निर्माण व्यवसायी संघको दादागिरी, बाटो कब्जा गरेर चुनाव !

निर्माण व्यवसायी संघको दादागिरी, बाटो कब्जा गरेर चुनाव !


सोमबार राजधानीको अनामनगरस्थित भाटभटेनी डिपार्टमेन्टल सेन्टरनजिकको सडकमा निकै भीडभाड र अस्वभाविक चहलपहल देखिन्थ्यो ।

कारण रहेछ– काठमाडौं उपत्यका निर्माण व्यवसायी सङ्घको १५ औं साधारणसभाको उद्घाटनपश्चात् ८औँ अधिवेशनबाट नयाँ नेतृत्व चुन्नका निम्ति जम्मा भएका निर्माण व्यवसायीहरूको चुनावी जमघट ।

थापागाउँमा रहेको बानेश्वर बैंकटमा अधिवेशनको पहिलो सत्र उद्घाटन भए पनि नेतृत्व चयन गर्न भने सङ्घले सडक नै कब्जा गरेको रहेछ ।

सङ्गठनको नयाँ नेतृत्व चयन गर्न संघले यसरी आफ्नो कार्यालयआसपासको पूरै सडक पाल टाँगेर कब्जा गरिदिँदा धोवीखोलावरपरका सडक समेत पुरै ठप्प बन्न पुगेको छ ।

यसरी सवारीसाधनको भीडभाड रहने स्थानको सडक पाल नै टाँगेर कब्जा गर्दा अनामनगरमा ट्राफिकलाई जाम खुलाउन हम्मे–हम्मे परेको छ भने यात्रुहरूले अनाहक सास्ती ब्यहोर्नुपरेको छ ।

निर्माण व्यवसायीहरूलाई सार्वजनिक सडक नै कब्जा गरेर चुनावी सभा आयोजना गर्न छुटचाहिँ कसले दिएछ ? चासोको विषय बनेको छ ।