कसले बुझ्ने काङ्ग्रेस कार्यकर्ताका यस्ता कष्ट !

कसले बुझ्ने काङ्ग्रेस कार्यकर्ताका यस्ता कष्ट !


धेरै भएको छैन, माओवादीले काङ्ग्रेसका कार्यकर्ता छानी–छानी छपाछप काटेको, कुनै कार्यकर्ता काटिएपछि, काङ्ग्रेसको केन्द्रीय कार्यालयले तुरुन्त तीन लाइनको एउटा समवेदनाहीन ‘समवेदना वक्तव्य’को एक त्यान्द्रो प्रेसमा पठाउँथ्यो र ‘महान् प्रतिवाद’ गर्ने रित पूरा गथ्र्यो । ०५२ को अन्त्यदेखि ०६२ सम्मको दश वर्षभित्र माओवादीले काङ्ग्रेस कार्यकर्ता काटिरहने र काङ्ग्रेसले प्रेस विज्ञप्ति जारी गरेर ‘प्रतिवाद’ गर्ने क्रम चलिरह्यो । अहिले काङ्ग्रेसलाई प्रयोग–उपयोग गरेर आफ्नो सामथ्र्य बढाउने काम गरेझैँ त्यसताक उनीहरूबाट को–कसलाई कसरी प्रयोग गरिन्थ्यो भन्ने अध्ययन–अनुसन्धानको विषय हुन सक्छ । तर, करिब चार हजारभन्दा बढी काङ्ग्रेस कार्यकर्ता काटिँदा त्यसबेलाको एउटा शक्तिकेन्द्र ‘दरबार’ले कहिल्यै शोक प्रकट गरेन, न एमाले र अरू विभिन्न नामका संसद्वादी भनिने दलहरूले नै समवेदना जाहेर गरे । ती नेपाली जो, काङ्ग्रेस पार्टीसँग नाम जोडिएकै कारण मारिए, जो आफ्नै गाउँठाउँबाट विस्थापित भए, तिनका नाममा श्रद्धा र सम्झनाको एउटै शब्द पनि कसैबाट प्रकट हुन छोडेको छ । न तिनलाई शहीद मानियो, न तिनको रगतलाई मूल्यवान ठानियो । आखिर किन मरे ती निर्दोष जनता ?

सत्ताप्राप्तिको उत्कट व्यग्रताले काङ्ग्रेसका ठालुहरूलाई पाषणझैँ बनाएको छ, जसले आफ्ना कार्यकर्ताको बेधडक हत्या गरे र गरिरहे, आज तिनकै उन्नति–प्रगति निमित्तको अभियानमा काङ्ग्रेसको नेतृत्व समर्पित भएको छ । कुनै दिन ‘हत्याका नाइकेहरूलाई भ¥याङ चढाउन आफ्नै नेताले काँध दिन्छन् भन्ने किञ्चित आशङ्का मात्र गरिएको भए तिनीहरू पार्टीका नाममा किन बलि चढ्थे होलान् ! काङ्ग्रेस पार्टीलाई तिनले ‘आफ्नो’ किन ठान्दा हुन् । माओवादीको विजयमा कुनै दिन फूलमाला र अबिर पहिरिएर हिँड्नुपर्ने हुन्छ भन्ने जानेका भए प्रजातन्त्रवाद नामको राजनीतिमा आफूलाई किन समाहित गराउँदा हुन् ।

काङ्ग्रेस बनेकै कारण गाउँगाउँमा मानिसले अवसरबाट वञ्चित हुनुपरेको छ । जनतालाई आफूतर्फ आकर्षित गर्न पार्टीको कुनै मौलिक नारा र एजेण्डा छैन । बीपीले तय गरेको मार्गदर्शन परित्यक्त भएको छ । बीपीको नाममा काङ्ग्रेस कार्यकर्ताले जनतासमक्ष प्रस्तुत गर्न उनको दाह्रीवाल तस्बिरबाहेक अब केही रहेन ।

कहिल्यै नसोचेको र विश्व–राजनीतिको इतिहासमा कहिल्यै सुन्नु–देख्नु नपरेको राजनीतिक क्रम–उपक्रम यहीँ देख्नु परिरहेको छ । आत्मा–परमात्माको अस्तित्व छ कहीँ भने र, काङ्ग्रेसका नेता पनि एक दिन मरेर त्यतै कतै आत्मा–परमात्माको अदृश्य लोकमा पुग्नुपर्छ भने यिनले आफ्ना कर्मको हिसाब कसरी बुझाउन सक्दा हुन् !? सत्तरी–असी किलोग्रामको ज्यानलाई सुविधा दिन र आफ्ना सन्तान दरसन्तानको तुच्छ सुख–सयलको निश्चितताका निम्ति काङ्ग्रेस नेतृत्वले जे ग¥यो–गर्दै छ, यस्तो कर्मप्रति वितृष्णा प्रकट गर्न सम्भवतः यो लोकमा कुनै शब्दको सृष्टि भएकै छैन ।

काङ्ग्रेस बनेकै कारण गाउँगाउँमा मानिसले अवसरबाट वञ्चित हुनुपरेको छ । जनतालाई आफूतर्फ आकर्षित गर्न पार्टीको कुनै मौलिक नारा र एजेण्डा छैन । बीपीले तय गरेको मार्गदर्शन परित्यक्त भएको छ । बीपीको नाममा काङ्ग्रेस कार्यकर्ताले जनतासमक्ष प्रस्तुत गर्न उनको दाह्रीवाल तस्बिरबाहेक अब केही रहेन । आफैँले पार्टीका एजेण्डा तय गर्ने क्षमता र ल्याकत कार्यकर्तामा हुने कुरा भएन, नेतृत्व विचलित र स्खलित छ, तिनले कुनै नवीनतम एजेण्डा तर्जुमा गर्न असम्भव छ ।

काङ्ग्रेसका आमकार्यकर्ता पनि देश र जनताका निम्ति केही गर्न पदीय जिम्मेवारीमा पुग्नुपर्छ भन्ने ठान्छन् र उच्च तहको जिम्मेवारी लिएर देश–सेवा गर्ने इच्छा तिनमा पनि नभएको होइन । राजनीतिमा माथिल्लो तहको जिम्मेवारी प्राप्त गर्न जनताको मन–विश्वास जित्नुपर्ने हुन्छ । तर, काङ्ग्रेसका कार्यकर्तालाई जनताबीच प्रिय भएकै कारण त्यसप्रकारको उच्च जिम्मेवारी पाउन सम्भव हुन्न । निर्वाचनमा विजयी बन्न जनताको साथ आवश्यक हुन्छ, उम्मेदवार बन्न (टिकट पाउन) नेताको कृपा अनिवार्य हुन जान्छ । नेता रिझाउन लाग्दा जनताको साथ छुट्ने, जनतामा गयो नेताको कृपादृष्टिबाट वञ्चित होइने ! हरेक काङ्ग्रेस कार्यकर्ता यस्तै पीडाबाट गुज्रिरहेका छन् । जनताबीच क्रियाशील काङ्ग्रेसका एकथरी कार्यकर्ता भइरहेका हुन्छन्, टिकट लिएर मैदानमा पुग्नेचाहिँ को हुन्छ थाहै हुन्न ?! यसरी जनता रिझाउने या नेता भन्ने दुविधाग्रस्त मनोदशामा काङ्ग्रेसका कार्यकर्ता सधैँ रहिरहेका हुन्छन् ।

एउटा इमानदार काङ्ग्रेस कार्यकर्ताका निम्ति ‘टिकट’ पाउन मुस्किल, कदाचित ‘टिकट’ मिलिहालेछ भने खर्च जुटाउन कठिन र कुनै तरिकाले खर्च जुटाएर चुनावी मैदानमा पुग्न सकेछन् भने पनि ती अन्तर्घातको मारबाट जोगिन सक्नेछैनन् । हरेक तहको निर्वाचनमा हरेक तहका काङ्ग्रेस कार्यकर्ताले निरन्तर भोगिरहनुपर्ने नियति हो यो ।

कम्युनिस्टहरू आफूलाई ‘क्याडर बेस्ड’ पार्टी भएको दाबी गर्छन् र उनीहरूको त्यस्तो दाबी गलत पनि छैन । कम्युनिस्टका कार्यकर्ता कुनै न कुनै प्रकारले आफूलाई नेतृत्वले महत्व दिएको अनुभूति गर्दछन् । क्षेत्रीयतावादी सोचका समूहहरू पनि बलजफ्ती एजेण्डाको सृष्टि गर्छन् र समर्थकहरूलाई कुनै खास उद्देश्यका निम्ति क्रियाशील हुनुपरेको महसुस गराउँछन् । तर, काङ्ग्रेसका नेताहरूले काङ्ग्रेस मास बेस्ड (जनआधारित) पार्टी भएको बताउने गर्दछन् । जुन पार्टीका नेता आफ्नो उन्नति–प्रगतिका निम्ति सङ्गठन र कार्यकर्तालाई भन्दा अन्य कुरालाई महत्व दिन्छन् तिनले सङ्गठन र कार्यकर्ताप्रति संवेदनशीलता नदर्शाउनु अस्वाभाविक होइन । आफूसँग देश निर्माणको दूरगामी भिजन नभए पनि, बोल्ने र केही गर्ने चामत्कारिक क्षमता नरहे पनि, सङ्गठन निर्माण–विस्तार र कार्यकर्ता परिचालन नगरेरै पनि नेताले जुन हैसियत र अवसर पाइरहेका छन्, तिनले कार्यकर्ता र सङ्गठनप्रतिको संवेदनशीलता नदेखाउनुलाई आश्चर्यको विषय मान्नुपर्दैन ।

बीपीको मुहार बेच्ने ‘समयको आयु’ काङ्ग्रेसकै नेताहरूले छोट्याइदिएका छन् । यस्तो अवस्थामा काङ्ग्रेसका कार्यकर्ता अब कति समय टिक्न सक्लान्, गम्भीर प्रश्न खडा भएको छ । विपक्षीले गल्ती गर्लान् र त्यसको लाभ लिउँला भन्ने स्थिति पनि सधैं रहिरहने होइन । आफूलाई ‘राम्रो’ भएको पुष्टि गर्न नपाउने, विपक्षको गल्ती कुरेर बस्ने ‘गिद्दे अवस्था’बाट गुज्रनुपर्ने मनस्थिति र परिस्थितिमा काङ्ग्रेसका कार्यकर्ता छन् ।

कम्युनिस्टको सरकार गठन हुँदा गैरकम्युनिस्ट कसैले कुनै अवसर नपाउने, अवसर होइन न्यायिक व्यवहार मात्र पाउने आशा पनि गर्न सकिँदैन–मिल्दैन । जो सत्तामा हुन्छ उसले आफ्नालाई मात्र हेर्ने ‘लोकतान्त्रिक परम्परा’ नेपालमा बसिसकेको छ । कम्युनिस्टहरू कसैलाई अवसर दिनुपर्दा तिनको राजनीतिक पृष्ठभूमि र आस्था केलाउँछन्, आफ्नो दलसम्बद्ध मानिसलाई कुनै कारणवश मौका दिन नमिल्ने स्थिति पैदा भयो भने व्यक्तिलाई पहिले ‘आफ्नो’ बन्ने कागजमा सही गराउँछन्– लेबी तिराउँछन् र त्यसपछि मात्र अवसर उपलब्ध गराउँछन् । त्यसैले कम्युनिस्टका शासनमा कुनै काङ्ग्रेस कार्यकर्ता या समर्थकले मौका पाउने आशा नगर्दा हुन्छ र गरिँदैन पनि ।

काङ्ग्रेसकै सरकार गठन हुँदा पनि आमकाङ्ग्रेस कार्यकर्ता अवसरबाट वञ्चित हुन्छन् । तिनको कतै सुनुवाइ हुने गर्दैन । पदीय जिम्मेवारीमा हुनेले परिवार, आफन्त, नाता र निकटतम् मानिसभन्दा परसम्म देखे भने पनि तिनले केवल आफ्नो निर्वाचन क्षेत्रसम्मको दूरी र दायराभन्दा टाढा देख्दैनन् । अधिकांश जिल्ला या क्षेत्र मन्त्री या त्यस्तै उच्च तहको जिम्मेवारी पाउनबाट वञ्चित भएकै हुन्छन्, मन्त्री नपाउने क्षेत्र या जिल्लाका काङ्ग्रेस कार्यकर्ताले आफ्ने दलको शासनमा पनि परायाको अनुभूति गर्छन् । यसरी काङ्ग्रेसका कार्यकर्ताको काम आफ्नो सरकार बनेको अवस्थामा पनि हुँदैन र अर्काको सरकार हुँदा त तिनका निम्ति सिंहदरबारकै ढोका बन्द भएजस्तो हुन्छ ।

काङ्ग्रेसका कार्यकर्ता आवश्यकताअनुरूप प्रशिक्षण पाउन असमर्थ छन् । तिनलाई नेतृत्वले न कुनै एजेण्डा दिन्छन् न जनतामा जाने कला र कार्यक्रम । केही नभए नेताको व्यक्तित्व र क्षमताको बखान गरेर मानिसलाई प्रभावित गर्न खोजौँ भने पनि तिनका नेता सङ्ग्रहालयमा वर्षौं अघि थन्क्याइएका झुत्रे फाइलजस्ता छन् । बीपीको मुहार बेच्ने ‘समयको आयु’ काङ्ग्रेसकै नेताहरूले छोट्याइदिएका छन् । यस्तो अवस्थामा काङ्ग्रेसका कार्यकर्ता अब कति समय टिक्न सक्लान्, गम्भीर प्रश्न खडा भएको छ । विपक्षीले गल्ती गर्लान् र त्यसको लाभ लिउँला भन्ने स्थिति पनि सधैं रहिरहने होइन । आफूलाई ‘राम्रो’ भएको पुष्टि गर्न नपाउने, विपक्षको गल्ती कुरेर बस्ने ‘गिद्दे अवस्था’बाट गुज्रनुपर्ने मनस्थिति र परिस्थितिमा काङ्ग्रेसका कार्यकर्ता छन् ।

विश्वमा विचार र आदर्शको राजनीति विस्थापित हुँदै गरेको र त्यसको स्थान ‘अर्थ’ले लिँदै गएको पृष्ठभूमिमा काङ्ग्रेसका कार्यकर्ता र समर्थकले अब आफूलाई अरू कति समय जोगाउन सक्लान् ? जरा उत्रिँदै जान थालेपछि रूख मात्र अरू कति दिन ठिङ्ग उभिन सक्ला ? एउटा ऐतिहासिक र भूतपूर्व प्रजातन्त्रवादी पार्टी आउँदो कति समयमा इतिहासको गर्भमा सीमित हुन पुग्ला ? विश्लेषकहरूका निम्ति यी र यस्तै प्रश्न वर्तमानमा महत्वपूर्ण बनेका छन् ।