको’ कुरा गर्वका साथ बताएका थिए । ‘तपाईंले उम्मेदवारी फिर्ता लिएपछि भारतको इच्छा कसरी चकनाचुर हुन्छ नि -‘ भन्ने एक नेताको सवालमा भने प्रचण्ड अनुत्तरित रहेको स्रोतले जनायो । एमालेस“ग भएको सहमतिलगत्तै हतार-हतार काङ्ग्रेस महाधिवेशन उद्घाटन सभामा उम्मेदवारी फिर्ताको घोषणा गर्नुको खास कारणचाहि“ प्रचारका निम्ति काङ्ग्रेसी सभा आफूलाई उपयुक्त लागेको प्रचण्डले बताएका थिए । यसैबीच प्रचण्डको उम्मेदवारी फिर्ता घोषणालाई माओवादीका केही शीर्ष नेताहरूले ‘केटाकेटीपन’ भन्दै आलोचना गरेका छन् ।

किशुनजी गम्भीर
नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईको स्वास्थ्यस्थिति अत्यन्त नाजुक हुन पुगेको छ । उहा“ दर्ुइ दिनअघि भक्तपुरको सा“गानजिकै एक आयर्ुर्वेदिक उपचार केन्द्रमा आफ्नो उपचारको निम्ति जानुभएको थियो । भनिन्छ, भट्टर्राईले लामो समयदेखि उक्त आयर्ुर्वेदिक उपचारकेन्द्रमार्फत आफ्नो उपचार गराउ“दै आउनुभएको थियो । यसपटक उपचारका निम्ति त्यहा“ जानुभएका भट्टर्राईको स्वास्थ्यमा सुधार आउन सकेको छैन । सोमबार सा“झदेखि उहा“ले केही फलफुलको रसबाहेक कुनै पनि खाद्यपदार्थ ग्रहण गर्न नसक्नुभएको निकटवर्तिहरूले बताएका छन् । उहा“ पहिलेभन्दा शारीरिक रूपमा कमजोर र दुर्वल बन्नुभएको जानकारी पनि सम्वद्ध सूत्रले दिएको छ ।
नेपाली काङ्ग्रेसको -बाह्रौं) महाधिवेशनमा सहभागिताको निम्ति प्राप्त निमन्त्रणालाई गम्भीर ढङ्गले असहमति जनाउ“दै उपस्थित हुन अस्वीकार गर्नुहुने कृष्णप्रसाद भट्टर्राईले काङ्ग्रेसले पछिल्लो वर्षहरूमा अख्तियार गरेको नीति, विचार र सिद्धान्तप्रति विमति जनाउ“दै आउनुभएको छ । काङ्ग्रेसले वीपी कोइरालाद्वारा स्थापित मान्यता भङ्ग गरेको निष्कर्षमा पुग्नुभएका भट्टर्राईले महाधिवेशनको पूर्व सन्ध्यामा काङ्ग्रेसबारे अत्यन्त गम्भीर टिप्पणी गर्नुभएको थियो । आफैंले स्थापना गरेको पार्टीको महाधिवेशनमा किशुनजी उपस्थित मात्र हुनुभएको भए पनि त्यसले बेग्लै असर छोड्ने
ठानिएको थियो । तर, उहा“ले महाधिवेशन एकप्रकारले बहिष्कार गर्नुभयो । काङ्ग्रेस महाधिवेशन भइरह“दा किशुनजी गम्भीर ढङ्गले अस्वस्थ हुनुभएको छ तर उहा“ले नै स्थापना गर्नुभएको पार्टीका नेता तथा कार्यकर्ताहरू भने यसबारे बेखबर छन् ।

मधेसवादीमा छटपटी
आठौं चरणकोे प्रधानमन्त्री निर्वाचनबाट माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएलगत्तै मधेसवादी दलहरू भावी योजना तय गर्न जुटेका छन् । जुन दलको नेतृत्वमा सरकार बने पनि सत्ताको स्वाद चाख्न पल्किएका मधेसवादी दलहरू आगामी समीकरणमा आ-आफ्नो भूमिका र सरकारमा सहभागिताबारे टुङ्गो लगाउन आन्तरिक बहसमा जुटेका हुन् । माओवादी र मधेसवादी दलहरू एक हु“दा बहुमतको सरकार सजिलै बन्ने सम्भावना रहे पनि तत्कालका लागि त्यो टरेकाले अब हुने नया“ समीकरणमा आफ्नो भूमिकाको खोजीमा लागेका हुन् ।
माओवादीस“ग मात्र सहकार्य गरेर अघि बढ्दा बहुमतको सरकार बन्ने र त्यसमा निर्णायक शक्तिका रूपमा आफूहरू रहने ताकमा मधेसवादी दलहरू माओवादीस“ग बार्गेनिङ गरिरहेका थिए । तर, माओवादीले एमालेस“ग तीनबु“दे सहमति गरी अप्रत्यासित रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेपछि उनीहरूको योजना हावाको घरजस्तै बन्यो र मधेसी नेताहरू आक्रोशित हुन पुगे । स्रँेतका अनुसार काङ्ग्रेस महाधिवेशनलगत्तै माओवादीस“ग अन्तिम छलफल गरी आठौंपटकको प्रधानमन्त्री निर्वाचनलाई निर्णायक बनाउने योजना मधेसवादी दलहरूको थियो । मधेसवादी दलका केही सभासदहरूले माओवादीबाट नगद लाभ लिएर उनीहरूको पक्षमा वकालत गरेको आरोपसमेत लागिरहेको थियो । तर, प्रधानमन्त्री चयन प्रक्रियामा पैदा भएको गतिरोध अन्त्य गर्न चारवटै मधेसवादी दल सहमत भएका थिए ।
उच्चस्रोतका अनुसार मधेसवादी दलहरू पहिलो चरणमा आन्तरिक छलफल गर्ने र पछि मोर्चाको बैठक बसी संयुक्त धरणा तय गर्ने योजनामा छन् । यसका लागि सातौंपटकको प्रधानमन्त्री निर्वाचनका क्रममा मोर्चाको निर्णयप्रति असहमत हु“दै बाहिरिएको मधेसी जनअधिकार फोरम मोर्चामा पुनः सामेल हुने बताइएको छ । पछिल्लो समयमा फोरम अध्यक्ष उपेन्द्र यादवले आफू मोर्चाबाट नभई उसको निर्णयमा असहमत भएकाले बाहिरिएको तर्क दि“दै आएका छन् । अर्का फोरम नेता जेपी आनन्दका अनुसार प्रधानमन्त्री चयन र त्यसमा पार्टीको सहभागिताबारे भावी योजना तय गर्न छिट्टै केन्द्रीय कमिटीको बैठक बसी निर्णय गरिनेछ । आठौं चरणको निर्वाचनबाट मुलुकले प्रधानमन्त्री पाउने आशा गरिएकोमा त्यो सम्भव नहुने पक्काजस्तै भएकाले नया“ योजना तय गर्ने निर्णयमा फोरम पुगेको उनको कथन छ ।
लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार पनि नया“ सरकार निर्माणबारे पार्टीले छिट्टै नया“ धारणा सार्वजनिक गर्ने बताउ“छन् । माओवादी र एमालेबीच भएको तीनबु“दे सहमतिभित्र धेरै कुरा लुकेको गच्छदारको भनाइ छ । ठूला दलले मधेसवादी दललाई बाइकट गरेर जान लागेको आरोप गच्छदारले लगाए । कथम् त्यसो गरिए मुलुकमा नया“ दुर्घटना हुने चेतावनी दिन्छन् उनी ।
अर्को एक स्रोतका अनुसार मधेसवादी दलहरू नया“ समीकरणमा आफ्नो वर्चश्व स्थापित गर्न बार्गेनिङका रूपमा मधेसका ‘बासी मुद्दा’लाई फेरि ब्यु“त्याउने खेलमा जुटेका छन् । सरकार परिवर्तनपिच्छे मधेस-मुद्दा चर्काएर सत्तामा पुग्न सफल यी दलहरू नया“ समीकरणमा झन् घनीभूत ढङ्गले माग तेर्स्याउने योजनामा छन् । तमलोपा सहअध्यक्ष हृदयेश त्रिपाठीका अनुसार निर्णय जे गरे पनि संयुक्त रूपमै हुने र केहीलाई छोडेर मूलधारका मधेसवादी दलहरू मधेस-मुद्दामा एक ठाउ“मा उभिने छन् । राष्ट्रिय सहमतिका लागि मधेसवादी दलले पनि त्याग गर्नसक्ने उनको कथन छ भने तीन दलको रणनीति नियालेर मात्र मधेस-मोर्चा ठोस निष्कर्षमा पुग्ने सङ्केत मिलेको छ ।

कार्की जोगाउन बिचरा वामदेव एक्लै
सङ्घीय लोकतान्त्रिक नेपालको संविधान बनाउने महत्त्वपूर्ण जिम्मेवारीका साथ संविधानभामा पुगेका एमाले सभासद् डीबी कार्कीले अब संविधान बनाउन नपाउने निश्चितजस्तै छ । संविधान बनाउने कार्यलाई तिलाञ्जली दिएर रातारात धनाढ्य बन्ने मोहमा घुसखोरी कारोबारमा संलग्न भएपछि सभासद् कार्की संविधान निर्माण गर्ने अवसरबाट वञ्चित बन्न पुगेका हुन् । प्रहरी निरीक्षक बनाउने भन्दै सर्वसाधारणबाट मोटो रकम असुल्ने धन्दामा सरिक भएको अभियोग लागेका कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात नियन्त्रणमा लिएको थियो ।
कार्की प्रकरणमा अनुसन्धान गर्न एमालेले गठन गरेको अनुशासन आयोगले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले कार्कीलाई दोषी ठहर्‍याई पार्टीको सङ्गठित सदस्य र अखिल नेपाल किसान महासङ्घको स्थायी समिति सदस्यबाट समेत निलम्बन गर्न केन्द्रलाई सिफारिस गरेको छ । सभासद् पदबाट भने अख्तियारको निर्णयपछि मात्र के गर्ने भन्नेबारेमा केन्द्रलाई सिफारिस गर्ने आयोगका संयोजक अमृत बोहोराले बताउनुभयो ।
तत्कालका लागि एमालेको पहलमा सभासद् पद जोगाउने चेष्टा गरिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने सभासद् पद खारेजीका मागसहित पा“च लाख जरिवाना र साढे चार वर्षको कैद सजाय हुनुपर्ने गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्की प्रकरणलाई लिएर एमाले पोलिटब्युरो बैठकमा निकै चर्काचर्कीसमेत भएको थियो । विष्णु पौडेल, प्रदीप ज्ञवाली, हिक्मत कार्की, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाललगायतका एमाले नेताहरूले कार्कीलाई कारबाही गरेर पार्टीको छवि जोगाउनुपर्ने आवाज चर्कोस“ग उठाएका थिए भने वामदेव गौतम एक्लै कार्कीलाई कारबाही गर्न नहुने पक्षमा उभिएका थिए । उनलाई कारबाही गर्ने हो भने अरू नेताहरूमाथि पनि छानबिन हुनुपर्ने गौतमको जिकिर थियो । अध्यक्ष खनालले चाहि“ अख्तियारको फैसलापछि मात्र निर्णय गर्ने भन्दै आफूलाई विवादबाट जोगाउन खोजेका थिए । खनालले अनुशासन आयोगले दिएको रिपोर्टलाई आफ्नो घर्रामा थन्क्याएर हालका लागि कार्की-प्रकरणको पटाक्षेप गर्ने निस्फल प्रयत्न गरेका छन् ।

दलका नेता नै चोरीका गाडीमा
चोरीका सवारीसाधन नियन्त्रण कार्यमा तदारुकता देखाइएको र पछिल्ला दिनमा निकै हदसम्म सफलता मिलेको दाबी प्रहरीले गरिरहेकै परिवेशमा रौतहट एमालेका जिल्ला कमिटी सदस्य विनोद पटेल चोरीको भारतीय गाडीमा सवार भेटिएका छन् । पटेलले प्रयोग गरेको उक्त गाडी पक्राउ गरी गत आइतबार गौर भन्सारमा बुझाएको छ । यसअघि सदरमुकाम गौरस्थित भन्सार कार्यालयनजिकै रहेको सशस्त्र प्रहरीले मुस्ताक राजा नामका स्थानीयले प्रयोग गर्दै आएको अर्को एक भारतीय नम्बरयुक्त चोरीको गाडी पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो । चोरीका साना सवारीसाधन पक्राउ गर्न विशेष अनुमति प्राप्त सुरक्षाकर्मी परिचालन गरिएपछि भन्सार छलेर भित्र्याइएका सवारीसाधन फेलापर्ने क्रमले तीव्रता लिएको छ ।
राजनीतिक दलका स्थानीय नेताहरूकै संरक्षणमा रौतहटमा चोरीका सवारीसाधनको व्यापक कारोबार भइरहेको चर्चा निकै अघिदेखि चल्दै आएको छ । सुरक्षा स्रोतका अनुसार अब रौतहटमा रहेका भारतीय सवारीसाधनहरू घर-घरबाटै पक्राउ गर्ने रणनीति अख्तियारले गरेको छ । चन्द्रनिगाहपुरका एक व्यापारीले सातवटासम्म चोरीका साना गाडी राखेर चोरीलाई संस्थागत गरेका छन् । पछिल्लोपटक राजपुर फरहदवा र चन्द्रनिगाहपुरमा चोरीका भारतीय साना गाडीहरूको चाप बढेको छ । साना चोरीका गाडी सस्तो मूल्यमा किनेर नक्कली नेपाली नम्बर प्लेट हालेर चलाउ“दासमेत कसैको ध्यान जान सकेको छैन भने पहु“चका आधारमा लिइएको अस्थायी नम्बर प्लेट हालेर सडकमा शान देखाउनेहरूले भोलिका दिनमा कसरी राजमार्गमा त्यस्ता सवारीसाधनहरू चलाउने हुन्, त्यो भने हेर्न भने बा“की नै छ ।

पत्रकार अहिराजलाई रिहा गर्न माग
मधेसवाणी साप्ताहिकका प्रकाशक एवम् सम्पादक राजेश झा ‘अहिराज’लाई पक्राउ गरिएको विषयमा मधेस मिडिया हाउसमा आयोजित अन्तरक्रियामा मन्तव्य दि“दै तर्राई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, सभासद्द्वय अरविन्द साह र जितेन्द्र सोनल, मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) का केन्द्रीय सदस्य उपेन्द्र झा, तर्राई मधेस बुद्धिजीवी सङ्घका सुरेन्द्रकुमार झा, सञ्चारिका समूहका महासचिव सुचित्रा श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ, काठमाडौं शाखा अध्यक्ष युवराज विद्रोही, नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष दामोदर तिमिल्सिना, नेपाल मधेसी निजामती कर्मचारी सङ्घका अध्यक्ष विनोद सिंह, नेपाल रेञ्जर सङ्घका अध्यक्ष अमरदेवप्रसाद यादव, स्वतन्त्र पत्रकार मञ्चला झा, अधिवक्ता सुनिलरञ्जन सिंहलगायतले पत्रकार राजेश झालाई पक्राउ गर्नु गैरकानुनी मात्रै होइन स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको बताए । उनीहरूले प्रकाशित सामग्री सम्प्रेषण गर्दा अचारसंहिता उल्लङ्घन भए/नभएको हेर्ने निकाय प्रेस काउन्सिल हु“दाहु“दै पनि प्रहरीले नेपालकै प्रमुख सुरक्षा मुख्यालय सिंहदरबारकै मुख्यद्वारनजिक प्रहरी हस्तक्षेप हु“दा पनि सम्बन्धित निकाय मौन रहनु रहस्यमय भएको पनि बताए । उपराष्ट्रपतिको स्वकीय सहसचिवसमेत रहेका पत्रकार झाका बारेमा उपराष्ट्रपति कार्यालयबाट जारी वक्तव्य असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण भएको आरोप लगाउ“दै वक्ताहरूले झालाई तत्कालै रिहा गर्नुपर्ने माग गरे ।

प्राधिकरणको कदम अख्तियारको घेरामा
नेपाल विद्युत् प्राधिकरणमा रिक्त तह १ र २ को स्थायी पदपर्ूर्तिका लागि अन्तर्वार्ताद्वारा परीक्षा लिने कार्य सञ्चालन भएकोमा अन्तर्वार्ता बोर्डका पदाधिकारीहरूको योग्यता नै विवादित रहेको र सो पदपर्ूर्तिका लागि उम्मेदवारहरूबाट रकम उर्ठाई भ्रष्टाचार गरेको उजुरी परेपछि प्राधिकरणमा खैलाबैला मच्चिएको बुझिएको छ । यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र सो उजुरीमाथि आयोगले गम्भीर ढङ्गले अनुसन्धान प्रक्रिया अघि बढाएपछि प्राधिकरणको उपल्लो तह अप्ठ्यारोमा परेको सूत्रको कथन छ ।
नेपाल विद्युत् प्राधिकरण अत्यधिक घाटामा गइरहेको अवस्थामा यो जनशक्ति के-कति प्रयोजनका लागि राख्नुपरेको हो, के कुन तह र स्तरको कति जनशक्ति प्राधिकरणलाई आवश्यक पर्ने हो, सो विषयमा अहिलेसम्म ‘ओ एन्ड एम’ गरिएको नदेखिएको र तह १ र २ को प्राविधिक पदमा छनोट प्रक्रिया अपनाउ“दा प्राविधिक ज्ञानसम्बन्धी लिखित वा प्रयोगात्मक परीक्षा पनि नलिइएको पाइएको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतले पेश गरेको प्रतिवेदन, मिसिल एवम् सङ्कलित प्रमाण कागज अध्ययनपछि गरिएको निर्णय भन्दै आयोगले जनाएअनुसार तह १ र २ को प्राविधिक पदसमेतमा अन्तर्वार्ताद्वारा स्थायी भर्ना गर्न लागेकोमा यस्ता निम्नस्तरका पदमा नियुक्ति गर्नुपर्दा कर्मचारीलाई स्थायी पदपर्ूर्ति नगरी सेवा करारमा लिने सरकारी नीति रहेकोमा सो सरकारी नीतिको विपरीत पदपर्ूर्ति गर्न लागेको पाइएको छ भने सरकारी तथा अर्धसरकारी निकायमा कुनै पनि थप आर्थिक दायित्व थप्नुपर्ने अवस्थामा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने भनी सार्वजनिक लेखा समितिको निर्देशन रहेकोमा सो निर्देशनविपरीत थप आर्थिक दायित्व पर्ने गरी नया“ कर्मचारी भर्ना गर्न लागिएको छ । अन्तर्वार्ता उपसमितिमा संयोजक तोक्दा कुनै पनि पारदर्शी आधार र मापदण्ड अपनाइएको नदेखिएको, नेपालगञ्ज, बुटवल, हेटौंडा र विराटनगरमा तोकिएका अन्तर्वार्ता उपसमितिका संयोजकहरूको व्यक्तिगत विवरणबाट निजहरू प्राधिकरणको काम-कारबाहीस“ग परिचित व्यक्तित्व हो भन्न सकिने आधार नदेखिएको, आफन्त व्यक्ति भएको आधारमा पारदर्शी आधार र मापदण्डबिना नै संयोजकमा खटाइएको पाइएकोसमेत आयोगले जनाएको छ । यससम्बन्धी सम्पूर्ण प्रक्रिया बदर गर्ने निर्णयमा आयोग पुगेको पनि अख्तियार दुरुपयोग अनुसन्धन आयोगका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी गराएका छन् ।

यस्तो छ सञ्जालको सुझाव
नेपाली सञ्चारकर्मीहरूमाथि भएको धरपकडलगायतका प्रशासनिक क्रियाकलापप्रति नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । सञ्जालका तर्फबाट कार्यालय सचिव गोपाल पौडेलद्वारा जारी विज्ञप्तिमा यो वा त्यो बहानामा सञ्चारजगत्माथि आक्रमण हुन नपाओस् भन्नेतर्फ पत्रकारितास“ग सम्बद्ध सङ्घ/सङ्गठनहरू र राज्यसंयन्त्रको समेत ध्यान जाओस् भन्ने सञ्जालको जोडदार माग रहेको स्पष्ट पारिएको छ । सञ्चारकर्मीहरू पनि आफ्नो पेसागत मर्यादा, मूल्य र मान्यताको धर्मनिर्वाहमा इमानदारीका साथ लाग्नु र सचेत रहनुपर्ने सुझाव सञ्जालले दिएको छ ।

र्साईधाममा युवा कार्यक्रम
श्री सञ्जय र्साई सेवा अर्गनाइजेसन नेपालले काठमाडौंको बुद्धनगरमा गत शनिबार चौथो वारि्षक युवा दिवस मनाएको छ । गृहसचिव डा. गोविन्द कुसुमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ तथा भूतपूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठ हुनुहुन्थ्यो ।
श्री सञ्जय र्साई सेवा अर्गनाइजेसनको सो चौथो वारि्षक युवा दिवसको शुभारम्भ श्री सञ्जय र्साई सेवा अर्गनाइजेसनका संरक्षक श्री सञ्जय र्साईबाबा र कार्यक्रमका प्रमुख अतिथि गृहसचिव डा. कुसुम गोविन्दबाट दीप प्रज्वलन गरी गरिएको थियो । कार्यक्रममा बोल्ने क्रममा युवा विद्यार्थीले श्री सञ्जय र्साई सेवा अर्गनाइजेसना आएर एउटा दिव्यपुरुष स्वयम्बाट आध्यात्मिक तथा नैतिक शिक्षा प्राप्त गरेर लाभान्भित हुन पाएकोमा आफूहरूलाई भाग्यमानी भएको बताए । सञ्जय र्साईबाबाबाट प्राप्त आध्यात्मिक तथा नैतिक शिक्षा लिएर भविष्यमा एउटा सच्चा मानव बन्ने दृढनिश्चय युवाहरूले व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले श्री सञ्जय र्साई सेवा अर्गनाइजेसनका युवा विद्यार्थीलाई एउटा दिव्यपुरुषको सान्निध्यमा रहेर आध्यात्मिक तथा नैतिक ज्ञानहरू प्राप्त गरिरहेकोमा बधाई दिनुभयो र श्री सञ्जय र्साई सेवा अर्गनाइजेसनले थालनी गरेको अभियान नेपालमा मात्र नभई सारा विश्वमा नै उदाहरणीय र सराहनीय रहने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि गृहसचिव डा. गोविन्द कुसुमले श्री सञ्जय र्साई सेवा अर्गनाइजेसनको चौथो वारि्षक युवा दिवसको कार्यक्रममा आमन्त्रित भएकोमा खुसी व्यक्त गर्नुको साथै दिव्यपुरुष सञ्जय र्साई बाबाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
उहा“ले भन्नुभयो- जबसम्म युवाहरू अगाडि आउ“दैनन् तबसम्म परिवर्तन हुन सक्दैन । परिवर्तन ल्याउनका लागि युवाहरूमा स्कुलको र्सर्टिफिकेटले मात्र हु“दैन, एउटा राम्रो परिवर्तनका लागि युवाहरूको मनमा शान्ति र अहिंसाले जन्म लिनुपर्छ, युवाहरूको मनमा सद्विचारले जन्म लिनुपर्छ ।
कार्यक्रमको अन्तमा श्री सञ्जय र्साई सेवा अर्गनाइजेसनका संरक्षक श्री सञ्जय र्साईबाबाले आफ्ना प्रिय युवा विद्यार्थीलगायत अन्य उपस्थित सम्पूर्ण भक्तका लागि दिव्य सन्देश दिने क्रममा अहिलेका युवाहरूका लागि भौतिक ज्ञान र आध्यात्मिक ज्ञान एउटा चराको दर्ुइतिरको पखेटाजस्तै हो र दर्ुइवटै परिवेश राम्रो रहे मात्र एउटा राम्रो गन्तव्यमा पुग्न सकिन्छ भन्नुभयो । भक्तहरूलाई आशीर्वचन दिने क्रममा उहा“ले युवा दिवसलाई भविष्यमा राष्ट्रियस्तरमा मनाउने बताउ“दै आफ्नो शरीरमा रगतको एक थोपा रहुन्जेल पनि देश र जनताको हित र मानव कल्याणका लागि काम गर्ने वाचा गर्नुभयो ।
-सुशनवाल

सैनिक कानुनमा पीएचडी
नेपाली सेनाका मेजर महेन्द्रजंग शाहले ‘सैनिक कानुन र सैनिक न्याय प्रणाली’का विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । सैनिक कानुन र न्याय प्रणालीका बारेमा सोध अनुसन्धान गरी पीएचडी गर्ने उनी पहिलो नेपाली मात्र होइन दक्षिण एसियामै पहिलो व्यक्ति हुन् । यस्तो संवेदनशिल विषयमा विश्वमै कम अध्ययन, खोज तथा अनुसन्धान गरिन्छ । राजनीतिक शास्त्र र संवैधानिक कानुनमा स्नातकोत्तर ३६ वर्षीय डा. शाहले सीता जनसहयोग माविबाट प्रारम्भिक शिक्षा लिएका थिए । नेपाल कानुन क्याम्पसमार्फत २०६३ सालबाट विद्यावारिधिका निम्ति अध्ययन अघि बढाएका उनी नेपाल कानुन क्याम्पसबाट पीएचडी गर्ने सातौं व्यक्ति हुन् ।

सिटिजन्स बैंक बाह्र अञ्चलमा
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो चौथो वारि्षक साधारणसभास“गै चार नया“ शाखाहरू विस्तार गरी मुलुकभर २६ शाखाबाट सेवा प्रदान गर्न थालेको छ । गत १ गते सम्पन्न चौथो वारि्षक साधारणसभाकै बीच शुभारम्भ गरिएका चार शाखाहरूमा काठमाडौंको कपन, कर्ीर्तिपुर, नारायणगोपाल चोक र मध्यपुर ठिमी रहेका छन् । बैंकका अध्यक्ष कुलचन्द्र गौतमद्वारा उद्घाटित बैंकको वारि्षक साधारणसभा तथा नया“ शाखा शुभारम्भ कार्यक्रमबीच जनाइएअनुसार प्रत्येक अञ्चलमा कम्तीमा एउटा शाखा पुर्‍याइने बैंकको नीतिअनुरूप हालसम्म १२ अञ्चलमा गरी २६ शाखा विस्तार भइसकेको छ भने शाखा खुल्न बा“की जनकपुर र कर्णाली अञ्चलमा समेत चालू आर्थिक वर्षभित्रै शाखाहरू विस्तार गरी कुल सङ्ख्या ३० पुर्‍याइने लक्ष्य राखिएको छ ।
अत्याधुनिक सुविधाहरू प्रदान गर्न सफल सिटिजन्स बैंकले एटीएम सेवा, रेमिट्यान्स सेवा, ड्राफ्ट, टीटी, एवम् कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेलगायतका सुविधा प्रदान गर्दै आएको छ भने साधारणसभाबाट स्वीकृति लिने गरी आफ्ना सेयरधनीहरूलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।

अढाइ महिनादेखि सर्म्पर्कविहीन
प्यूठान जिल्ला धुवाङ-२ बस्ने धनेन्द्र सापकोटा अढाइ महिनादेखि बेपत्ता भएका छन् । उनको परिवारले दिएको जानकारीअनुसार सापकोटा असारको पहिलो सातादेखि नै सर्म्पर्कविहीन भएका हुन् । उनलाई कसले अपहरण गर्‍यो अझै पत्ता लाग्न सकेको छैन ।
उहा“को परिवार माओवादी समर्थक भएकाले र उनीहरूले बारम्बार माओवादी पार्टीमा प्रवेश गर्न आग्रह गरेका थिए । तर, सापकोटाले माओवादी पार्टीमा प्रवेश गर्न अस्विीकार गरिरहेका थिए । माओवादीमा प्रवेश गर्न नमानेपछि माओवादीनिकट वाईसीएलले उनलाई ज्यान मार्ने धम्कीसमेत दि“दै आएका थिए । सापकोटाकी श्रीमती ममता सापकोटाले श्रीमान्को अपहरण वाईसीएलले गरेको हुन सक्ने आशङ्का गरेकी छिन् । साथै आफ्ना श्रीमान्को खोजी गरिदिनका लागि मानवअधिकारवादी, पत्रकार तथा सम्बद्ध सबै पक्षस“ग ममताले अनुरोध गरेकी छिन् ।

अहिराजका कारण उपराष्ट्रपति बोल्न बाध्य
आफ्नो अखबारमा जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको सैन्य भर्नासम्बन्धी सूचना छापेर प्रहरी अनुसन्धानमा तानिएका मधेशवाणी साप्ताहिकका सम्पादक राजेश अहिराजलाई आफ्नो कर्मचारीका रूपमा स्वीकार गरे पनि सैन्य भर्नाबारे भने कुनै जानकारी नभएको उपराष्ट्रपतिको सचिवालयले स्पष्ट पारेको छ । गत १ गते शुक्रबार मधेशवाणी साप्ताहिकमा जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको सैन्य भर्नासम्बन्धी विज्ञापन प्रकाशित भएपछि अहिराजलाई प्रहरीले गिरफ्तार गरेको मामलामा प्रेस विज्ञप्ति प्रकाशित गर्दै उपराष्ट्रपतिका स्वकीय सचिव कृष्णचन्द्र झाले भनेका छन्, ‘रौतहट जिल्ला, सङ्ग्रामपुर गाविस वडा नं. ४ का श्री राजेश झालाई मिति २०६७/३/१ देखि सम्माननीय उपराष्ट्रपतिज्यूको स्वकीय सचिवालयतर्फको स्वकीय सहसचिव पदमा नियुक्ति गरिएकोमा मधेशवाणी राष्ट्रिय साप्ताहिक तथा उक्त साप्ताहिकमा मिति २०६७/६/१ मा प्रकाशित उल्लिखित सैन्य भर्नासम्बन्धी सूचनाका सम्बन्धमा हाम्रो कुनै प्रकारको सम्बन्ध र संलग्नता नभएको/नरहेको तथ्य सर्वसाधारणको जानकारीका लागि अनुरोध गर्दै तत्सम्बन्धमा प्रकाशित एवम् प्रसारित अन्य भ्रमपूर्ण समाचारको यसै विज्ञप्तिद्वारा खण्डनसमेत गर्दछौ“ ।’

क्षेत्रीय भेलामा छुट्टै असन्तुष्टि
नेपाली काङ्ग्रेसको बाह्रौ“ महाधिवेशनलाई समेत मध्यनजर गर्दै गत भदौ ३० गते नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय भेला आयोजना भयो । वरिष्ठ सल्लाहकार रामशरण पाण्डेको विशेष उपस्थितिमा सम्पन्न सो भेलामा उपस्थित घकाङ्ग्रेसजनले पाण्डेको जमेर प्रशंसा गरे । उनी त्यसरी प्रशंसित बन्नुको कारण थियो- सामाखुशीमा पार्टी कार्यालयका निम्ति पाण्डेले जग्गा प्रदान गरी भवन निर्माणमा सहयोग पुर्‍याउनु । हुन पनि रामशरणको उक्त कार्य काङ्ग्रेसजनको नजरमा प्रशंसालायक नै थियो । ‘आजको जमानामा पार्टीका लागि व्यक्तिगत सम्पत्ति खर्च गर्न हम्मेसी को तयार हुन्छ र -‘ उपस्थित कार्यकर्ताहरू यस्तै अभिव्यक्ति दिएर उनको कामको कदर गर्दै थिए ।
काठमाडौं जिल्लाका अधिकांश क्षेत्रीय सभापतिहरूको जमघट रहेको सो कार्यक्रम न्हुच्छे मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो भने वरिष्ठ सल्लाहकार पाण्डेले समयको परिवर्तनस“गै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा देशले परिवर्तन नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै द्वन्द्वको समाप्तिपछि पनि जनता कुनै राहत नपाएर निरास रहनुपरेको, संविधान निर्माणको काम ओझेलमा परेको, माओवादीबाट जनताले गरेको आशा छिट्टै निरासामा बदलिएको, माओवादीले हतियार र लडाकुप्रतिको मोह त्याग्न नसकेकोले अब नेपाली काङ्ग्रेसको नेतृत्वमा लोकतन्त्रलाई संस्थागत गर्ने, संविधान निर्माणजस्ता काम हुनुपर्ने अभिव्यक्ति दि“दा उपस्थित सबैले ताली दिएर समर्थन गरेका थिए ।

पा“च ताराको लोभलाग्दो उपलब्धि
कुशल व्यवस्थापनका कारण यतिबेला चर्चाको शिखरमा पुगेको छ पा“च तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड । वि.सं. २०६४ सालमा टाउन प्लानिङ पेप्सीकोला मनोहरा बस्तीमा पहिलो सहकारीका रूपमा स्थापना भएको पा“च ताराले छोटो समयमै ठूलो फड्को मार्न सफल भएको छ । ३२ जना सहयोगीको साथ होस्टेमा हैंसे गर्दै अगाडि बढेको यो संस्थाले सोचेभन्दा बढी सफलता हासिल गर्न सफल भएको छ । आफ्नो तेस्रो वारि्षक साधारणसभा आगामी शनिबार आयोजना गर्न गइरहेको पा“च ताराको उपलब्धि लोभलाग्दो छ ।
पा“च तारा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष भोला नाथ पाठकको नेतृत्वमा अगाडि बढेको यो संस्थाको सुरुको पु“जी पा“च लाख मात्र थियो । शुभारम्भमा ३२ जना मात्र सेयरधनी रहेको यो संस्थाले तीन वर्षको अन्तरालमा ७ सय सेयरधनी बनाउन सफल भएको छ । त्यस्तै सेयर पु“जीलाई पा“च लाखबाट ४० लाख बनाएर आफूलाई सफल सहकारी संस्थाको रूपमा उभ्याएको छ । स्थापनाकालदेखि नै विभिन्न शीर्षकहरू कृषि, शिक्षा, व्यावसायिक घरजग्गा र सामाजिक कर्जामा संस्थाले लगानी गर्दै आइरहेको छ । यो सहकारी संस्थाले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै एक लाखसम्म बिनाधितोमा ऋण प्रदान गर्दै आएको छ भने त्योभन्दा बढी ऋण लिने ग्राहकलाई जवानी वा धितोको व्यवस्था गर्दै कारोबार अगाडि बढाउ“दै आएको छ ।
मुलुकको जटिल अवस्थामा पनि ग्राहक वर्गहरूलाई सरल र सहज तरिकाले ऋण प्रदान गरी सहयोग गर्दै आइरहेको पा“च ताराले अहिले आफ्नो लगानीलाई दोब्बर पारेको छ । वर्तमान अवस्थामा ४५ लाखबराबरको सम्पत्ति रहेको यो संस्थाले गत वर्षको करिब आठ करोडबराबरको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा करिब ३० लाखबराबरको आम्दानी गरेको यो संस्थाले २३ लाख लगानी गर्नसमेत सफल भएको थियो । संस्थाको यस्तो दूरदर्शी कार्यनीतिले गर्दा हालै यस संस्थाका अध्यक्ष भोलानाथ पाठकलाई सहकारी व्यक्तित्वको रूपमा राष्ट्रिय सम्मान गरिएको थियो । पाठकले पाएको यो राष्ट्रिय सम्मानपश्चात् पा“च तारा सहकारी संस्थाको सफलतामा अर्को इ“टा थपिएको छ । जुन संस्थाको प्रगतिका लागि कोसेढुङ्गा सावित हुने सबैले विश्वास लिएका छन् ।
पा“च ताराको बढ्दै गएको लोकप्रियतालाई आत्मसात् गर्दै अहिले थुपै्र व्यापारी, कृषक, कर्मचारीलगायत समाजका बौद्धिक वर्ग यो संस्थाप्रति आकरि्षत भएका छन् । उनीहरूको बढ्दो सहभागिता र विश्वसनीयताले गर्दा पा“च ताराको साखमा नौलो ज्यान पलाएको छ ।
सहकारी संस्थाहरू मुलुकको नियम-कानुन पालना गरेर अगाडि बढिरहेको यथार्थको खुलासा गर्दै अध्यक्ष पाठकले हाल बैंक तथा सहकारी निकायले नै सहकारीलाई बैंक तथा वित्तीय संस्थाको रूपमा परिवर्तन गरी सोही व्यवहार गरेकोमा दुःख प्रकट गरेका छन् । अध्यक्ष पाठकले आपसी समझदारी र विश्वासमा सञ्चालन हुने सहकारीको मूल्य र मान्यतालाई बैंक तथा वित्तीय संस्थाहरूको नीति-नियम लागू गर्न खोज्नु आफैंमा विरोधाभाष कुरा भएको बताएका छन् । – नवीन उप्रेती

श्रीमान् बितेपछि ठेलाको साथ
झापा लखनपुर १ की सुशीला राजवंशीका श्रीमान्को मृत्यु भएको तीन वर्ष भयो । अहिले घर चलाउने जिम्मा उनकै हो । श्रीमान्ले नै कमाउने र उनकै भरमा चलाएको घर-व्यवहार थेग्न उनलाई निक्कै हम्मे पर्‍यो । तर, श्रीमान्ले नै चलाउ“दै आएको चटपटे बनाउने पेसालाई निरन्तरता दिएपछि उनले हालसम्ममा १२ धुर जग्गासमेत जोडेकी छन् । सुरुसुरुमा त व्यवहार थाम्न मुस्किल परे पनि बिस्तारै बानी परेको बताउ“दै उनी भन्छिन्, ‘श्रीमान् बित्नेबित्तिकै कहा“बाट ऋण्ँ खोज्ने, छोरोलाई कसरी पढाउने, सबै समस्याले एकैपटक छोपे । तर अब त बानी परिसक्यो ।’
चटपटे बेचेरै उनले तीन लाख रुपैया“भन्दा बढी मूल्य पर्ने सो जग्गा किनेकी हुन् । उनको एक्लो छोरोसमेत अहिले बोर्डिङ स्कुल पढ्दै छन्- कक्षा ४ मा । अरूका छोराछोरीले बोर्डिङ स्कुलमा पढेको देखेर आफ्नो छोरालाई समेत निजी स्कुलमा नै पढाएको उनले बताइन् । ‘आफूले त पढ्न सकिएन, छोरालाई त जसरी भए पनि राम्रै स्कुलमा पढाएकी छु,’ उनले भनिन्, ‘आफूले नमिठै खाएर, नराम्रै लाएर भए पनि सकेसम्म बोर्डिङमा नै पढाउ“छु ।’ घरदेखि पा“च सय मिटर पर रतुवा पुलछेउमा बिहान १० बजेतिर उनी चटपटेको ठेला लिएर आउ“छिन् र सा“झ ५-६ बजेसम्म व्यापार गरि्छन् । बिहान छोरालाई खाना खुवाएर स्कुल पठाएर आउनुपर्ने र सा“झसमेत सबेरै व्यापारबाट र्फकनुपरेको उनले बताइन् । दिनभरि कमाएको ३-४ सय रुपैया“ले व्यापारको सामान किन्ने र रहेको पैसाले छोराको स्कुलको शुल्क तिर्ने गरेकी छन् उनले । अब छिट्टै सानोतिनो होटल खोल्ने योजना रहेको उनले बताइन् । उनले भनिन्, ‘५०-६० हजार रुपैया“ खर्च गरेर घर पनि बनाए“, अब व्यापार बढाउने योजना छ ।’
‘उनले व्यापार गर्ने स्थानबाट एक किलोमिटर पश्चिमको दमकमा र आफ्नै गाउ“मा समेत एकल महिलाका अधिकार र सशक्तीकरण्ँका बारेमा विभिन्न गोठी र छलफल हुने गरेको भए पनि सोबारे उनले कहिल्यै थाहा पाएकी छैनन् । उनले भनिन्, ‘हामीजस्ता नपढेकाहरूलाई कसले सुनाउ“छ र त्यस्ता कार्यक्रमबारे । फेरि सुनेजति कार्यक्रममा हि“ड्न थाल्यो भने घर-व्यवहार कसरी चलाउनु, छोरो कसरी पढाउनु -‘
– विष्णु सुब्बा